निर्णय नं. २४३७ - क.ख.विर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४३७ - क.ख.विर्ता भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१७ ३८३७ निर्णय नं. २४३७ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ५३२ मुद्दा : क.ख.विर्ता। पुनरावेदक/वादी:सिं.पा.जि.ज्यामिरे गा.पं.वार्ड नं. ५ बस्ने इन्द्र बहादुर खड्का । ऐ.सिखरपुर गा.पं. वार्ड नं.१ बस्ने धन बहादुर कार्की । ऐ.ज्यामिरे गा.पं.वार्ड नं.१ बस्ने दिल बहादुर घर्ती । ऐ.ऐ बस्ने कृष्ण बहदुर खड्का । ऐ.ऐ बस्ने नर बहादुर खड्का । ऐ.ऐ बस्ने नेत्र बहदुर खड्का । ऐ.ऐ बस्ने शुर बहादुर खड्का । ऐ.ऐ बस्ने सानो रण बहादुर क्षेत्री । ऐ.ऐ बस्ने नर बहादुर कार्की । ऐ.ऐ बस्ने निर्मल सार्की । ऐ.ऐ बस्ने शुर बहादुर अधिकारी । ऐ.ऐ बस्ने शिव प्रसाद ओली । ऐ.ऐ बस्ने यमनाथ पाध्या । ऐ.ऐ बस्ने राम बहादुर खड्का । ऐ. वडा नं.३ बस्ने राम बहादुर विष्ट । ऐ.ऐ बस्ने शुर बहादुर खड्का । ऐ.ऐ बस्ने फौदे घर्ती । ऐ.ऐ बस्ने भिम बहादुर खड्का । ऐ.ऐ बस्ने जीत बहादुर थापा । ऐ.ऐ बस्ने राम बहादुर खड्का । ऐ.ऐ बस्ने भिम बहादुर खड्का । ऐ.ऐ बस्ने कृष्ण बहादुर कार्की । ऐ.ऐ बस्ने मान बहादुर मु.स गर्ने विष्णु बहादुर खड्का । ऐ.ऐ बस्ने शिखरपुर बस्ने गणेश बहादुर कटुवाल । विरुद्ध विपक्षी/प्रतिवादी:सि.पा.जि.मिलाची गा.पं.वार्ड नं. १ बस्ने हुतराज पाण्डे । ऐ.ऐ बस्ने अर्धचन्द्र पाण्डे । ऐ.ऐ बस्ने ठाकुर प्रसाद पाण्डे । ऐ.ऐ बस्ने सत्य चन्द्र पाण्डे । ऐ.ऐ बस्ने बस्ने धर्मनन्द पाण्डे । फैसला भएको मिति:२०४२।६।१७।५ मा मालपोतको अंक भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई ‘क’ श्रेणीको विर्ता जग्गाको परिभाषा भित्र परेको मान्न मिल्ने देखिएन । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यामाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. भैरव प्रसादको विर्ता खेत पाखा जग्गाहरू मालपोत सरह भनी भोगी आएको र सो विर्ता कृष्णचन्द्र उपाध्यायले राजीनामा गरिदिएछन्, निजले पाएदेखि हामीले विर्तावालालाई मालपोत सरह नगदी बुझाई आएको सो विर्ता जग्गा (क) श्रेणीको भई मोहीकै नाउँमा दर्ता हुने हुँदा रैकरमा परिणत गराई विवरण दिई विर्तावाललाई बुझाई आएको मेजरबहादुरको पूर्व बाटो समेत ४ को काफले खेत मोही ठूला खड्गबहादुरले ०१७ सालमा मालमा विवरण दिई निज सो राजीनामा लिई मेरो हक भएको माटो मुरी ।१।६।५।३ को रु. ४।५८ बुझाई आएको पूर्व रामबहादुरको खेत समेत ऐ.ऐ.माटो १। को रु. ।७४ को खेत १ म इन्द्रबहादुर खड्काको पूर्व बिक्री धानको बारी समेत ४ को म समेतले ०१७ सालमा विवरण दिएको बाटो ।१ को रु. १०।२८ लागेको दमैकम्दो खेत १ सानु खड्गबहादुरको पूर्व चक्रबहादुरको बारी समेत ४ किल्लाको ०१७ सालमा विवरण दिएको माटो ।१ को रु. १०।१८ लागेको ऐ.खेत म सानु खड्गबहादुरको पूर्व चक्रबहादुरको बारी समेत ४ माटो मुरी ।५ को रु. ।२६ लागेको काफले खेत र जितबहादुरको पूर्वमा भरीको खेत समेत ४ किल्लाको विवरण दाखेल गरेको माटो मुरी ।७ को रु. ११।१ लागेको ऐ.खेत ।१ मनिसरबहादुरको पूर्व सुरबहादुरको खेत समेत ४ को विवरण दिएको माटो ।९।६।६ को रु. १६।६९ ला