निर्णय नं. ७०६४ - चलन हटक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६४ - चलन हटक भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०६/१० ३०९८ निर्णय नं.७०६४ ने.का.प.२०५९ अङ्क १/२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्बत २०५५ सालको दे.पु.नं.४५८३ फैसला मितिः २०५८।६।१०।४ मुद्दाः चलन हटक । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी बिष्णुपादुका गा.बि.स.वडा नं.४ बस्ने तिलकबहादुर बस्नेत बिरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१२ बस्ने हिमप्रसाद दाहाल § तारेखमा नबसेको अवस्थामा सो कुराको जानकारी पुनराबेदकले अदालतलाई दिनुपर्नेमा यी पुनराबेदक तारेखमा नबसेको जानकारी अदालतलाई दिई अनुमति समेत लिएको नदेखिंएको प्रस्तुत पुनराबेदनलाई रीतपूर्वकको भन्न नमिल्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री डिल्लीराज पोखरेल प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनराबेदन अदालत बिराटनगरको मिति २०५४।४।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. बिपक्षी तिलकबहादुरसंग जग्गा खिचोला मुद्दा परि सुनसरी जिल्ला अदालतवाट भएको फैसला उपर पुनराबेदन अदालत, बिराटनगरमा पुनराबेदन परि पुनराबेदन अदालतबाट २०४६।१२।३ मा बिष्णुपादुका गा.बि.स.वडा नं.४(क) कि.नं. ५९ को ज.बि. १–३–१५ मध्ये दक्षिण तर्फबाट ०–४–० प्रतिबादीहरुले खिचोला गरेको ठहरी चलन चलाई दिने ठहराई फैसला भएको छ । सो फैसलाले ठहराए बमोजिम दण्ड सजायको ४३ नं.बमोजिम चलन चलाई पाउँ भनि दरखास्त गरी सुनसरी जिल्ला अदालतबाट २०५१।११।१२।२ मा भोगचलन गर्नु भनि चलन पुर्जि पाएकोमा चलन पुर्जि बमोजिम बिपक्षीले चलन गर्न नदिई २०५२ साल देखि चलन हटक गरेकाले दण्ड सजायको ४३ (५) नं.बमोजिम सजाय गरी चलन चलाई पाउँ भन्ने बादीको निबेदन दरखास्त । ३. बिवादित ०–४–० जग्गा कहाँ छ मलाई थाहा छैन, अमिन लगि जग्गा छुट्याउँदा बादीको जग्गा मैले भोगेको रहेछु भने छोडन तयार छु । दाबीको कि.नं.५९ को जग्गा बादीको हो, कि.नं.६० को जग्गा श्रीमतिको नाममा दर्ता छ, दाबी बमोजिम चलन हटक गरेको छैन भन्ने समेत व्यहोराको प्रतिबादी तिलकबहादुर बस्नेतको बयान । ४. बादी दाबीको जग्गा मैले चलन हटक गरेको छैन भनि प्रतिबादीले बयान गरेको, सर्जमिनका व्यक्तिहरुले. समेत बादी दाबीको जग्गा प्रतिबादीले चलन हटक गरेको होइन, छैन भनि लेखाई दिएका र सो बाहेक बादीले दाबीको जग्गामा प्रतिबादीले चलन हटक गरेको भन्ने कुराको अन्य प्रमाण पेश गर्न सकेको मिसिलबाट नदेखिएको आधार प्रमाणबाट समेत बादी दाबीको जग्गामा प्रतिबादीले चलन हटक गरेको ठहर्दैन भन्ने समेत शुरु सुनसरी जिल्ला अदालतको मिति ०५२।१२।९ को आदेश । ५. प्रमाणमा रहेका मिसिल तथा जिल्ला अदालतबाट भएको नक्सा समेत भिडाई शुरु अदालतले गरेको त्रुटिपूर्ण आदेश बदर गरी पुनराबेदकले अन्तिम फैसला समेतबाट जिती पाएको दक्षिण तर्फको ०–४–० जग्गाको बिपक्षीले चलन हटक गरेकोले भोगचलन गर्ने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको बादी तर्फबाट परेको प्रस्तुत पुनराबेदन पत्र । ६. यसमा प्रतिबादीले गरेको बयान तथा सर्जमिनका व्यक्तिहरुको भनाईको व्यहोराबाट दाबीको जग्गा बादीले चलन गरेको नभई प्रतिबादी कै भोगमा रहेको देखिदा देखिदै पनि चलन हटक गरेको नठहराई शुरु जिल्ला अदालतले गरेको आदेश त्रुटिपूर्ण देखिदा छलफलको लागि अ.बं.२०२ नं.तथा पुनराबेदन अदालत नियमावली, २०४८ बमोजिम बिपक्ष