निर्णय नं. २४३८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३८ - हक सफा भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/०३ २२९० निर्णय नं. २४३८ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ६०४ मुद्दा : हक सफा । पुनरावेदक/वादी:का.प.जि.चलाल गनेस्थान गा.पं.वा.नं.५ बस्ने सु.वे.हरिबहादुर कार्की । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ.बस्ने हरिबहादुर भन्ने हरिशरण कार्की । ऐ.बस्ने प्रेम कुमारी महत्नी । फैसला भएको मितिस:२०४२।६।३।६ मा । अलग–अलग मितिका भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिक रुपले पनि उचित भन्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जको मिति ०४०।१२।३०।५ को निर्णय आदेश उपर चित्त नबुझी वादी हरिबहादुर कार्कीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत हकसफा मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. जेठाबाबु जित बहादुरका छोरा दाजु सन्त बहादुर कार्की, ऋणी विपक्ष प्रेमकुमारी धनी भई ०३४।५।१९ मा घरसारमा ०३४।५।२६ मा यसै मालमा रजिष्ट्रेशन भएको रु. ५००।– पाँचसयमा खोपासी गा.पं.मार्फत का.प.मालमा तिरो बुझाउनु पर्ने खेत माटो मुरी ।२ को कित्ता १ खेत ।२।१७।४ मध्ये खेत माटो ।।१० को कित्ता १ र खेत ।२।१७।४ मध्ये ।।७।४ को खेत कित्ता १ समेत ३ कित्ता खेत लिन दिनु भएछ । ०३४।१२।२२।१ मा राजीनामा सारी लिई थाहा पाई विपक्षी प्रेमकुमारीसँग रुपैयाँ बुझी मेरो हक सन्धिसर्पन पर्ने जग्गा निखन्न दिनुहोस् भन्दा बुझ्दीन भनी निखन्न नदिएकोले नक्कल सारी लिएको ३५ दिन भित्र रु. ५००।– थैली र रजिष्ट्रेशन दस्तुर रु.३।५० समेत साथराखी दर्खास्त गर्न आएको छु । मेरो हक सन्धिसर्पन पर्ने जग्गा निखनाई पाउँ भन्ने सु.हरिबहादुर कार्कीको ०३४।१२।२० मा काभ्रेपलाञ्चोक मालमा परेको उजूरी । ३. उजूरीको जग्गा मिति ०३५।१।८ गते काठमाडौं मालपोत कार्यालयबाट राजीनामा रु. ५००।– मा पारित गरी दाता सन्तबहादुर कार्कीलाई फिर्ता दिई सकेकोले उक्त जग्गा हक निखन्न दिनुपर्ने होइन भन्ने समेत व्यहोराको ०३५।२।२२।१ को प्रेमकुमारीको प्रतिउत्तर । ४. सन्धिसर्पन पर्ने हकवालाले कानुनकै म्यादभित्र हकसफा गरिपाउँ भनी ०३४।१२।२० मा धरौट राखेको देखिने सोही धरौटी राखेको जग्गा उनै असामीलाई मिति ०३५।१।८ मा काठमाडौं मालपोत कार्यालयमा राजीनामा रु. ५००।– मा पारित गरिदिएकोले लेनदेन व्यवहारको ११, १२ नं.ले हकसफा गर्न पाउने नै ठहर्छ भन्ने समेत काभ्रेपलाञ्चोक मालको ०३५।३।२७।३ को पर्चा रहेछ । ५. बाजे सन्तबहादुरले रु. ५००।– मा विपक्षी प्रेमकुमारीलाई माटो २। मुरीको खेत बिक्री गरी ०३५।५।२६ गते का.प.मालमा राजीनामा पारित गरिदिनु भएछ म्यादभित्र का.प.मालमा धरौट राख्नु पर्नेमा विरामी परी म्याद गुज्रन गएकोमा श्री ५ महाराजाधिराज सरकारबाट म्याद थामी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्स भएबमोजिम थैली रु. ५००।– र रजिष्ट्रेशन रु. ३।५० समेत ५०३।५० धरौट लिई हकसफा गर्न पाउँ भन्ने हरिशरण कार्क