निर्णय नं. २४३९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३९ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१७ २२९२ निर्णय नं. २४३९ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १९६५ विषय : उत्प्रेषण । निवेदक :जि.भोजपुर टक्सार आर्दश गा.पं.वार्ड नं.१ टक्सार घर भई हाल ल.पु.जि.नगर पंचायतवार्ड नं. १ बस्ने चेर्तेन्द्र बहादुर कार्की । विरुद्ध विपक्षी :संचालक समिति शाही नेपाल वायु सेवा निगम कार्यालय । पद पूर्ती तथा पदोन्नती समिति शा.ने.वा.नि.केन्द्रिय कार्यालय । पुष्प बहादुर रायमाझी प्राविधिक विभाग शा.ने.वा.नि. श्री ५ को सरकार पर्यटन मन्त्रालय । आदेश भएको मिति:२०४२।६।१७।५ मा बढुवाको (“निर्णय”–संयोजक) पहिलो प्रकाशन भएको मितिबाट ९० दिन नघाई प्रकाशित गरेको छ, जो उपरोक्त सामान्य सिद्धान्तको नि. ९–३ मा भएको व्यवस्थाको प्रतिकूल छ । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री प्रकाश राउत विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ताहरु श्री मकुन्द रेग्मी र श्री कृष्णप्रसाद पन्त र विद्वान स.अ.श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन जिकिर यसप्रकार छन् । २. म निवेदक शाही नेपाल वायु सेवा निगममा मिति ०३५।४।६ मा स्थायी नियुक्ति पाई सातौं तहमा कार्यरत रहेको सम्भार सेवा अन्तर्गत इन्ष्ट्रमेन्ट र इलेक्ट्रीकल उपसमुहको कर्मचारी र एअरक्राÇट मेन्टेनेन्स इन्जीनियर हुँ । सिनियर एअरक्राÇट मेन्टेनेन्स इन्जीनियर आठौं तहको पद बढुवाबाट पूर्ति गर्ने बारेको विज्ञापन नं.व. ११।०३९ को सूचना मिति ०३९।५।१६ को गोरखापत्रमा प्रकाशित भए अनुसार उक्तपदमा बढुवाकोलागि संभाव्यउम्मदेवार भएकोले सम्बन्धितफाराम भरी प्रमाणपत्र प्रतिलिपिहरू सहित पदपूर्ति तथा पदोन्नति समिति शा.ने.वा.नि.समक्ष पेश गरेकोमा क्रमशः रुद्रबहादुर प्रधान १ शिवराज पोखरेल र म निवेदक समेत ३ जनालाई बढुवा गरी नियुक्तिको लागि सिफारिश गरिएको छ भन्ने व्यहोराको सूचना ०४०।४।२० को गोरखापत्रमा प्रकाशित भयो । उक्त सूचनामा चित्त नबुझी विपक्षी पुष्पबहादुर रायमाझीले उक्त संचालक समितिमा उजूर गर्नु हुँदा उजूर उपर कारवाही भई मिति ०४०।१०।६ मा निगमको सूचना पाटीमा र ०४०।१०।१३ मा गोरखापत्रमा प्रकाशित सूचनाबाट अघिल्लो सिफारिश मध्ये म निवेदकका हकमा भएको सिफारिश स्थगित गरी विपक्षी पुष्पबहादुर रायमाझीको नाम बढुवाको लागि सिफारिश गर्ने गरी संशोधन गरिएको थाहा पाएको र नियमानुसार बुझ्दा म निवेदकले कूल अंक २३२.४६ र विपक्षी पुष्पबहादुरले कूल अंक २३५.६८ प्राप्त गरेको भन्ने थाहा पाएकोले संविधानको धारा ७१ अन्तर्गत निवेदन गर्न आएको छु । विपक्षीको नाम सिफारिश गर्ने आधार छैन । निजलाई अनुतिर्ण तालिम वापतको ८ अंक प्रदान गरेर बढुवा गरेको बुझिएकोले उक्त सिफारिश लो.से.आ.द्वारा लागू संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त संशोधनसहित ०३५ को परिच्छेद ६ को १३(१)(ग) विपरीत छ जुन सोही दफाको स्पष्टीकरण खण्ड समेतले प्रष्ट गरेको छ । अनुत्तिर्ण तालिम वापतको कट्टा गर्नुपर्ने अंक ८ कट्टा गर्दा विपक्षीको कुल अंक २२७.६८ हुन गई कूल अंक २३२.४६ प्राप्त गर्ने म निवेदक बढुवा हुने निश्चित छ । विपक्षीले सम्बन्धित तालिममा न्यूनतम अंक प्राप्त ग