निर्णय नं. ७०६५ - वाली भराई मोही निष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६५ - वाली भराई मोही निष्काशन भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०९/०४ ३०२२ निर्णय नं. ७०६५ ने.का.प.२०५९ अङ्क १/२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५५ सालको दे.पु.नं. ... ४७२३ फैसला मितिः २०५८।९।४।४ मुद्दा :– वाली भराई मोही निष्काशन । पुनरावेदक वादीः काभ्रेपलान्चोक जिल्ला वालुवा गा.वि.स.वडा नं. ९ वस्ने विमला सेढाई विरुद्ध प्रत्यर्थी प्रतिवादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स.वडा नं. ५ वस्ने धन कुमारी आचार्यको मु.स. गर्ने छोरा वासुदेव आचार्य § मोही हक नामसारी गरी सुरक्षित गर्न पाउने अधिकार राख्ने मोही विपक्षीलाई आफूले कमाएको जग्गाको कुत वुझाई जग्गाधनी प्रति निर्वहन गर्नुपर्ने दायित्वको वोध हुनु पर्दैन भन्न नसकिने । § दर्तावाला मोहीको मृत्यु र एकमात्र हकवाला रहेको अवस्थामा दर्तावाला मोहीको सम्पूर्ण दायित्व सो जग्गा कमाउने हकवालामा निहित रहने । § प्रत्यर्थीले जग्गाधनीलाई कुतवाली वुझाई मोहीको कानूनी कर्तव्य पुरा गरेको नदेखिएको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम कुत नवुझाउने मोहीको मोही हक संरक्षण हुन नसक्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री लभकुमार मैनाली प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति २०५५।३।१९ को निर्णय उपर यस अदालतमा पर्न आएको पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भै प्रस्तुत विवादको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:– २. मेरा नाम दर्ताको जिल्ला भक्तपुर दिव्यश्वरी गाउं विकास समिति वडा नं. ५(ख) कि.नं. ४०१ को क्षेत्रफल ०–८–० रोपनी जग्गाको विपक्षी मोही हुन । निजले २०५२ सालको कुतवाली नवुझाएको र धरौटी समेत नराखेकोले मोहीवाट निष्काशन गरी वाली भराई पाउं भन्ने समेत व्यहोराको फिराद । ३. दावीको जग्गा फिरादीले को कसवाट कसरी प्राप्त गरे मलाई थाहा छैन । जग्गाधनी हरिप्रसाद उपाध्याय र मोही मेरी आमा धनकुमारी भएकोमा विवाद छैन । आमाको मृत्यु पश्चात मोही नामसारी गराउने मेरो हक सुरक्षित नै छ । कित्ता नम्वर १३७ को जग्गा मध्ये ०–८–० जग्गाको स्वामित्व फिरादीमा आएको कुरा मलाई जानकारी थिएन । विपक्षीले मसंग वाली मांग गरेको छैन । मोहीको कर्तव्य कुत वुझाउने हो । जग्गाधनी पत्ता लगाउन शक्ति खर्चनु पर्ने होइन । कुत वुझाउन तयार नै छु मोही निष्काशन हुनुपर्ने होइन भन्ने समेत व्यहोराको वासुदेव आचार्यको प्रतिउत्तर । ४. जग्गाधनी परिवर्तन भएको जानकारी मोहीले नपाएकोले वादीले उक्त जानकारी प्रतिवादीलाई दिन लगाउने, साथै कुत नतिर्ने उद्देश्यले वाली नतिरेको भन्ने समेत देखिन नआएकोले मोहियानी हक यथावत कायम राखी वादीले वालीसम्म भरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय भक्तपुरको फैसला । ५. विपक्षीलाई मोही हकवाट निष्काशन नगर्ने केवल वालीमात्र भरी लिन पाउने ठहर गरेको शुरुको त्रुटिपूर्ण निर्णय वदर गरी विपक्षीलाई मोहियानी हकवाट समेत वंचित गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन । ६. कुतवाली नवुझाएको र धरौट समेत नराखेको अवस्थामा मोही निष्काशन नहुने ठहर गरेको शुरुको निर्णय फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५४।१०।३० को पुनरावेदन अदालत, पाटनको