निर्णय नं. २४४० - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४० - ज्यान मार्ने उद्योग भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१६ २४३२ निर्णय नं. २४४० ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ५८३ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक/वादी:सुर्जेमानको जाहेरीले श्री ५ सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:का.प.जि.मेचिनकोट गा.पं.वडा नं. ९ बस्ने बुद्धिमान तामाङ । ऐ.ऐ बस्ने कान्छो तामाङ । फैसला भएको मिति:२०४२।७।१६।६ मा जानी जानी भरुवा बन्दूकले फायर गरी घाइते पारेको देखिँदा ज्यान मार्ने उद्योग गरेको ठहर्छ । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ०३७।१।१ का दिन १२ वर्षको छोरा राजुलाई बुद्धिमान तामाङले बोलाई लगेका थिए। उसले भरुवा बन्दूकले फायर गरी ज्यान मार्ने उद्योग गरेमा कारवाई गरिपाउँ भन्ने समेतको जाहेरी दर्खास्त । ३. बुद्धिमान र कान्छो तामाङमा कान्छोले भरुवा बन्दूक लिएको रहेछ । कान्छोले ढुकुर रहेनछ तँलाई हान्नु पर्यो भन्यो मैले केही भनिन त्यसपछि मलाई बन्दूकले लाग्यो, बेहोस भएपछि अस्पतालमा लगेको थाहा पाएँ । कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेतको घाइते राजु तामाङको सनाखत कागज । ४. प्र.बुद्धिमान तामाङ र कान्छो तामाङले ज्यान मार्ने उद्योग गरेकोले ज्यानसम्बन्धीको १५ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी । ५. मैले राजुलाई मार्ने उद्योग गरी बन्दूकले हानेको होइन । म ०३६।१२।२१ मा खनालथोक गा.पं.का अर्जुनबहादुरको खसी व्यापार गर्न झुग्गा झोलीतर्फ गई ०३७।१।२ का दिन मंगलटारमा शंकरबहादुरलाई भेटेको थिएँ निजहरूलाई समेत बुझी पाउँ भन्ने व्यहोराको प्र.बुद्धिमानको अदालतमा भएको बयान । ६. ज्यान मार्ने उद्योग गरेको छैन । वारदात भनेको समय अगावै ०३६।१२।२८ गते भाउजू बिरामी भएको भन्ने समाचार आएकोले हेर्न गएको र ०३७।१।२ का दिन फर्कंदा गंचामा मामा प्रेम लामाको घरमा बास बसी भोलिपल्ट बुवाङ लामाले फेदीबाट खोपासी जानु भनी आमाले भनेको छ भनेकोले म खोपासी गएँ । खोपासीबाट ०३७।१।२९ गते मात्र फर्केको हुँ भन्ने समेतको कान्छो तामाङको अदालतमा भएको बयान । ७. मेरो जाहेरी ठीक छ, जाहेरी बमोजिम प्रतिवादीहरूलाई कारवाही गरिपाउँ भन्ने जाहेरवालाको अदालतमा भएको सनाखत बयान । ८. बुद्धिमान र कान्छो तामाङले शिकार खेल्न जाउँ भनी लगेको, कान्छो तामाङले ढुकूर पाइएन । तिमीलाई हानौ कि बन्दूकले हानेका हुन् तसर्थ मलाई मार्ने उद्योग गरेकोले सजायँ गरिपाउँ भन्ने राजु तामाङको अदालतमा भएको सनाखती बयान । ९. प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरेको भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने शुरु का.प. जि.अ.को फैसला । १०. उक्त फैसला उपर चित्त बुझेन भन्ने समेतको श्री ५ को सरकारको मध्यमाञ्चल क्षेत्रिय अ..मा परेको पुनरावेदनपत्र । ११. शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला। १२. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने श्री ५ को सरकारको निवेदन परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा, के