निर्णय नं. ४७७४ - उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७७४ - उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: मंसिर अंक: ८ फैसला मिति :२०५०/०७/२५ २६१२ निर्णय नं. ४७७४ ने.का.प. २०५० (ख) अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०४९ सालको रिट नं. २२१९ आदेश मिति: २०५०।७।२५।४ निवेदक : का.न.पा. वडा नं. ७ चावहिल बस्ने कमल खरेल समेत । विरुद्ध विपक्षी : राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालय समेत । विषय : उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । (१) संचालक समितिले मिति २०४८।११।८ मा बढुवा सिफारिसलाई बदर गर्दा मुख्यतया दुईवटा आधारहरु लिइएको पाइन्छ । पहिलो आधारमा केहि कर्मचारीको कार्य सम्पादन मुल्यांकन फाराम नियमित नभएको भन्ने र दोश्रो आधारमा छानविन उपसमितिको प्रतिवेदनलाई लिएको देखिन्छ । सो समितिले पेश गरेको प्रतिवेदन हेर्दा असाधारण विदामा बसेको अवधिमा भरिएको कार्य सम्पादन मुल्यांकन फारामको आधारमा भएको बढुवा नियमित नहुँदा त्यस्तो कर्मचारीको नाम बढुवा सिफारिस सूचीबाट हटाउनु पर्ने केहीको (८ जना) रद्द गर्नुपर्ने र जेष्ठताक्रमका बाँकी व्यक्तिबाट भैरहेको मुल्यांकनको आधारमा बढुवा सूची समावेश गरी बढुवा सिफारिस सूची पुनः प्रकाशित गर्न पदपूर्ति समितिमा पेश गर्ने भनी आफ्नो राय प्रस्तुत गरेको देखिन्छ । सो समितिको प्रतिवेदनमा उल्लेखित आधारहरुबाट पनि बढुवा सिफारिस पुर्णतः बदर गर्नुपर्ने भनी राय दिएको देखिएन । यस्तो स्थितिमा बढुवा सिफारिस सम्बन्धी सम्पूर्ण कारवाही बदर गर्ने गरेको संचालक समितिको मिति २०४८।११।८ को निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल आदेश न्या. मोह प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. निवेदकलाई तह ७ बाट ८ को नायब मुख्य अधिकृत पदमा बढुवा गर्नको लागि २०४७।२।२ को गो.प. मा जेष्ठताक्रमको सूचना प्रकाशित भएको र २०४८।८।१४ को गो.प. मा विपक्षी निकायले एक सूचना प्रकाशित गरी यस बैंकको तह ८ को नायब मुख्य अधिकृत पदसंख्या ४५ मा जेष्ठता र कार्य सम्पादन मुल्यांकन प्रतिवेदनको आधारमा २०४८।८।८ मा बसेको पदपूर्ति समितिबाट निम्न संभाव्य उम्मेदवारलाई बढुवाको लागि सिफारिस गरिएको हुँदा संस्थानमा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त २०४३ को परिच्छेद ५ को दफा ५.१२ को प्रयोजनको लागि सम्बन्धित सबैको जानकारीको निमित्त सूचना प्रकाशित गरिएको भनी निवेदक समेतलाई तह ८ को मुख्य नायब अधिकृतमा बढुवा गरिएको र निवेदकको विषयमा कसैले पनि उजुरी नगरेकोले २०४८।८।१४ को सूचनाले बढुवाको पत्र पाउने प्रतिक्षामा थिए । २०४८।८।१४ को बढुवाको नामावली उपर सामान्य सिद्धान्त २०४३ को दफा ५.१२ बमोजिम १५ दिन भित्र निवेदकको हकमा कसैले उजुर नगरेकोले मेरो हकमा २०४८।८।१४ को सिफारिस नै कायम रहेको थियो । यसै बीच विपक्षी निकायले तोकिएको म्याद भित्र स्वेच्छिक अवकासको निवेदन दिनेलाई केही थप सुविधा दिने र नदिएमा कुनै पनि सुविधा नदिने परिपत्र गरेकोले म आठौं तहमा बढुवा भैसकेको सोही तहको प्रोत्साहन सुविधा र निवृत्तिभरण पाउने हुनाले स्वेच्छिक अवकास पाउने निवेदन दिएको थ