निर्णय नं. २४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/२४ २३८३ निर्णय नं. २४४२ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं. १३६० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :का.जि.गोंगबू गा.पं.वडा नं. ४ बस्ने प्र.ना.नि.चन्द्र प्रसाद भण्डारी । विरुद्ध विपक्षी :श्री प्रहरी महानिरीक्षक श्री ५ को सरकार प्रहरी प्रधान कार्यालय काठमाडौं । श्री ५ को सरकार गृह मन्त्रालय काठमाडौं । आदेश भएको मिति:२०४२।६।२४ मा निलम्बन रहेको मितिबाट बरखास्त गर्ने भन्ने निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.६(५) को प्रतिकूल भएको देखिँदा विपक्षी कार्यालयको निर्णयको त्यति हदसम्मको व्यहोरा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्दप्रसाद श्रीवास्तवः प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. निवेदन जिकिर यसप्रकार छ : म निवेदकले २०२७।१२।२७ मा प्रहरी सेवाको रि.क.पदमा भर्ना भई ०२९।१।२९ मा प्र.ह.र ०२९।३।२२ मा प्र.स.नी.पदमा र ०३४।८।२५ मा प्र.ना.नी.पदमा बढुवा पाई देश र नरेशप्रति वफादार रही सेवा गरी आएको एक कर्तव्यनिष्ट र इमान्दारी प्रहरी कर्मचारी हुँ । कर्तव्यनिष्ट र इमान्दारीको कदर गर्दै तहतह प्रमोशन दिई प्र.ना.नी.पदमा प्रहरी प्रधान कार्यालयको जिन्सी शाखा सामान उपशाखामा सेवा गर्दै आएको अवस्थामा विपक्षी प्रहरी महानिरीक्षकज्यूले प्रहरी नियमावली, ०३३ को नियम ९.५ को उपनियम (क) (ङ)(६) बमोजिम कसूर गरेको अभियोगमा निलम्बन गरिदिने ०३९।३।२३ को निर्णय पर्चा बमोजिम वोद्यार्थ पत्र बुझाएबाट तत्पश्चात ०३९।११।१९ को गृह मन्त्रालयको नाउँको पत्रमा प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ङ) र (६) को कसूर गरेको अभियोगमा ऐ.नियम ९(१) को देहाय (६) अनुसारको ऐ.९.१० को देहाय ४ को खण्ड (ग) ले दिएको अधिकार प्रयोग गरी ऐ.नियम ९.५ बमोजिम प्रहरी सेवाबाट निलम्बन रहेको मिति ०३९।३।२३ देखि नै भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य ठहरीने गरी सेवाबाट बरखास्त गरिदिने मिति ०३९।११।१ को पर्चा निर्णय भएको भन्ने वोद्यार्थ पत्र बुझाइएबाट नियम ९.७ बमोजिम अनिवार्य सजायँको आदेशको १ प्रति मलाई दिनु पर्नेमा दिइएन । नक्कल समावेश गरी पुनरावेदन गर्नु पर्ने भएबाट नक्कल नपाउँदा आफ्नो सफाईको आधार प्रमाणसमेत दिई गृह मन्त्रालयमा पुनरावेदन गरेकोमा प्रहरी नियमावली, ०३३ संशोधनसहितको परिच्छेद ९ को नियम ९.१(च) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरीने गरी गर्नुपर्ने र प्र.प्र.का.को निर्णयलाई कायम गरी ०४१।४।९ मा निर्णय भएको अनुरोध गरिन्छ भनी वोद्यार्थ पत्र ०४१।४।२२ मा मलाई बुझाइएबाट पुनरावेदन फैसलाको नक्कल माग गर्न जाँदा निवेदनसम्म पनि दर्ता नगरिएबाट मेरो संवैधानिक तथा कानुनी हकमा समेत आघात पुगेको र निर्णयहरू बदर गराउन अन्य उपचारको बाटो समेत नहुँदा असाधारण अधिकारक्षेत्रको प्रयोग गराई माग्न आएको छु । निवेदकलाई निलम्बन गरिँदा प्रहरी नियमावली, ०३३ को नियम ९.५ को उपनियम (क)(ङ) र (ट) को अभियोग लगाइएकोमा सफाईको मौका नै नदिएपछि नियम ९.५(ङ) र (