निर्णय नं. २४४३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१२ २२७३ निर्णय नं. २४४३ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १३७९ विषय : उत्प्रेषण । निवेदक :हेटौंडा आयल स्टोर्स चौकी टोल हेटौंडाको प्रोप्राइटर का.जि.का.नगर पंचायत वडा नं. २६ भेडासिं बस्ने निरन्जन कुमार तिवडेवाला । विरुद्ध विपक्षी :श्री मध्यमाञ्चल क्षेत्रीय अदालत । हेटौंडा कर कार्यालय,हेटौंडा । श्री ५ को सरकार कर विभाग,काठमाडौं। आदेश भएको मिति:२०४२।७।१२।२ मा नेपाल आयल निगमबाट र अरु बाहिरबाट झिकाएको डिजेल मोविल इत्यादिमा वास्तविक खर्च यो यत्ति कटाइएको भन्ने टिप्पणीबाट नखुलेकोले न्यायोचित अनुमानबाट लाग्ने खर्च कटाएको नदेखिँदा त्यस रकमको हकमा आयकर निर्धारण गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री सीताराम तिवारी विपक्षी तर्फबाट :विद्वान सरकारी मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : २. आ.ब. २०३५।३६ मा हेटौंडा आयल स्टोर्सको खुद मुनाफा रु. ३१,०००।– भएकोले सोही बमोजिमको आय विवरण निवेदकले पेश गरेकोमा त्यो विवरणलाई मान्यता नदिई तल दिइएको तालिका बमोजिम विपक्षी हेटौंडा कर कार्यालयले मेरो खुद आय कायम गर्यो (क) नेपाल आयल निगमको पत्र अनुसार डिजेलमा दुई प्रतिशत र मबिलमा दश प्रतिशतका दरले जम्मा कमिशन रु. ४०,७१४।६२(ख) आफ्नो कारोवारमा प्रयोग गरी बसेको समयमा ट्यांकी भाडामा चलाई खर्चपर्च कटाई रु. २३,०००।– (ग) कर निरीक्षकको गोप्य प्रतिवेदन अनुसार जुट ग्रीज डिष्टिलवाटर जस्ता सामानहरू रु. १,५०,०००।– को कारोवार भई दुई प्रतिशतका दरले रु. ३०००।– खुद आय रु. ६६,७१४।– उक्त अप्राकृतिक आधारहिन तथा अन्यायपूर्ण आयकर निर्धारण आदेश उपर मेरो चित्त नबुझेकोले आयकर ऐनको दफा ३४(२) अनुसार मोविल डिजेलको हकमा खर्च नकटाएको साथै अन्य आय समेत अन्यायपूर्ण तरिकाबाट कायम गरेको आदी आधारहरू दर्शाई कर विभाग समक्ष पुनः आयकर निर्धारणको लागि निवेदन गरेकोमा कर विभागले शुरु कर कार्यालयको आयकर निर्धारण आदेश मनासिव ठहर्याई मिति ०३९।१।२७ मा निर्णय गर्यो । उपरोक्त कर विभागको मिति ०३९।१।२७ को निर्णय प्रत्यक्षतः गंभीर कानुनी त्रुटिपूर्ण तथा अन्यायपूर्ण भई सो उपर मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदनको अनुमतिको निवेदन गर्दा पुनरावेदनको अनुमति दिन नमिल्ने भनी आदेश गर्यो । वास्तविक खर्च कटाउनु पर्ने अनिवार्य व्यवस्था आयकर ऐन, २०३१ को दफा १२ ले गरेको छ । नेपाल आयल निगमबाट मैले रु. ४०,७१४।६२ कमिशन बापत प्राप्त गरेको कुरा निर्विवाद छ । नेपाल आयल निगमबाट प्राप्त पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा विभिन्न खर्चहरू लाग्दछ । सो खर्चहरू कटाएर मात्र खुद आय कायम गरिनु पर्नेमा खर्च नकटाई हेटौंडा कर कार्यालयले कायम गरेको आयमा मध्यमाञ्चल क्षेत्रिय अ..ले आदेश गर्दा आवश्यक खर्चहरू कटाएर खुद आय कायम गरिएको मिसिलबाट देखिएको भनी आफ्नै सक्रियतामा मनगढन्ते आधार खडा गरी आयकर ऐनको दफा १२ को प्रतिकूल हुने गरी आदेश भएको छ । पेट्रोलियम पदार्थको कारोवार गर्दा खर्च बापत रकम कट्टा गरी आय कायम गर्ने कानुनी व्यवस्था अनुसार काठमाडौंमा ख