निर्णय नं. २४४४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४४४ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/३० २२९५ निर्णय नं. २४४४ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ३७१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:कृष्ण प्रसाद ओलीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि. इलाम कुसेनी गा.पं.वा.नं.८ घर भई हाल झापा अर्जुनधारा गा.पं.वा.नं. ९ बस्ने टेक बहादुर कार्की । फैसला भएको मिति:२०४२।७।३०।६ मा जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट: विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वैतनिक अधिवक्ता श्री विष्णुकुमार शाह उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः पुर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. ०३९।३।१ गतेको दिन १ बजेको समयमा अर्जुनधारा गा.पं.वा.नं. ९ बस्ने मेरी बहिनी तीलरुपा पाठक पानी लाउन घरबाट १ किलोमिटर दक्षिण खेतमा गएको अवस्थामा ऐ.बस्ने टिकाप्रसाद पाठकको घरमा नोकर बस्ने कान नसुन्ने कार्की पनि मालिकको खेतमा पानी लाउन गएको बखत के निहुँ पारी बहिनीलाई फरुवा (कोदाली) ले टाउकोमा काटी मारीभागी गएपछि गोठालाहरूले हल्ला गर्दा थाहापाई घटनास्थल जाँदा बहिनीको मृत्यु भइसकेको भेटिएको हुँदा अपराधी पक्राउ गरी कानुन बमोजिम गरिपाउँ भन्ने ०३९।३।१ को कृष्णप्रसाद ओलीको जाहेरी दर्खास्त । ३. कुलोमा पानी नआएकोले मुहानतर्फ जाँदा तीलरुपाले पानी आफ्नो खेततर्फ लगाएको देखी किन यसो गरेको भन्दा बजिया भनी गालीगरेकोले रीसउठी हातको फरुवाले चोटछोड्दा टाउकोमा लाग्न गई टाउको फुटी भईमा लडी छटपटाउन थालेकीले म तुरुन्तै फर्की उप प्र.पं.को नोकर नाम नजानेको राईलाई फरुवा दिई म भागें मारु भन्ने इवि थिएन भन्ने अ.टेकबहादुर कार्कीले प्रहरीमा गरेको ठाडो कागज । ४. टेकबहादुर कार्कीले तीलरुपाको टाउकोमा हानी कर्तव्य गरी मारेको भन्ने कुरा लाश जाँच हुँदाको अवस्था घटनास्थलको प्रकृतिबाट थाहा भयो भन्ने ०३९।४।३ को सरजमीन मुचुल्का । ५. टेकबहादुर कार्कीले तीलरुपा पाठकलाई फरुवाले ठाउकोमा हानी ज्यानमारेकोले निजलाई ज्यानसम्बन्धीको १३(१) नं. को सजायँ होस् भन्ने माग दावी भएको प्रहरी प्रतिवेदन । ६. तीलरुपाले मालिकको खेतको सबै पानी सुकाई आफ्नो खेतमा लगीछन्, किन सबै पानी लगेको भन्दा निजले एक्कासि तँ बजियाको मात्र पानी हो ? भनी फरुवाले हान्न लाग्दा मेरो हातमा भएका फरुवाले छेक्दा फरुवा मेरो हातबाट फुस्कन गई निजको टाउकोमा लागी रगत बग्न थालेपछि म भागें भन्ने टेकबहादुर कार्कीले अदालतमा गरेको बयान । ७. बहिनी तीलरुपालाई टेकबहादुरले फरुवाले टाउकोमा हानी मारेको हुँदा सजायँ गरिपाउँ भन्ने समेत जाहेरवाला कृष्णप्रसादले अदालतमा गरेको बकपत्र । ८. खेतमा पानी लाउँदाको अवस्था विवाद भई तत्काल उठेको रिसबाट फरुवाले हिर्काएकोबाट मानिस मरेको देखिएकोले ज्यानसम्बन्धीको १४ नं.को अवस्था देखिएको, फरुवा जोखिमी हतियार हो भन्ने कुटपीटको ९ नं.मा उल्लेख नहुँदा ज्यानसम्बन्धीको १३(१) को कसूर भन्न नमिलेकाले ऐ.१