निर्णय नं. २४४५ - जग्गा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४५ - जग्गा दर्ता बदर भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/१८ १९२१ निर्णय नं. २४४५ ने.का.प. २०४२ अङ्क ८ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.फु.नं. ६७ विषय : जग्गा दर्ता बदर । निवेदक/वादी:जिल्ला बाँके तप्पे कारकादो मौजे बंधुसा बस्ने घसिटे खाँ समेत । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ.रामनगर गा.पं.वा.नं.७ सहजना भन्ने नोरि बस्ने मोहन कुर्मीको मु.स.गर्ने रामसुख वर्मा समेत । फैसला भएको मिति:२०४२।८।१८।३ मा विवादको जग्गा वादीहरूको भए नापीकै समयमा झगडा जनाउनु पर्ने विन्तिपत्रमा लेखिएको पटवारीले दिएको भनेको एकहरफी खेस्राको हकमा वादीले शुरु फिरादसाथ त्यस्तो कुनै प्रमाण पेश गर्न नसकेको र पटवारीले दिने कागज मुद्दा परेपछि पनि तयार हुनसक्ने हुँदा अ.बं. ७७ नं.ले समेत उक्त लिखत प्रमाणमा लिन सकिने स्थिति नदेखिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी प्रतिवादीहरू तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला प्र.न्या.नयन बहादुर खत्रीः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको यसमा लेखिएको जग्गा दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसूफको विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाँके तप्पे दौनिहार मौजे मोफतपुरका साविक कि.नं. २९, ६६, ६८, ७४, ८२, ९१ को जग्गा सर्भे नापी हुँदा कि.नं. १४४, २०१ को जग्गा बाहेक अरु जग्गा विपक्षीको नाउँमा नापी भएको प्रमाण पूर्जा पाएको ०३५।९।७ ले ४५ दिनभित्र ०२५।१०।२७ मा उजूरी दिँदा अदालतमा जानु भनी भू.प्र.का.बाँकेले ०२७।११।२ मा सुनाई नालेश दिएकोमा साविकले दर्ता गराएको यो नम्बरको यति जग्गा मध्ये यति जग्गा हाल नापीमा यति नम्बरमा यो प्रतिवादीले दर्ता गराएको बदर होस् भन्ने दावा दिएमा कानुन बमोजिम हुने भनी ०२९।९।१५ गते यस अदालतबाट दावा खारेज भएको हुँदा साविक कि.नं. २९ को ज.वि. ०–५–१७ प्र.सीता कोरीले कि.नं. १८९ मा साविक ६६ को ज.वि. ०–५–१५ मध्ये मोहनले कि.नं. १९० मा ०–७–४ लोटनले कि.नं. १९४ मा ०–८–११ साविक कि.नं. ६८ को ज.वि. ०–१४–० मध्ये मोहनले कि.नं. २०४ मा ०–२–१४ राम मिलनले कि.नं. २०५ मा ०–६–२ लोटनले कि.नं. १९७ मा ०–३–९ कि.नं. १९४ मा ०–१–१० साविक कि.नं. ७४ को ०–४–११ परमेश्वरले कि.नं. १४३ मा.साविक कि.नं. ८२ को ज.वि. २–६–१६ मध्ये सोही प्रसादीका नाउँमा कि.नं. १४४ मा र समदका नाउँमा कि.नं. २०१ दर्ता गरिदिएको बाहेक मुमताजले कि.नं. १९९ मा ०–१८–१०।। मोहनले कि.नं. २०२ मा ०–३–१७ लोटनले कि.नं. २०० मा ज.वि. ०–६–० र साविक कि.नं. ९१ को ज.वि. ०–१९–१० प्र.मुमताजले हालको कि.नं. १२३ मा समेत नापी दर्ता गराएको बदर गरी हक नपुग्ने जग्गा दर्ता गराएमा सजायँ गरिपाउँ भन्ने समेत ०२९।१०।१९ को फिरादपत्र । ३. बाजे करिमका नाउँमा जग्गा विगहा ५–६–।। भोगचलन गरी आएको हाल सर्भेमा ५–६–।। को दर्ता पूर्जा पाएको हुँ दावी झुठ्ठा हो भन्ने मुमताज साई, बाबु बालक दर्ताको जग्गा २–२–० भोग गरी आई सर्भेमा २–१–९ भएको