निर्णय नं. २४४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/१४ २१२९ निर्णय नं. २४४६ ने.का.प. २०४२ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि.फु.नं. २० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.सुर्खेत वीरेन्द्र नगर नगर पञ्चायत वडा नं. ६ बस्ने कृष्ण बहादुर भण्डारी क्षेत्री । विरुद्ध विपक्षी :श्री वीरेन्द्र नगर निर्माण योजना कार्यान्वयन समितिको कार्यालय,वीरेन्द्र नगर,सुर्खेत । मालपोत कार्यालय,सुर्खेत । जि.सुर्खेत जरवुटा गा.पं.वडा नं.१ गाग्रेताल बस्ने गङ्गा प्रसाद सापकोटा । वीरेन्द्र नगर पञ्यायत वडा नं.६ बस्ने मोहन सिंह गुरुङ । वीरेन्द्र नगर पञ्चायत वडा नं. ६ बस्ने मोहन सिंह गुरुङ। ऐ.ऐ बस्ने चन्द्र बहादुर वस्नेत । आदेश भएको मिति:२०४२।८।१४।६ मा निवेदकको हकको जग्गा निवेदकको मन्जूरी बेगर छोडपत्र गराउन पाउने अधिकार वीरेन्द्र नगर निर्माण योजना कार्यान्वयन समितिको कार्यालयलाई भएको नपाइने । (प्रकरण नं. १२) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :निवेदक राजिव दाहाल विरुद्ध गुठी लगत तथा तहसिल कार्यालय भद्रकाली भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन (रि.फु.नं. ४९) मा फुल बेञ्चबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. जि.सुर्खेत कटकुवा गा.पं.वडा नं. ३ को कि.नं. १४९ को ०–२–१ ३/४ कि.नं. १५० को ज.वि. ०–१–१८ १/२ र कि.नं. १५२ को ज.वि. ०–२–३ समेतका जम्मा ज.वि. ०–६–३ १/४ निवेदकको हकभोगका जग्गा हुन् । उक्त तीनै कित्ता हाल वीरेन्द्र नगर पंचायतवडा नं. ६ मा पर्न आएका छन् । कि.न. १४९, १५० र १५२ उक्त कि.नं.सावित ३७७ को मेरो भागमा ज.वि. ०–९–१४ मध्यको हो सो कुरा जग्गाको सम्बन्धित श्रेस्ताहरूबाट पुष्टी हुन्छ । यसका अतिरिक्त कि.नं. १५० को प्रत्यर्थी मोहन सिंह मार्फत मालपोत कार्यालयले मिति ०३७।१२।१२ मा मालपोत बुझेको रसीदमा जग्गाधनीमा म निवेदक कृष्णबहादुर भण्डारीको नाम उल्लेख भएको छ । उक्त, जग्गामध्ये कि.न. १४९ को जग्गा प्रत्यर्थी गंगाप्रसादलाई कि.न. १५० को जग्गा प्रत्यर्थी मोहन सिं गुरुङलाई कि.नं. १५२ को जग्गा प्रत्यर्थी ईन्द्रबहादुर बस्नेतलाई छोडपत्र गरी रजिष्ट्रेशन पारित गरिदिनु वा स्पष्टीकरण पेश गर्नु भन्ने समेत उल्लेख गरी पटक–पटक पत्र पठाइएकोमा उल्लिखित कित्ताको जग्गा छोडपत्र गरी रजिष्ट्रेशन पारित गरी दिन मन्जूर छैन भनी बारम्बार स्पष्टीकरण दिई आएपछि वीरेन्द्रनगर निर्माण योजनाको कार्यालयले प्रत्यर्थी नं. ३, ४ र ५ लाई घडेरी छोडपत्र पारित गरिदिनु भई समितिले निर्धारित मुल्य लिन आउनु होला भन्ने समेत व्यहोरा उल्लेख गरी ०४०।२।२० मा पुनः पत्र पठाएको थियो । उक्त कित्ताको २०२९ सालसम्मको तिरो बुझाएको छु । तत्पश्चात प्रत्यर्थी नं. २ ले मालपोत बुझ्न अस्वीकार गर्नुको साथै उक्त जग्गाको मोठ श्रेस्ताको नक्कल उपलब्ध गराउन नसकिने भनी ०४०।२।३० मा निवेदनमा दरपीठ गरिएको थियो उक्त कुरा उल्लेख गरी पाँचैजना उपर निषेधाज्ञाको मुद्दा दिएको