निर्णय नं. २४४७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/०७ २१०१ निर्णय नं. २४४७ ने.का.प. २०४२ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.फु.नं.३३ विषय :उत्प्रेषण । निवेदक/प्रत्यर्थी:का.जि.का.नगर पंचायतवडा नं. १६ क्षेत्रपाटी बस्ने नेशनल ट्रेडिङ लिमिटेडको कर्मचारी राजेन्द्र मान श्रेष्ठ । नेशनल ट्रेडिङको बढुवा समिति । विरुद्ध विपक्षी/रिट निवेदक: जि.स्याङजा डाडा घर भै हाल नेशनल ट्रेडिङ लिमिटेड उपत्यका बिक्री कार्यालयमा कार्यरत नरेन्द्र विक्रम गुरुङ । आदेश भएको मिति:२०४२।८।७।६ मा आफ्नो हक यसरी हनन् भयो भन्ने कुरा उल्लेख नगरी विपक्षीको मात्र कुरा गरेको, विपक्षीले बढुवा नपाएको खण्डमा आफूले बढुवा पाउने कुरा पनि रिट निवेदकले निश्चयपूर्वक भन्न नसकेको देखिएको हुँदा निवेदको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक/प्रत्यर्थी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री पुष्करनाथ उपाध्याय विपक्षी/रिट निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान अधिवक्ता श्री शुशिलनाथ पन्त उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजधिराजका जुनाफमा विन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्याई दिनु भन्ने वक्स भई आएका हुकुम प्रमांगी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. नेशनल ट्रेडिङ लिमिटेडको तह ७ बाट ८ मा हुने बढुवाका लागि दर्खास्त आहृवान हुँदा मैले पनि विधिवत दर्खास्त गरेकोमा ०३९।४।१२ मा विपक्षी बढुवा समितिबाट प्रकाशित प्रथम नामावलीमा आफ्नो नाम समाविष्ट नपाई म्याद भित्रै विपक्षी सचिवज्यू समक्ष पुनरावेदन गरेँ । ०३९।६।७ मा प्रेषित ०३९।७।२१ मा मलाई प्राप्त पत्रबाट विपक्षी सचिवज्यूबाट शुरु निर्णय नै सदर भएको जानकारी पाएँ । विपक्षी राजेन्द्रमान श्रेष्ठज्यू म एउटै मिति ०३३।१।८ मा नेशनल ट्रेडिङ लिमिटेडको सेवामा प्रवेश गरेको हुँ । विपक्षी राजेन्द्रमान नेशनल ट्रेडिङ्ग लिमिटेडको सेवामा खुला प्रतियोगिताबाट एकैपटक स्थायी हुनु भई यहाँको सेवामा प्रवेश गर्नु पूर्व नेपाल राष्ट्र बैंकको सेवामा हुनुहुन्थ्यो । त्यहाँ वहाँले राजीनामा गरी उपदान आदी बुझी ने.ट्रे.लि.को सेवामा प्रवेश गर्नु भएको हो । संविधानको धारा ७८(३)(क) अनुरुपको सामान्य सिद्धान्त कानुन हो, जसको प्रतिकूल निर्देशन जारी हुनु निरर्थक, निष्प्रयोजित र अमान्य हुन्छ । परिपत्रले कानुन संशोधन गर्दैन । सामान्य सिद्धान्तको परिच्छेद ७ मा कुनै सन्देहको गुन्जाइससम्म छैन जबसम्म विधिवित संशोधन हुँदैन । आफूखुसी मनपरी अर्थ गर्न सामान्य सिद्धान्तले छुट नदिएको हुँदा विपक्षी लोकसेवा आयोगको भनिएको परिपत्र अनाधिकार छ । सामान्य सिद्धान्तको परिच्छेद ७(१) (क), (ख) र (ग) को अध्ययन गर्दा राजीनामा दिई आफैंले उपदान आदि लिई आउने कर्मचारीको पूर्व सेवा जोड्न मिल्ने व्यवस्था गरेको छैन । परिच्छेद ७ को शिर्षक नै सरुवा रहेबाट अन्य अर्थ गर्न मिल्दैन । परिच्छेद ६ को नियम १२(४) को अध्ययन समेतले पनि राजीनामा अघिको सेवा समाप