निर्णय नं. २४४८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४४८ - जग्गा खिचोला भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/१८ २२५६ निर्णय नं. २४४८ ने.का.प. २०४२ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं.६० मुद्दा : जग्गा खिचोला । निवेदक/प्रतिवादी: जि.धादिङ सल्यानटार गा.पं.वडा नं.४ डाडा बस्ने पहल बहादुर उप्रेती । ऐ.ऐ बस्ने क्षेत्र बहादुर उप्रेती । विरुद्ध विपक्षी/वादी:ऐ. ऐ. बस्ने हर्ष नारायण श्रेष्ठ । फैसला भएको मिति:२०४२।८।१८।३ मा दर्ताको जग्गा अन्यत्रै छ भन्ने जिकिर लिए पनि सो प्रमाणित गराउन नसकेको समेतबाट विवादित जग्गा सन्धिसर्पन रहेछ भन्न मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १२) निवेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी/वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो हो र घरबारी दर्ताको जग्गा र सन्धिसर्पनको जग्गा बेग्लाबेग्लै रहेछ भने त्यस अदालतको डिभिजन बेञ्जबाट ०३९।३।२७ मा किनारा भएको विन्तिपत्रमा लेखिएको जग्गा खिचोला मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मु.लालबहादुर जिम्मा १० वर्षे घर दरमा पाखा दर्ता भएको तिरो रु.।५७ को डब्बल रु.१।१४ बुझाउनु पर्ने पूर्व ठूलो ढुङ्गा तेर्सो बाटो, पश्चिम तामे ढुङ्गा तेर्सो बडहरको बोट, उत्तर हर्षबहादुर लामिछानेको साँध, दक्षिण सन्ते कामी र हस्तबहादुर खनालको साँध यति ४ किल्ला भित्रको तिरो रु.।३५ लागेको बोर्लाङघाट घरबारी जग्गामा मकै, बदाम बालीसमेत लगाएकोमा ०३१।१।२२ गतेका दिन गाई भैंसी समेत हुली चराई विपक्षीहरूले नोक्सान गरे किन त्यसो गरेको भन्दा मैले नोक्सान गरेको भन्ने चेतप्रसाद र निज चेतप्रसादको अ¥होट मानी हामीले नोक्सान पारेको हो भन्ने अरुहरू भई जग्गामा खिचोला गरे, मोल रु.२५००।– मोलिने जग्गामा खिचोला गरेकाले खिचोलामेटाई पाउँ भन्नेसमेत वादी । ३. दावी गरेको जग्गा वादीको होइन वादीको घरबारी देखि आधा कोष फरकमा भएको पूर्व एकले चापको रुख, पश्चिम बुढी गंगा, उत्तर हस्तबहादुरको आवादी जग्गा र पुरानो वार र सानो जग्गा अघि परापूर्वदेखि कै उप्रेती गाउँ समेत ५ गाउँको सन्धिसर्पन गौचर पानीघाट रही आजतक सो गाउँको गाई भैंसी समेत चराई आवाद दर्ता समेत नभएको पर्ती जग्गालाई केही किल्ला फरक जस्तो पारी सन्धिसर्पनको जग्गा पक्री बोर्लाङ घाटको घरबारी तिरो रु.।३५ लागेको भनी झुठ्ठा उजूर गरेको हो सन्धिसर्पन कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर । ४. प्रतिवादीहरूले पनि वादीको नाउँमा दर्ता छ भनी लेखाई दिएको वादीले पञ्चायतबाट मालपोत बुझाई रसिद लिएको देखिएको वादीको जग्गा सन्धिसर्पन थियो भन्ने पनि प्रतिवादीहरूले कायम गराउन सकेको नदेखिएको हुँदा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत धादिङ जिल्ला अदालतको फैसला । ५. सो उपर प्रतिवादी पहलबहादुर र क्षेत्रबहादुरको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६.