निर्णय नं. २४४९ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४४९ - डाँका भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०४/१८ २१३९ निर्णय नं. २४४९ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको डि.फौ.पु.नं.५८३ मुद्दा: डाँका । पुनरावेदक/वादी:जय प्रकाश श्रेष्ठको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:गोरखा स्वारा गा.पं.वडा.नं.३ रातमाटे बस्ने पहलमान थापा मगर । फैसला भएको मिति:२०४२।४।१८।६ मा तथ्ययुक्त सबूद प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. ४१) पुनरावेदक,वादी तर्फबाटःX विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेकितम मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः प्रस्तुत मुद्दामा न्याय प्रसासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएकोमा मुद्दाको तथ्य यसप्रकार छ । २. २०३७ साल बैशाख २० गते राती अं.११ बजेको समयमा श्यामकुमार श्रेष्ठको र सोही रात १२ बजेको समयमा जयप्रकाश श्रेष्ठको दोकानमा गोरखा स्वारा गा.पं.वार्ड नं.३ बस्ने पहलमान थापा मगर १ खड्गबहादुर मगर १, छविलाल १, गोपाल मगर १ चन्द्रबहादुर गुरुङ १, कृष्णबहादुर बरामू १ समेत चिनेका र अरु नचिनेका आँगन पिंढीमा हातमा लाठा लिई सामान ओसार्न आएका जम्मा ४०।५० जना भई उक्त लेखिएका ७ जना खुकुरी, खूर्पा लाठीले ढोका फोरी घरभित्र पसी ल अब तेरो सम्पत्तिहरू कहाँ छ देखा बोलिस कराइस भने तँलाई काटी मारी दिन्छौ भनी भने पछि ज्यानको माया लागी चुपचाप लागी बसी परिवारलाई केही नगरी जयप्रकाशको बिगो रु.७६००७।– को धनमाल र म श्यामकुमार श्रेष्ठको बिगो रु. ४१९१४।५० को धनमाल डाँका गरी लगेकोले दर्खास्त गर्न आएको छु । उक्त डाँकाहरू उपर कानुनी कारवाही भई उक्त विगोको धनमाल समेत दिलाई भराई पाउँ भन्ने व्यहोराको मिति ०३७।१।२३ को जाहेरी दर्खास्त रहेछ । ३. जय प्रकाश तथा श्यामकुमारको घर डाँका गर्न पर्छ भनी पहलमान, कृष्णबहादुर समेतले भनेकाले म समेत गई पहिले श्यामकुमारको र त्यसपछि जयप्रकाशको घर दोकानको माल सामान लुट्ने फाल्नु गरेको हुन् भनी प्रतिवादी जुठे सुनारी मगरले प्रहरीमा गरेको कागज रहेछ । ४. मतदान दिई सकेपछि बेलुका घर जान भनी गएको अवस्था केही पर बाटामा पुगेपछि जाहेरवालाहरूसँग चामल मागिएको सम्बन्धमा प्रतिवादी खड्गबहादुरसँग झगडा भएको छ रे भन्ने सुनेकोले म पनि फर्कि सोही खारचोकमा आएँ खड्गबहादुरलाई जयप्रकाशको घर आँगनमा देखें त्यतिखेर मलाई रक्सी लागेको थियो । खड्गबहादुरलाई के भयो त भनी निजलाई सोधें जवाफ नदिई रीस उठी जाहेरवालाहरूको दोकान घर फुटा भनी अडर गरे श्यामकुमारको दोकान फोरेपछि केही वेर भई जयप्रकाशको दोकान पनि फोरे सो दोकानको माल कृष्णबहादुर, चन्द्रबहादुर, जुठे सुनारी मगर समेतका मानिसहरू भई फालेका हुन् मैले अडर गरेको हुँ भनी प्र.पहलमान थापा मगरले मिति २०३७।१।२६ मा प्रहरीमा गरेको कागज । ५. मतदान दिई सकेपछि बेलुका ७ बजेतिर घर जान लाग्दा स्वारा गाउँ बस्ने देवीनारायण श्रेष्ठले लाठ साहेवको बच्चा हल्ला गरेर हिंडेको छस् भनी भनेकाले रीस उठी सोही कुरामा छलफल गर्न म पनि फर्की जाहेरवालाको घरतर्फ नै आएँ प्र.पहलमान समेतका मानिसहरू खारचोकमा हल्ला गरी रहेका रहेछन् र पहलमान समेतका मानिसहरू भई जाहेरवालाहरूको दोकान तोडफोड गर्न थाले म देवी नारायणलाई खोज्न थाले निज फेला नपरेकाले म पनि प्रकाशको घरभित्र पस