निर्णय नं. २४५० - उत्प्रेषण लगायत चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४५० - उत्प्रेषण लगायत चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०६/०१ १९२९ निर्णय नं. २४५० ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं.२२५८ विषय : उत्प्रेषण लगायत चाहिने आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.गुल्मी गा.पं.अमर अर्वाथोक वा.नं.१ बस्ने गणेश प्रसाद उपाध्याय । ऐ.ऐ बस्ने रमेश कुमार अर्याल ऐ.ऐ बस्ने लक्ष्मण राज अर्याल । ऐ.ऐ बस्ने सुरेश कुमार अर्याल । विरुद्ध विपक्षी :पहाडी क्षेत्रमा आवादी र वन जंगल क्षेत्र छुट्याउने सिलसिलामा गठित समिति मुकाम गुल्मी । ऐ.ऐ समितिका अध्यक्ष एवं गुल्मी जिल्ला वन कार्यालय वन नियन्त्रक कृष्ण हरि गौतम । ऐ समितिका सदस्य एवं जिल्ला कार्यालय मालपोत शाखाका मालपोत अधिकृत दिपक कुमार जोशी । ऐ.समितिका सदस्य एवं ९ नं.नापी गोश्वारा नापी इकाई गुल्मी प्र.ना.अ.अग्नी धर शर्मा । जि.गुल्मी गा.पं. अमर अर्वाचोक वडा नं.३ बस्ने रामजी प्रसाद पन्त । आदेश भएको मिति:२०४२।६।१।३ मा एउटै विवादको विषयलाई पटक–पटक निर्णय गर्नु पनि त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः पहाडी क्षेत्रमा आवादी र वनजंगल क्षेत्र छुट्याउने समिति गुल्मीको मिति २०४०।११।२६ को निर्णय समेत बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. जि.गुल्मी गा.पं.अमर अर्वाचोक वार्ड नं.३ कि.नं.२०० को जग्गा लक्ष्मणराज अर्याल ऐ. ऐ. कि.नं.२०१ को जग्गा रमेशकुमार र शुरेसकुमार एवं ऐ. ऐ. कि.नं.२०२ को जग्गा गणेशप्रसाद उपाध्याय समेत तिनै कित्ता जग्गाहरू साविक हामी निवेदक मध्ये गणेशप्रसाद, लक्ष्मण राजको पिता एवं निवेदक सुरेशकुमारको हजुरबुबा जिवनाथले मोल रु.४५,०००।– मा मिति २००९।२।१२ मा कुलबहादुर राना मगरबाट निजको दर्ताको रु.–।१३ पैसा तिरो लागेको गुल्मी राज्य तहसिलमा तिरो दाखिल हुने पूर्व खेर्दी खोला पश्चिम तोप डाँडा खर्क जाने ठाडो बाटो उत्तर इन्द्र नारायणको तगालाको ठाडो खोल्सी रानीवन साँध दक्षिण निज इन्द्रनारायणको डाँडा खर्कको तोष वार साँध यति चारकिल्ला भित्रको दक्षिण चोरका तोषमुनी डढेका कटेरा भन्ने पाखो जग्गा राजीनामा गरी लिएको जग्गामा निवेदकहरूको पिता जिवनाथ समेतको उपर दस कटिया वन जंगल मिची राजीनामा दिनु लिनु गरे भनी २०१० सालमा डि.चर्तभुज समेतको उजूर परेकोमा दशकतको जग्गा मिची लिनु दिनु गरेको छैन डढेका कटेरा भन्ने घरबारी जग्गा ४५,०००। मा बिक्री गरेको हो भन्ने कुले रानाको बयान एवं खेर्दी खोलावारी भन्ने दसकटिया वन जंगल छुट्टै छ यो राजीनामाको जग्गा दाखि डाँडा डढेका कटेरा भन्ने जग्गा हो भन्ने निवेदकका पिता जिवनाथको प्रतिउत्तर परेकोमा नक्शा र सरजमीन भई आएपछि कुले रानाको राजीनामा बमोजिमको जग्गा हामी निवेदकका पिता जीवनाथको ठहर्ने नक्सामा निलो चिन्ह लगाए देखि उत्तर खेर्दी खोला बारी पारीमा भएको वन जंगल दसकटिया ठहर्छ भन्ने समेत मिति ०१३।११।२ मा शुरु पाल्पा अपीलले फैसला गरेको र सोही इन्साफ मनासिव भनी २०२३।९।३ मा सर्वोच्च अदालतबाट समेत उक्त फैसला सदर कायम भएको छ । ३. उक्त जग्गा मध्ये ।३ पैसा तिरोको मा