निर्णय नं. ८६५७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६५७ - उत्प्रेषण भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१०/१० ३०१३ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको–WO–०८२१ आदेश मितिः २०६७।१०।१०।२ विषय : उत्प्रेषण समेत । निवेदकः का.जि.,का.म.न.पा.वडा नं.३४ स्थित पप्पु लुम्विनी जे.भी.का अख्तियारप्राप्त प्रोपराइटर हरिनारायण प्रसाद रौनियार विरुद्ध विपक्षीः भौतिक योजना तथा निर्माण मन्त्रालय समेत § साँचो कागजपत्र पेश गरेर जिकीर लिन नसकी केवल कालोसूचीमा राख्ने कामकारवाही रीतपूर्वक भएन वा प्रक्रिया पूरा भएन भनी भन्दैमा सो कुराले खासै महत्व राख्ने देखिँदैन । आफू कालोसूचीमा पर्न नसक्ने यथेष्ट प्रमाण गुजार्न नसकेसम्म सम्बन्धित निकायले कालोसूचीमा राखेको कार्य रीतपूर्वकको भएन भनी लिएको जिकीर मनासिव नदेखिने । (प्रकरण नं.२) § बोलपत्रको सूचनामा उल्लेख भएका योग्यताहरू पूरा गर्न नसकेसम्म कुनै पनि फर्मले प्रतिस्पर्धामा भाग लिन पाउने हुँदैन । आवश्यक न्यूनतम् योग्यता पूरा गरेको नभई झूठा व्यहोराका कागज बनाई आवश्यक न्यूनतम् योग्यता पुर्याएको सम्बन्धमा उजूर परी छानबीन गर्दा आवश्यक न्यूनतम् योग्यता पुर्याउनको लागि नक्कली कागजात बनाएको पुष्टि हुन आएबाट कालोसूचीमा राख्ने र त्यस्तो फर्मसँग सम्झौता गर्न नहुने निष्कर्ष निकालेको अवस्थामा आवश्यक न्यूनतम् योग्यता पुर्याउनको लागि झूठा कागजात तयार गरी पेश गर्ने फर्मलाई नै ठेक्का प्रदान गर्नु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं.३) § ऐनले तोकेको आचारण एवं दायित्व पालना गर्न नसक्ने ठेकेदार कम्पनी वा फर्मको अधिकार सिर्जना भैसकेको मान्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री बाबुराम दहाल विपक्षी तर्फबाटः उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई अवलम्बित नजीरः सम्बद्ध कानूनः § सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६२ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्षी डिभिजन सडक कार्यालयले मिति २०६५।९।१ का दिन ठे.नं. CDR07/065/66-09 पर्सा जिल्लाअन्तर्गत सिङ्गयाही पुल निर्माण गर्ने कार्यका लागि बोलपत्र आव्हान गरेको थियो । सोबमोजिम आव्हान गरिएको बोलपत्रबमोजिम निवेदक कम्पनीले उक्त पुलको निर्माण कार्य गर्नका लागि योग्य र अनुभवी भएकाले आव्हान भएबमोजिम बोलपत्र खरीद गरी तोकिएको कागजात तथा धरौटी जमानतसमेत संलग्न गरी तोकिएको समयभित्रै बोलपत्र दाखिला गरेको थियो । यसरी बोलपत्र दाखिला गरेपश्चात् विपक्षी डिभिजन सडक कार्यालय नं.७ मकवानपुर, हेटौंडाले मिति २०६६।१।६ मा निवेदक कम्पनीलाई पत्र लेखी उपरोक्त पुलको ठेक्का निवेदक कम्पनीले कबोल गरेको अङ्कमा स्वीकृत भएको हुँदा कार्यसम्पादन जमानतसहित सम्झौता गर्न पाउन यस कन्स्ट्रक्शनलाई पत्र प्राप्त भएको थियो । सो पत्रबमोजिम निवेदक कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेड, नयाँ सडक, काठमाडौँबाट जारी भएको परफरमेन्स बण्ड सिङ्गयाही पुलको लागि परफरमेन्स बण्ड रु.१०,४३,५००।– (Performance Bond Number:PCBL09-231PG) समेत संलग्न गरी २३ अप्रिल २००९ (२०६६।१।१०) मा परफरमेन्स बण्डसहित सम्झौता गर्न आएको भनी निवेदक कम्पनीले उक्त विपक्षी डिभिजन सडक कार्यालयमा मिति २०६६।१।१० मा उपस