निर्णय नं. २४५२ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४५२ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०७/२१ २१९६ निर्णय नं. २४५२ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज ईजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं.१२४५ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.सुनसरी सोनापुर गा.पं.वा.नं.१ बस्ने तीर्थ बहादुर खड्का । विरुद्ध विपक्षी :ऐ.ऐ.वा.नं. ७ बस्ने भक्त बहादुर कार्की । जि.मोरङ साविक वखरी गा.पं.वा.नं.७ हाल बिराटनगर नगर पंचायतवा.नं. ८ चूडा बहादुर कार्की । भूमि सुधार कार्याले सुनसारी इनरुवा । मालपोत कार्यालय सुनसरी इनरुवा । आदेश भएको मिति:२०४२।७।२१।४ मा फैसला बमोजिमको बिगो भरी भराउको कारवाई भू.सु.कार्यालयले गर्न पाउँदैन भन्ने कुराको कुनै आधार देखिँदैन । (प्रकरण नं. ९) सूचना समेत दिई जग्गा लिलाम गरेकोलाई कानुनको त्रुटि गरी गरेको भन्न सक्ने अवस्था नभएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्न पर्ने अवस्था नहुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालयको मिति २०४०।२।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत निवेदनको तथ्य यसप्रकार छ : २. विपक्षी मध्ये चूडाबहादुर कार्कीको मोही जग्गाको ०३३ को सालको कुत नदिएको दिलाई पाउँ भनी उजूर परी मबाट बिगो रु.२,३५५।३६ पाउने ठहरी २०३५।६।११ मा निर्णय भएबमोजिमको बिगो मैले घरसारमा बुझाउन खोज्दा नबुझेको पछि उक्त बिगो भराई पाउँ बिगो नदिए म निवेदकका नाउँ दर्ताको जि.सुनसरी गा.पं.वा.नं.७ख कि.नं.६७ को जग्गा मध्ये लिलाम गरी बिगो भराई पाउँ भनी विपक्षी चूडाबहादुरको दर्खास्त परी मेरा नाउँमा उक्त बिगो दाखिल गर्न ल्याउनु भनी सूचना जारी भएका म्यादमा भु.सु.का.सुनसरीमा बिगो बुझाउन जाँदा पछि ल्याउनु भनी मौखिक जवाफ दिई मलाई फर्काई दिएको पछि ०३९।१२।६ मा जग्गा लिलाम गर्ने सूचना प्रकाशित गरे पनि सो मितिमा लिलाम नगरेका पछि, पुनः सूचना जारी हुँदा बिगो बुझाउँला भनी मैले बिचार गरिरहेको थिएँ । तर पछि सूचना पाइन । २०४० सालको मालपोत बुझाउन सुनसरी मालमा जाँदा मेरो उपरोक्त कि.नं.६७ को २–१–१० जग्गा सम्पूर्णको मालपोत नलिई, केही घटी जग्गाको मालपोत लिन खोज्दा के भएको रहेछ भनी खोजी गर्दा मेरो उक्त जग्गा विपक्षी मध्ये भक्तबहादुर कार्कीले ०–२–२।। जग्गा ०४०।१।५ मा लिलाम सकार गरेबाट मेरो जग्गा घटी हुन गएको थाहा पाई भू.सु.का.मा गई ०४१।२।२१ मा नक्कल लिँदा पुरा यकीन हुन आयो । त्यस अनुसार विपक्ष भू.सु.का.बाट सूचना टाँस गरेको ०३९।१२।६ मा जग्गा लिलाम नगराई बेरीतसँग मनपर्दी मिति सार्दै ०४०।१।५ मा लिलाम गराएको विपक्षी चूडाबहादुरको भरी भराउको मुद्दा ०४०।२।१५ मा तामेलीमा राखिदिने निर्णय गरिएको थाहा पाएँ । उक्त भरी भराउको कारवाही गरी जग्गा समेत लिलाम गर्ने अधिकार भूमि सुधार कार्यालयलाई प्रचलित कानुनले दिएको देखिँदैन । बिगो भरी भराउ गर्ने जग्गा लिलाम गर्दाको कार्यविधी दण्ड सजायँको ४२ नं. तथा अञ्चल तथा जिल्ला अदालत नियमावलीको नियम ६८ मा व्यवस्थित छ । त्यस अनुसार लिलाम हुने जग्गा रोक्का राख्नु पर्ने तथा सम्बन्धित व्यक्तिलाई समेत जानकारी दिनुपर्ने र लिलामी मिति भन्दा