निर्णय नं. २४५३ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४५३ - ज्यान भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०७/३० २१०२ निर्णय नं. २४५३ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ४९८, ५२३, ५३७ मुद्दा : ज्यान । पुनरावेदक/वादी:केउडी रोकायाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:जिल्ला जुम्ला खलङ्गा कामिटोल बस्ने चन्द्रसिंह सुनार समेत । र पुनरावेदक/प्रतिवादी:जुम्ला जिल्ला तलिउन गा.पं.वडा नं. ६ उमखोला माझ गाउँ बस्ने कालीबहादुर रोकाया समेत । ऐ.जिल्ला खलङ्गा कामिटोल बस्ने नापानी भन्ने चन्द्र सिंह सुनार । विरुद्ध विपक्षी/वादी:केउडी रोकायाको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।७।३०।६ मा तथ्ययुक्त आधार प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. ४१) पुनरावेदक वादीतर्फबाट:विद्वान मुख्य न्यायाधीवक्ता श्री केदारप्राद शर्मा पुनरावेदन प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री प्रभु नारायण चौधरी उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. गुहेकुलाको बाटो हुँदै गस्ती गैरहेको काले खोला पश्चिम बगिरहेको कुलोमा अं.१ फिट गहिराई पानीमा दक्षिण र कोल्टो परी दुवै घुँडा खुम्चाई सुते जस्तो मृतक मानिसको लाश देखी सोधपुछ गर्दा खड्गसिंह बुढा हो भन्ने पत्ता लागेकोले कर्तव्य छुट्याई कानुन बमोजिम गरिपाउँ भन्ने २०३९।१।३ को प्र.ज.कृष्ण गिरीको प्रतिवेदन । ३. लाश हेर्दा केही सुनिए जस्तो देखिएको दायाँ बायाँ गालाको र दायाँ बायाँ घुंडाको छाला खुइलिएको भन्ने २०३९।१।३ को लाश प्रकृति मुचुल्का । ४ २०३९।१।२ गते बेलुका ८ बजे भतिजा खड्गबहादुरलाई होटलमा खाना खाउँला भनी बजारतर्फ लगेको आफ्नो चौकिदारीमा गयो होला भन्ने लागी भात खाई सुतेँ भोलिपल्ट बिहान ६ बजे खलङ्गा बजारको ५०० गज पूर्व माझ कुलोमा मरेको कुरो थाहा पाएकोले गाउँ घरका मानिस साथ लिई घटनास्थलमा जाँदा मृतक अवस्थामा पाइएको कर्तव्य नापाने सुनारप्रति शंका लागेकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने केउडी रोकायाको २०३९।१।३ गतेको जाहेरी दर्खास्त । ५. २०३९।१।२ गते साँझ ७ बजे जयबहादुरको होटलमा बसी रक्सी खाएको अवस्था द्रोणसिंह थापा, कालीबहादुर रोकाया, बलबहादुर महत भन्ने खड्गबहादुर समेत भित्र पसी मासु रक्सी खाइसकेपछि साँझको नेपाली समाचार सुनी हामी बाहिर निस्की म आफ्नो घरमा आयौं मर्ने खड्गबहादुरलाई कालीबहादुरले अंगालो हाली कता लगे मलाई थाहा छैन भन्ने नापाने भन्ने चन्द्र सिंहको प्रहरीमा भएको बयान कागज । ६. २०३९।१।२ गते साँझ जयबहादुरको होटलमा कालीबहादुर, बलबहादुर भित्र पसी रक्सी खाएको देखेपछि मैले पनि २ मुख रक्सी मागी खानलागेको अवस्थामा द्रोण आएर रक्सी खाएको १० मिनेट पछि चन्द्रसिंह आई ढोकाछेउ बसी रक्सी खाएको मर्ने खड्गबहादुरले मसँग रक्सी मागे मसँग पैसा छैन यही बाँडी खाउँ भनी भन्दा निजले होटलवालासँग रक्सी मागी अब जाउ भनी होटलवालाले भनेपछि हामी पसलमा बसेको द्रोणसिंह, चन्द्रसिंह म भई खड्गबहादुर समेत अघि पछि गरी बाहिर निस्कँदा ७।३० बजे मर्ने खड्गबहादुरले कालीबहादुरलाई मेरो घरमा जाउँ भनी तानातान