निर्णय नं. ७०६८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ । भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/१२/२९ २९९६ निर्णय नं.७०६८ ने.का.प.२०५९ अङ्क ३/४ विशेष इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५८ सालको रिट नं...६६ आदेश मितिः २०५८।१२।२९।५ विषयः– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ । निवेदकः जिल्ला काठमाडौं,मुलपानी गा.वि.स.वडा नं.३ घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेमा हेल्थ एजुकेशन समूह वरिष्ठ पाँचौ तहमा सेवारत हरिशरण कार्की समेत बिरुद्व विपक्षीः कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय समेत § स्वास्थ्य समूहको पदमा सोही विषयको शैक्षिक योग्यता तोकिनुवाट रिट निवेदकहरु प्रति भेदभावयुक्त र असमानताको व्यवहार गरिएको भन्नु उपयुक्त नहुने । § माथिल्लो स्तरको पदमा पदोन्नतिको लागि आवश्यक योग्यता तोकिएकोमा सो योग्यता नभएको व्यक्तिहरुले निजहरुको विरुद्व भेदभाव गरियो भन्ने कुरा औचित्यपूर्ण नहुने । § स्वास्थ्य शिक्षा समूहमा सो समुहको माथिल्लो पदको लागि विशेष शैक्षिक योग्यता तोकिएको कारणबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ संग वाझिन गएको नदेखिने । (प्र.नं. १२ र १३) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (१) र (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :- २. हामी पश्चिमान्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, पोखराको मिति २०४६।३।११ को निर्णय बमोजिम स्वास्थ्य शिक्षा टेक्निसियन रा.प. अनं. प्रथम (प्रा.) पदमा हेल्थ एजुकेशन समूहमा सेवा प्रवेश गरी कार्यरत छौं । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि सो ऐनको दफा ९०(७) र (८) बमोजिम मिति २०५४।२।४ देखि लागू हुने गरी निजामती सेवाबाट स्वास्थ्य सेवामा श्रेणी तथा तह मिलान गरी स्वास्थ्य सेवा अन्तर्गत सेवारत रहँदै आएका छौं । हामीले सेवा प्रवेश गर्दाको पदको लागि विज्ञापन हुँदा न्यूनतम शैक्षिक योग्यताको लागि एस.एल.सी. उत्तीर्ण भई स्वास्थ्य शिक्षा सम्बन्धी २ वर्ष तालिम वा वि.ए. वा सो सरह पास गरेको हुनु पर्ने भन्ने तोकिएको र हामी निवेदकहरु दोश्रो विकल्प अर्थात स्नातक तह उतीर्ण गरेको हुँदा सोही आधारमा प्रतिस्पर्धा गरी नियुक्ति भई आएका हौं । यसरी हामी सेवारत रही आएको अवस्थामा लोकसेवा आयोगद्वारा विज्ञापन नं. ९५६।०५८–५९ मा स्वास्थ्य शिक्षा निरीक्षक, हेल्थ एजुकेशन समूह छैटौं तह (आ.प्र.) पदको आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षाको विज्ञापन गरी आवश्यक न्यूनतम शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ शिक्षामा प्रमाणपत्र तह उतीर्ण भएको र स्वास्थ्य सेवा ऐनको दफा २६ अनुसारको सेवा अवधि पुगेको हुनु पर्ने भनि तोकी हामी निवेदकहरुले उक्त परीक्षाको लागि फारम भर्न जाँदा योग्यता नमिलेको भनि अस्वीकृत गरियो । हामी निवेदकहरुले प्राप्त गरेको शैक्षिक योग्यता स्नातक तहलाई मान्यता दिई सेवा प्रवेश गरी आएकोमा बढुवाको प्रयोजनको लागि स्वास्थ्य शिक्षा विषयमा प्रमाणपत्र तह उत्तीर्ण भएको व्यक्ति मात्र प्रतिस्पर्धी बन्न सक्ने र सेवारत अन्य समान तहका कर्मचारीहरु प्रतिस्पर