निर्णय नं. २४५४ - उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४५४ - उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/०३ १९५३ निर्णय नं. २४५४ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १८३९ विषय : उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : जिल्ला काठमाडौं का.नगर पंचायतवार्ड नं.५ विशालनगर हाँडी गाँउ बस्ने नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौंको क्लर्क सहायक स्तर तृतीय श्रेणीमा कार्यरत हरी गोपाल प्रधान । विरुद्ध विपक्षी :पदपूर्ति तथा बढुवा समिति नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौं । नेपाल विद्युत कर्पोरेशन पाटन डिभिजनमा सहायक तृतिया श्रेणीमा कार्यरत कृष्णमोहन जोशी । आदेश भएको मिति:२०४२।८।३।२ मा बढुवाको प्रथमपटक नामावली प्रकाशित भएको मितिले ९० दिन नघाई बढुवा नामावली संशोधन गर्ने निर्णय गरेको र प्रत्यर्थी पदपूर्ति बढुवा समितिबाट गोरखापत्रमा मिति ०४१।१०।२३ मा प्रकाशित भएको संशोधित नामावली सूचना समेत उक्त सामान्य सिद्धान्तले गरेको व्यवस्थाको विपरीत भई त्रुटिपूर्ण देखिएकाले सो निर्र्णय सूचनालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री गोपाल प्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः पदपूर्ति तथा बढुवा समिति नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौंको मिति ०४१।१०।२३ को बढुवाको सूचना समेत बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. म निवेदक नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालयको क्लर्क सहायक तृतीय श्रेणीमा नियुक्त भई कार्यरत छु । प्रत्यर्थी पदपूर्ति तथा बढुवा समिति नेपाल विद्युत कर्पोरेशन केन्द्रीय कार्यालय काठमाडौंको मिति ०४०।९।१९ मा प्रकाशित भएको विज्ञापन नं. १२।०४० को सूचना अनुसार जुनियर असिष्टेण्ट, जुनियर एकाउण्टेन्ट वा सो सरहको प्रशासन तथा लेखासेवाको सहायकस्तर द्वितीय श्रेणीको पदमा बढुवाको दर्खास्त आहृवान गरिएकोमा म निवेदक समेत सम्भाव्य उम्मेदवार भएकोले फाराम भरेको प्रत्यर्थी बढुवा समितिले गोरखापत्रमा मिति ०४१।२।१५ मा प्रकाशित गरिएको बढुवाको नतिजा सम्बन्धी सूचनामा बढुवा गरिएका जम्मा १४ जना व्यक्तिमध्ये म निवेदकको नाम बढुवाको योग्यता क्रममा पाँचौं स्थानमा थियो । तर प्रत्यर्थी बढुवा समितिले मिति ०४१।१०।२३ मा गोरखापत्रमा प्रकाशित गरेको संशोधित नामावलीमा मेरो नाम हटाई प्रत्यर्थी कृष्णमोहन जोशीको नाम समाविष्ट भएको रहेछ । उक्त सूचनामा निवेदकको नाम किन हटाइयो उल्लेख छैन । संस्थानमा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ९ को दफा १ को प्रयोजनको लागि गो.प.मा प्रत्यर्थी बढुवा समितिको बढुवाको नतिजा सम्बन्धी सूचना ०४१।२।१५ मा प्रकाशित भएको छ उक्त बढुवामा चित्त नबुझ्ने कर्मचारीले उक्त सामान्य सिद्धान्तको परिच्छेद ९ को दफा २ अनुसार बढुवा नामावली प्रकाशित भएको मितिले ३५ दिन भित्र उजूर गरेको भए उक्त सिद्धान्तको उक्त परिच्छेदको दफा ३ अनुसार नामावली प्रथमपटक प्रकाशित भएको मितिले ९० दिनभित्र अर्थात् ०४१।५।९ मा बढुवाको संशोधित नामावली प्रत्यर्थी बढुवा समितिले प्रकाशित