निर्णय नं. २४५५ - उत्प्रेषण लगायत उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४५५ - उत्प्रेषण लगायत उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/०६ २१३५ निर्णय नं. २४५५ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २२९६ विषय : उत्प्रेषण लगायत उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला तोपगाछी झापा गा.पं.वडा नं. ८ बस्ने सुश्री विष्णु खड्का । विरुद्ध विपक्षी : दमक क्याम्पस झापा । सञ्चालक समिति दमक क्याम्पस झापा । आदेश भएको मिति:२०४२।८।६।५ मा क्याम्पस सञ्चालक नियमावली झिकाई हेर्दा सञ्चालक समितिले स्पष्टीकरण लिई वा नलिई अवकाश दिन सक्ने भनी नियम २४ को उपनियम (३) मा व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ८) निवेदिका तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः दमक क्याम्पस झापाको मिति ०४०।११।३० को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. निवेदिका प्रत्यर्थी क्याम्पसले लिएको सेवा सम्बन्धी जाँच उत्तीर्ण गरी मिति ०३८।१२।२२।१ देखि ६ महिनाको परीक्षण कालमा रहने गरी खरिदार पदमा सफलतापूर्वक उत्तीर्ण भएको थिएँ । उक्त परीक्षणकाल निवेदिकाले व्यतित गरी सकेकाले मेरो सेवा तथा पदावधी स्थायी भएको छ । आफू सेवारत भई रहेको अवस्थामा मिति ०४०।१२।१ मा निवेदिकालाई अवकाश दिइएको छ । अवकाश दिएको पत्रमा उपरोक्त सम्बन्धमा मिति ०४०।११।३० गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले तपाईले क्याम्पस प्रशासनप्रति सन्तोषजनक काम नगरेको कुरा महसुस गरी मिति ०४०।११।३० गतेदेखि नै तपाईलाई अवकाश दिने निर्णय गरेको हुँदा तपाईसँग भएको नगद जिन्सी क्याम्पस प्रशासनमा बुझाई नियमानुसार पाउने तलब भत्ता लिनका लागि सूचित गरिन्छ भन्ने उल्लेख छ । प्रत्यर्थी क्याम्पसको स्थापना राष्ट्रिय शिक्षा समिति ऐन, ०२८ ले निर्धारण गरे बमोजिम त्रिभुवन विश्व विद्यालय ऐन, २०२८ बमोजिम गठित त्रि.वि.वि.को स्वीकृत बमोजिम भएको छ । प्रत्यर्थी क्याम्पसले पालना गर्नुपर्ने काम कर्तव्य र प्राप्त अधिकार क्याम्पस स्थापना हुँदाको अवस्थामा नै तोकिएको छ । प्रत्यर्थी क्याम्पसको वैधानिकता राष्ट्रिय शिक्षा समिति ऐन तथा नियमहरू, २०२८ तथा त्रिभुवन विश्व विद्यालय ऐन, २०२८ बमोजिम भएको छ । मलाई अवकाश दिएको समबन्धमा पुनरावेदन दिने व्यवस्था त्रि.वि.वि.विनियममा कुनै प्रकारको व्यवस्था नभएकोले अवकाश दिने गरी मिति ०४०।११।३० को निर्णय बदरभागी छ । निवेदिकालाई अवकाश दिनु पूर्व प्रतिवादको मौका दिनुपर्ने प्रत्यर्थी समितिले दिएको छैन निवेदिकालाई क्याम्पस प्रशासनप्रति सन्तोषजनक काम नगरेको भन्ने आरोप तथ्य सबूद प्रमाणबाट स्थापित छैन । निवेदिकालाई पदबाट बर्खास्त गर्दा प्रत्यर्थी समितिलाई कसरी कुन कानुन बमोजिम अधिकार प्रदान भएको हो केही अभिव्यक्ति हुन सकेको छैन । अतः त्यस्तो कानुनी त्रुटिपूर्ण मिति ०४०।११।३० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदन । ३. विपक्षीहरूबाट लिखिन जवाफ झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको मिति ०४१।२।३१ को आदेश । ४. दमक क्याम्पस सञ्चालक समितिको निर्णयबाट गठन गरिएको उप–समितिले मिति ०४०।१०।१८।४ मा अध्यक्ष सञ्चालक समितिलाई सम्बोधन गरी प्रस्तुत गरेको प्रतिवेदनमा विपक्षी रिट