निर्णय नं. ७०६९ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६९ - जवर्जस्ती करणी भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५९/०४/२३ ४११७ निर्णय नं. ७०६९ ने.का.प.२०५९ अङ्क ३/४ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५८ सालको फौ.पु.ई.नं. – १५, १६ फैसला मितिः २०५९।४।२३।५ मुद्दा :– जवर्जस्ती करणी । पुनरावेदक/वादीः रीता श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जि.मोरङ हरैचा गा.वि.स.बस्ने रामप्रसाद श्रेष्ठ पुनरावेदक/प्रतिवादीः ऐ.ऐ. बस्ने रामप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी/वादीः रीता श्रेष्ठको जाहेरीले श्री ५ को सरकार § ज्यान मार्ने, चोरी र करणी गर्ने गर्न लाउने व्यक्ति स्वयं नावालक रहेको अवस्थामा मात्र संरक्षक वा हकवाला नभए उसैको मात्र कागज गरे गराए पनि त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्ने देखिन्छ । तर त्यस्तो अपराध गर्ने गर्न लाउने बाहेकका अन्य नावालकका हकमा भने संरक्षक वा हकवाला नराखी गरे गराएको कागजले कानूनी मान्यता नपाउने । § पीडित नावालिकाको कागज गराउंदा अनिवार्य रुपमा हकवाला वा संरक्षक राखी कागज गराएको भए मात्र त्यस्ता कागजले कानूनी मान्यता प्राप्त गर्ने । § आमा बाबु कोसंग साथमा बसेको १६ वर्ष नपुगेको नावालकको हकमा आमा बाबुलाई नै संरक्षक वा हकवाला मान्नुपर्ने । § जाहेरवाली पीडितको आमा बाबु मध्ये संरक्षक आमा हुंदाहुंदै वडा अध्यक्ष संरक्षक भै जाहेरी दरखास्त दिनुपर्ने कारण मिसिल संलग्न कागजातबाट खुल्न नआउने । § कानूनले तोकिदिएको नाताको मानिस संरक्षक नबसी उनाउ मानिस वडा अध्यक्ष संरक्षक बसेकोमा कानूनले मान्यता प्राप्त गर्न नसक्ने । § साइकल चढ्ने मानिसको पनि Hymen Rupture हुन सक्ने अवस्था भएबाट करणी भन्न पनि नसकिने हुंदा सो Hymen Rupture भएको लाई नै बलियो आधार प्रमाण मान्न मिल्ने नदेखिने । § आमा घरमा नै हुंदाहुंदै छोरीलाई नै जवर्जस्ती करणी गर्नुपर्ने आवश्यकता एवं अवस्था पनि असामान्य नै मान्नु पर्ने स्थितिमा प्रतिवादीले पीडितलाई जवर्जस्ती करणी गरेको ठहर गर्न पर्याप्त प्रमाण समेत भएको अवस्था नदेखिने । (प्र.नं. २३ र २४) पुनरावेदक वादी तर्फबाटः विद्वान का.मु नायव महान्यायाधिवक्ता श्री कृष्णप्रसाद प्रसाई प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री वगला रेग्मी, श्री वीरेन्द्रप्रसाद जयसवाल तथा श्री रामप्रसाद अर्याल अवलम्वित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः यस अदालत संयुक्त इजलासको मिति २०५८।२।११ को फैसलामा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ:– २. मेरा बाबु रामप्रसाद श्रेष्ठले मलाई २०५३।१२।१०, ०५४ साल श्रावणको पहिलो हप्ता तथा ०५४।४।३० का दिन समेत घरमा अन्य मानिस नभएको मौका पारी कोठामा लडाई जवर्जस्ती करणी गर्नु भएको सो कुरा अन्यत्र भनिस् कराइस् भने मारी दिन्छु भनि डरत्रास देखाएको निजको कार्य मलाई सहन नभई भागी गाउंलेको सहारा लिई जाहेर गर्न आएकी छु, कानून बमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मिति ०५४।५।४ को घटनास्थल मुचुल्का मिसिल सामेल रहेको । ४. मिति २०५४।५।४ को प्रतिवादीको शारीरिक परीक्षण गरेको प्राथमिक स्वास्थ्य केन्द्र हरैचाको पत्र । ५. म आफ्नो श्रीमतीसंग मनमोटाव भएको कारण संतुष्टि नभएर बेला बेलामा उत्तेजित भई