निर्णय नं. २४५६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४५६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/११ २२०९ निर्णय नं. २४५६ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १५७५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.नवलपरासी नरसहि गा.पं.वा.नं.५ सानोजालीही घर भै भैरहवा गुठी तहसिल तथा खर्च कार्यालय गुठी संस्थानको अर्दली श्याम नारायण चौधरी । विरुद्ध विपक्षी : जि.काठमाडौं रामशाहपथ स्थित गुठी संस्थानका अध्यक्ष श्री विष्णु प्रसाद खनाल । ऐ.संस्थानका अधिकृत स्तर द्वितीय श्रेणी श्री बद्री प्रसाद काफ्ले । ऐ.संस्थानका प्रशासन शाखा अधिकृत श्री मधु प्रसाद वस्ताकोटी । गुठी संस्थान केन्द्रिय कार्यालय रामशाहपथ काठमाडौं । आदेश भएको मिति:२०४२।८।११।३ मा अभियोग किटान नगरी आधार समेत नखुलाई मागिएको प्रथम स्पष्टीकरणको आधारमा रिट निवेदकलाई उक्त विनियम अनुसार सजायँ प्रस्तावित गरी दोस्रो स्पष्टीकरण नै नलिई भविष्यमा संस्थानको नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय र सो निर्णयलाई सदर गरेको पुनरावेदन निर्णय समेतमा गुठी संस्थानले सेवा सम्बन्धी विनियमहरू, ०३४ को विनियम १०.८ को त्रुटि गरी निर्णय गरेको देखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः गुठी संस्थान केन्द्रीय कार्यालयको ०३९।१०।६ को निर्णय पर्चा र ०४१।५।१३ को पुनरावेदन निर्णय समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. म निवेदक गुठी संस्थान भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयमा कार्यरत स्थायी पदको अर्दली (पिउन) हुँ । म निवेदकलाई ०३९।१०।९।१ मा गुठी संस्थान केन्द्रीय कार्यालयको अधिकृत स्तर द्वितिय श्रेणीका बद्रीप्रसादको दस्तखत भएको प्रेषित पत्रबाट म निवेदकलाई गुठी संस्थान सेवा सम्बन्धी विनियम २०३४ को परिच्छेद १० विनियम ५ को उपविनियम ९ अनुसार भविष्यमा संस्थानको नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी ०३९।१०।६।५ मा निर्णय पर्चा गरी नोकरीबाट हटाइएको जानकारी पाएँ । अध्यक्षज्यू समक्ष पुनरावेदन गरेकोमा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहराई ०४१।५।१३ मा निर्णय भएको जारकारी पाएँ । ३. म निवेदकले रकम हिनामिना र संस्थानको हितविपरीत कामगरेको छैन । निवेदनलाई लगाइएको आरोप पुष्टी नभई गुठी संस्थान सेवा सम्बन्धी विनियमहरू, २०३४ को दफा ४, ४ एवं दफा १०.१ समेतको प्रत्यक्ष त्रुटि गरी उचित र पर्याप्त कारणको अभावमा विनियमको परिच्छेद १० को दफा १०.१, १०.२, १०.५, १०.८ एवं १०.११ को त्रुटि गरी निवेदकलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाउँदा अपनाउनु पर्ने सेवा सम्बन्धी विनियमको दफा १०.८ को कार्यविधि म निवेदकलाई हटाउँदा पालना गरेको छैन । म निवेदकसँग माग गरेको ०३८।६।१ को रकम असुली सम्बन्धी पत्र एवं ०३९।३।३१ को विनियम १–८ अनुसार किन कारवाही नगर्ने भनिएको पत्र सजायँ दिन पाउने अधिकारीले मागगरेको स्पष्टीकरण होइन । दफा १०.८(१) को पालना गरेको छैन । म निवेदकलाई अख्तियारवालाले हटाएको छैन । म निवेदकले दिएको पुनरावेदन उपर विनियमको दफा १०.११ को पालन भए नभएको पुनरावेदन निर्णय नक्कल प्राप्त ग