निर्णय नं. २४५७ - किल्ला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४५७ - किल्ला बदर भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०५/०९ २२७५ निर्णय नं. २४५७ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ७४० मुद्दा : किल्ला बदर । पुनरावेदक/वादी:जि.दोलखा बोच गा.पं.वा.नं.८ हालेलापुरी डाडा गा.पं.वा.नं. ६ बस्ने शेर बहादुर खत्री । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. वा.नं. ४ बस्ने नजर बहादुर तामाङ । फैसला भएको मिति :२०४२।५।९।१ मा विवादित जग्गाको किल्ला समेत भिडाई कानुनी प्रमाणको आधार लिई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभई मिलेको देखिँदा सदर हुने । (प्रकरण नं. ११) पुनरावेदक,वादी तर्फबाटः विद्वान अधिवक्ता श्री बलराम काफ्ले विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी शेरबहादुर खत्रीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षीले मसँग रु. ८०००।– लिई मिति ०३४।७।३० मा एककित्ता जग्गा राजीनामा पारित गरिदिएकोमा १ कित्ताको चलन गर्न दिएको अर्को किल्ला नमिलेको पूर्व मानबहादुर कार्कीको खेत साँध भनेको सो नभई पूर्व डम्बरबहादुर खड्काको साँध पश्चिम ठाडो बाटो भनेको सो नभई पश्चिम पानीको कुलो साँध दक्षिण मानबहादुर कार्कीको साँध सो नभई दक्षिण क.प.डम्बर खत्रीको साँध उत्तर दलबहादुर खत्रीको साँध यति ४ किल्ला भित्रको माटो मुरी ।३।१०। मध्ये माटो मुरी ।१।१० को काभ्रे भन्ने खेतमा मिति ०३९।९।१५ गते जग्गा चलन गर्न जाँदा नदिएकोले राजीनामा बमोजिम जग्गामा चलन गर्न दिनुहोस् भन्दा पूर्व, पश्चिम, दक्षिण किल्ला सच्याई पाउँ भन्नेतर्फ हदम्यादको व्यवस्था नहुँदा अ.बं. ३६ नं.बमोजिम फिराद गर्न आएको छु । उल्लिखित जग्गामा मलाई भोगचलन गर्न नदिई किल्ला फरक पारी लेखिदिएको विपक्षीलाई झिकाई नमिलेको १ कित्ता मध्ये पूर्व डम्बरबहादुरको साँध पश्चिम ठाडो बाटोको साँध दक्षिण मानबहादुरको साँध रजिष्ट्रेशनको १६ नं.बमोजिम गरी पूर्व डम्बरबहादुरको साँध पश्चिम पानीको कुलो साँध दक्षिण क.प.डम्बरबहादुर खत्रीको साँध कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३५।१२।५।१ को फिरादपत्र । ३. विपक्षी वादीलाई मैले मिति ०३४।७।३० मा पारित गरिदिएको लिखितमा लेखिएको दोश्रो कित्ताको जग्गा मैले दिएको नभई सो जग्गा अघि नै रतनबहादुरलाई बिक्री गरिसकेको राजीनामाको पहिलो किल्लाको माटो मुरी ।२ को जग्गा भाग ८०००।– मा राजीनामा गरीदिएको निज बहादुरसँग लिएका राजीनामा हेरी २ कित्ता जग्गा लेखी पारित गराउने गरी हाल छुट्टै माटो ।१।१० पूर्व उत्तर डम्बरबहादुरको साँधलाई मिलेन भिडेन भनी पश्चिम रतनबहादुरको साँध यति ४ किल्ला भित्रको जग्गालाई किल्ला मिलाई लिने खाने नियत गरेको हो । विपक्षले लिएको राजीनामाको उत्तर रतनबहादुरको साँधलाई मिलेन भिडेन भनी पश्चिम रतनबहादुरको साँधलाई उत्तर रतनबहादुरको साँध मिल्ने भनी मेरो छुट्टै जग्गामा दावी गर्नु झुठ्ठा दावी हो भन्ने समेत व्यहोराको मिति ०३६।२।२७ को प्रतिउत्तरपत्र । ४. वादीलाई राजीनामा पारित गरिदिएको लिखतको विवादग्रस्त जग्गा खेत झुक्याई राजीनामा गराएको जग्गा रतनबहादुरलाई बिक्री गरी सकेको भनी प्रतिवाद गर्न उक्त नक्शा गर्दा सो श्रीमती डोल्मु तामाङनीको जग्गा भनी न.नं. १२ लाई दे