निर्णय नं. ७०७० - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०७० - लागू औषध भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/०९/०५ ४३७२ निर्णय नं.७०७० ने.का.प.२०५९ अङ्क ३/४ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्बत २०५८ सालको फौ.पू.ई.नं.१७ देखि २२ फैसला मितिः २०५८।९।५।५ मुद्दाः लागू औषध । पुनरावेदक वादीः प्र.ना.उ.धीरेन्द्रकुमार देवानको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला बैतडी कलवन गा.वि.स.घर भै कन्चनपुर महेन्द्रनगर न.पा.वडा नं. २ बस्ने डम्बरबहादुर भन्ने किर्तिबहादुर चन्द समेत पुनरावेदक प्रतिवादीः कन्चनपुर जिल्ला महेन्द्रनगर न.पा.वडा नं.५ घर भै हाल कारागार शाखा कन्चनपुरमा थुनामा रहेको रतन दमाई विरुद्ध विपक्षी वादीः प्र.ना.उ. धीरेन्द्रकुमार देवान समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीःप्यूठान जिल्ला, नाराकोट गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि.का.म. न.पा.वडा नं.३३ बस्ने कमल पुरी विरुद्ध विपक्षी वादीः प्र.ना.उ.धीरेन्द्रकुमार देवान समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः वैतडी जिल्ला कलवन गा.वि.स.वडा नं. ८ घर भै हाल सदरखोर शाखा डिल्ली बजार काठमाडौंमा थुनामा रहेको डम्बरबहादुर भन्ने किर्तिबहादुर चन्द विरुद्ध विपक्षी वादीः प्र.ना.उ.धीरेन्द्रकुमार देवान समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावदेक प्रतिवादीः कन्चनपुर जिल्ला महेन्द्र नगर न.पा.वडा नं.५ घर भई हाल केन्द्रीय कारागार शाखा काठमाडौंमा थुनामा रहेको करविर सिं सावद विरुद्ध विपक्षी वादीः प्र.ना.उ. धीरेन्द्रकुमार देवान समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं ६ बौद्व घर भई हाल कारागार शाखा डिल्लीवजारमा थुनामा बस्ने रवीन्द्र कोइराला विरुद्ध विपक्षी वादीः प्र.ना.उ.धीरेन्द्रकुमार देवान समेतको प्रतिवेदनले श्री ५ को सरकार § ऐन कानूनको व्याख्या गर्दा समन्वयात्मक किसिमबाट गर्नुपर्ने भन्ने व्याख्याको मान्य सिद्वान्त हुनाले ऐनको व्याख्या गर्दा कार्यविधिगत पक्षलाई जटिल बनाउने र असामञ्जस्यपूर्ण हुने हिसावबाट व्याख्या गर्न नहुने । § ऐनको शव्दले स्पष्ट नबोलेको अवस्थामा पक्षको सुविधामा प्रतिकूल असर पर्ने ढंगले समेत व्याख्या गर्नु नहुने । § न्याय प्रशासन ऐनको दफा ९(१)(ख) को "दश वर्ष भन्दा बढी कैदको सजाय भएको" मुद्दा भन्ने वाक्यांशलाई व्यक्तिलाई दश वर्ष कैद भएको अवस्थामा यस्तो व्यक्तिको हकमा मात्र पुनरावेदन लाग्ने हो भनी व्यक्तिलाई भएको कैदलाई पुनरावेदनको मापदण्ड बनाउने हो भने कुनै मुद्दामा धेरै प्रतिवादीहरु भई कसैलाई १० वर्ष भन्दा बढी कैद सजाय ठहर भएको र कसैलाई १० वर्ष भन्दा कम कैद सजाय ठहर भएकोमा एकै मुद्दामा प्रतिवादीहरुले आफूलाई भएको सजायलाई हेरी १० वर्ष वा वढी कैद भएकाले पुनरावेदन गर्नुपर्ने र सो भन्दा मुनि कैद भएको प्रतिवादीले दोहोर्‍याई पाउं भन्ने निवेदन दिनुपर्ने । § अतः एउटा मुद्दामा कुनै प्रतिवादीलाई १० वर्ष भन्दा बढी कैदको सजाय भएको अवस्थामा १० वर्ष भन्दा कम कैद सजाय भएका प्रतिवादीहरुले समेत दफा ९(१)(ख) बमोजिम पुनरावेदन गर्नु पर्दछ भन्ने निष्कर्ष नै न्यायोचित तर्कसंगत र सुविधाजनक समेत हुने । § आफुले बोकी ल्याएको ब्यागमा लागु ओैषध भएको तथ्य थाहा थिएन भनी निजले आफ्नो अज्ञानता देखाए पनि कानून बमोजिम कसूर ठहरिने कार्यको अज्ञानतावाट सजांय