निर्णय नं. २४५९ - पर्चा बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४५९ - पर्चा बदर भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०५/३० २१६२ निर्णय नं. २४५९ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ६६६ मुद्दा : पर्चा बदर । पुनरावेदक/वादी:का.जि.का.नगर पंचायतवडा नं. १४ कालिमाटी बस्ने गुणराम प्रजापति । ऐ. बस्ने लतमाया प्रजापतिनी । विरुद्ध विपक्षी/प्रतिवादी : गुठी संस्थान अन्तर्गत काठमाडौं गुठी तहसिल कार्यालय भद्रकाली । का.जि.का.नगर पंचायतवडा नं.१२ मुसुम बहाल बस्ने लक्ष्मी नारायण प्रजापती । फैसला भएको मिति :२०४२।५।३०।१ मा घरबारी बापत राख्न सक्ने हदसम्मको जग्गा मोहीका नाममा दर्ता हुने निर्विवाद कानुनी व्यवस्था भएकोमा सो हद भित्रको जग्गालाई खण्डे गरी केही जग्गा मात्र वादी मोहीका नाममा दर्ता हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटि गरी गरेको देखिन आएकोले सो फैसला उल्टी हुने । (प्रकरण नं. १०) पुनरावेदक, वादी तर्फबाट:विद्वान अधिवक्ता श्री इच्छा हर्ष बज्राचार्य विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा पुनरावेदन जिकिर संक्षिप्तमा निम्न प्रकार छ : २. काठमाडौं गुठी तहसिल कार्यालयमा दर्ता भएको का.जि.त.गुठी ३४ नं.खेत रोपनी २।। को दुई रोपनी बारआनाको पहिलो मोही कुलनारायण र यसपछि लक्ष्मीनारायणको नाममा दर्ता भएको जग्गा हाम्रो लोग्ने बाबु कुलनारायणले जोती आई नापीमा समेत कालिमाटी गा.पं.वडा नं. १८(क) कि.नं. १० को रोपनी ३–०–२ को कित्ता ऐ. कि.नं. १० को रोपनी ०–४–० ठहर भई जग्गाधनि काठमाडौं गुठी त.ले गुठी भनी जनिएको जग्गा मध्ये आठआना बिक्री गरी २–८–२ जग्गा बाँकी रहन आई कुलनारायण मरी आजसम्म हामीले भोगी आएका छौं । नापीमा उजूर परेबाट जग्गाधनी गुठी संस्थान र मोही कुलनारायण प्रष्ट भयो । घर बनाई भोगी आएको जग्गा हो लक्ष्मीनारायणले हामीलाई थाहा नै नदिई विपक्षी कार्यालयले हामीलाई बुझ्दै नबुझी ३ खण्डको एक खण्ड हामीलाई छुट्याई दिने भनी २०३५।४।६ मा पर्चा गरेकोले हामी आमा छोरा ४ जना हकदार मध्ये आशाकाजी र बुद्धिनारायणको आधा बाहेक बाँकी हामी २ जनाको हक जाने गरी कानुन विपरीत ०३५।४।६ मा गु.त.का.को पर्चा बदर गरिपाउँ भन्ने समेत व्यहोराको गुणराम समेतको फिरादी । ३. लक्ष्मी नारायणले दिएको निवेदनको सिलसिलामा विपक्षीहरूको नाममा पठाएको म्याद २०३४।३।१७।६ मा वादीहरूको छोरा भाइ बुद्धिनारायणले बुझी लिई उपस्थित भई कागज गरिदिएको र गुणराम र लतमायाको नाममा पठाएको म्याद २०३५।३।२७ मा तामेल भई निजहरू उपस्थित हुन आएकोले ०३५।४।१३ मा टिप्पणी सदर बमोजिम जग्गाको खण्ड झुक्याई कित्ताकाट गरिदिएको देखिन आउँछ । सो अनुरुप समेत तय भइसकेको हुँदा उजूर खारेज हुनुपर्छ भन्ने गुठी तहसिल कार्यालयको प्रतिउत्तरपत्र । ४. कालिमाटी गा.पं.वडा नं. ८(क) कि.नं. १० र ११ दुवै कित्ता जग्गा म लक्ष्मीनारायणका नाममा दर्ता भई भोगी आएको कि.नं. ११ को जग्गामा विपक्षीहरूको घर भएकोले तहसिलबाट विपक्षीहरूलाई ३ भागको १ भाग दिने निर्णय गराई बाँकी हाल कि.नं. १९० मेरा नाममा १–१३–३ कायम भई दर्ता भएको हो दर्ता बदर बेगर पर्चा बदर हुन नसक्