निर्णय नं. २४६१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४६१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/०३ २३५८ निर्णय नं. २४६१ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं.२१६४ विषय : उत्प्रेषण । निवेदक :जिल्ला दाङ बिजौरी गा.पं.वडा नं.५ बस्ने वामदेव उपाध्याय । ऐ. बस्ने अशोक कुमार गौतम । विरुद्ध विपक्षी :उच्चस्तरीय समिति दाङ । जिल्ला साङ बिजौरी गा.पं.वडा नं.५ बस्ने कोकनी थारु । आदेश भएको मिति:२०४२।८।३।२ मा केवल सरजमीनका संधियारले बकेको आधारमा र विपक्षीले जग्गा कमाएँ भने बमोजिमको कित्ता चेक हुँदा मिल्न आएको देखिएकै आधारमा विपक्षीलाई मोहियानी कायम गरेको भू.सं.ऐन र नियमावलीको विपरीत हुनुको अलावा यस अदालतबाट भएको परमादेशको आदेश बमोजिमको काम कारवाही नगरी गरेको विपक्षी समितिको निर्णय कानुनसंगत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट :विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. जिल्ला दाङ विजौरी गा.पं.वडा नं.५(क) कि.नं.४६ को ज.वि. २–१६–१३ कि.नं. २०२ को ज.वि.१–१९–१२ र कि.नं.२६० को ज.वि.०–१२–७ का ज.ध.अशोककुमार गौतम र कि.नं.२०० को ज.वि.०–६–११ कि.नं.२८१ को ज.वि.०–१६–२ कि.नं.२९० को ज.वि.०–३–१८ र कि.नं.२९८ को ज.वि.०–१–९।। को ज.ध.निवेदक मध्येको वामदेव उपाध्याय हुँ नापीमा समेत फिल्डबुकमा हाम्रो नाम रहेको छ । र हामी आफैंले जोत भोग गरी आएका छौ विपक्षीले निवेदक वामदेवको नामको २–०–० विगहा जग्गा २०२९ सालदेखि धान तोरी अधिया बालीमा बुझाई कमाई आएको छु भनी हुचुवा अस्पष्ट र विवादास्पद उजूरी मिति २०३५।२।१ मा दिएको र २०३६।११।२० मा बयान समेत गरेकोमा निवेदक मध्येको अशोककुमारको दर्ता भोग समेतको उल्लिखित कि.नं.४६ को ज.वि.२–१६–१३ मध्ये उत्तरतर्फबाट ०–४–१ कि.नं.२०२ को ज.वि. १–१९–१२ मध्ये पूर्व दक्षिणबाट ०–२–१२ र दक्षिण पश्चिमबाट ०–२–१२ कि.नं.२६० को ज.वि.०–१२–७ पूरै र निवेदक मध्येको वामदेवको दर्ता भोग समेतको उल्लिखित कि.नं.२८० को ०–६–११ मध्ये पूर्वतर्फबाट ०–०–८ कि.नं.२८१ को ज.वि.०–१६–२ मध्ये पश्चिमतर्फबाट ०–३–१६ कि.नं.२६० को ज.वि.०–३–१८ र कि.नं. २९८ को ज.वि.०–१–९।। पूरै विपक्षीको मोहियानीमा दर्ता गरी दिने विपक्षीको २०४०।५।१६ को निर्णयमा चित्त बुझेन भनी हामीहरूको यस सम्मानीत अदालतमा निवेदन पर्दा उक्त विपक्षी कार्यालयको निर्णय भूमिसम्बन्धी नियमावली, २०२१ को रीत नपुर्‍याई भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुन्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत भई गएकोमा पुनः कारवाही हुँदा विवादित कित्ता जग्गाको पुनः मोहियानी विपक्षीलाई नै कायम गर्ने गरेको विपक्षी कार्यालयको मिति ०४१।१०।५ को निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ, भनी उल्लेख गरेको छु : ३. विपक्षी समितिले २०३५।२।१ को उजूरी र २०३६।१२।६ को बयान बमोजिम आफूलाई भूमिसम्बन्धी ऐनको दफा ५३ बमोजिम उत्तराधिकारी ठानी निर्णय ठहर गर्न मिल्ने होइन किनकी भूमिसम्बन्धी ऐनको दफा २५(क) द्वारा दायित्व भएमा विपक्षी समिति ऐ. दफा ५२ बमोजिमको अधिकारी ठान्न मिल्ने होइन । विपक्षीले मोहियानी कायम गरिपाउँ भनी दिएको उजूरीमा सम्बन्धित