निर्णय नं. २४६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४६२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/०३ २३०८ निर्णय नं. २४६२ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि.नं. २२९६ विषय : उत्प्रेषण । निवेदक : जि.दाङ हेकूलो गा.पं.वा.नं.७ बस्ने जगवीर राउत । विरुद्ध विपक्षी :उच्चस्तरीय समिति दाङ तुल्सीपुर । जि.दाङ हेकूलो गा.पं.वा.नं.७ मनिकापुर बस्ने खिल्लत बहादुर खत्री । आदेश भएको मिति:२०४२।८।३।२ मा कति घरबारीको लागि जग्गा छुट्याए बेश हुन्छ भनी विपक्षी समितिले तोक्न सक्ने भन्ने अधिकार प्राप्त गरेको नपाइने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ताश्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट :विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. विपक्षी उच्चस्तरीय समितिले मिति ०४०।५।१३ मा विपक्षीलाई मेरो १–८–१७ जग्गामा मोहियानी कायम ठहर्याएको निर्र्णय उपर मैले यस सम्मानीत सर्वोच्च अदालतमा निवेदन गर्दा सो निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णय गर्नु भनी परमादेश समेत जारी भई गएकोमा पुनः निर्णय गरी आए विपक्षी समितिले अमिन खटाई बुझिएकोमा मैले २ कठ्ठा जग्गा ज्ञानबहादुर वलीलाई दिई बाँकी रहेको मेरो जग्गा १–९–७– को माँझमा मेरो घर पर्दछ भन्ने अमिनले नक्शा प्रतिवेदन दाखिल गरेकोले कि.नं.४७० को मेरो नामको जग्गा मध्ये घरले चर्चेको ०–२–१० बाहेक गरी ज.वि.१–८–१७– धुर मोही कायम हुने ठहर्छ भनी विपक्षी समितिले २०४१।१०।२४ मा गरेको फैसला निम्न लेखिएबमोजिम गैरकानुनी हुँदा बदर योग्य छ भन्ने उल्लेख गरेको । ३. जिकिर : विपक्षी समितिले गरेको नक्शा मुचुल्कामा विवादित जग्गामा मेरो घर उरिम गोठ छ भन्ने प्रष्ट खुलेको छ मैले २ कठ्ठा जग्गा यज्ञबहादुरलाई दिई बाँकी रहेको १–९–१७– जग्गाको माँझमा नै मेरो घर छ यसरी विपक्षीले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी तजविजले घरबारीलाई भनी ०–२–१० छुट्याइएकोमा अ.बं.३५ नं.ले बदरभागी छ विपक्षी खिल्लतबहादुरले मेरो जग्गामा मोहियानी दावी गर्दा निजले मोहीमा कति जग्गा कमाएको छ सो हेरिनु पर्दथ्यो सो हेरिएन । विपक्षीले मोहीमा ४ विगहा भन्दा बढी जग्गा कमाएकोले भूमिसम्बन्धी ऐनको दफा ८ को प्रष्ट विपरीत छ । मोहियानी ठहर गरेको जग्गा मेरो घरबारीको जग्गा हो भन्ने प्रष्ट भई सकेपछि घरबारीमा मोही लगाउन नपाउनेमा विपक्षी समितिले मोहियानी कायम गरेको पूर्ण रुपमा गैरकानुनी छ अतः विपक्षी समितिले माथि लेखिए बमोजिमको कानुनी त्रुटि गरी गरेको फैसलाले निवेदकको संवैधानिक हक हितमा असर परेको र अन्य उपचारको अभावमा संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारीगरी उक्त विपक्षी समितिको मिति ०४१।१०।२४ को निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश । ५. ०३१ सालदेखि मोहीमा जोती आएको जग्गाको केही भागमा घर बकस गराई मोहीलाई हकबाट वञ्चित गराई पुरै कित्ता घरबासमा परिणत गर्ने प्रयास गरेको देखिन आएको र उसमा पनि निजको वारिसको रोहवरमा भएको नक्शा मुचुल्काबाट निजको घरले चर्चेको जि.वि.०–२–१० बाहेक अन्य जग्गामा मोह