निर्णय नं. ७०७३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०७३ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/०२/१६ ३५५७ निर्णय न. ७०७३ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५६ सालको रिट.नं..... ४१९८ आदेश मितिः २०५८।२।१६।३ विषयः– उत्प्रेषण समेत । निवेदकः का.जि.का.म.न.पा वडानं. १६ वस्ने कुमार श्रेष्ठ विरुद्व विपक्षीः काठमाडौं जिल्ला का.म.न.पा. ठमेलस्थित अल्टीमेट डिसेन्ट प्रा.लि. समेत § ऐनको कुनै दफाले कुनै खास शव्द वा शव्दावलीको परिभाषा गर्दछ भने त्यहि अर्थमा प्रयोग गर्नुपर्ने । § श्रम ऐनको दफा १४ एकवर्षको अविच्छिन्न सेवाको परिभाषा गर्ने दफा भएको र दफा ५३ को व्यवस्था कार्यविधि व्यवस्थित गर्ने सिलसिलामा स्थायी वा एकवर्ष अविच्छिन्न सेवा गरेको भन्ने सामान्य अर्थवोधक दफा भएकोले दफा १४ ले गरेको विशेष परिभाषालाई अन्यथा अर्थ गर्न नमिल्ने । § सामान्य व्यवस्थाले विशेष व्यवस्थालाई Override गर्ने नभई विशेष व्यवस्थाले सामान्य अर्थलाई Override गर्दछ भन्ने कानून व्याख्याको सिद्धान्त हो । (प्र.नं.११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री रमेश वडाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री जनक अधिकारी, विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी. अवलम्वित नजिरः आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतमा दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. विपक्षी प्रतिष्ठान (कम्पनी) मा निवेदकलाई २०५३।११।१ मा नियुक्ति दिएपछि आफ्नो दायित्व निर्वाह गर्दै आएकोमा विपक्षी व्यवस्थापकले २०५४।९।१० मा सेवावाट हटाएको पत्र दिएको हुनाले सो निर्णय उपर मैले श्रम अदालत समक्ष पुनरावेदन दर्ता गराएको थिएं । श्रम अदालतले मलाई पुनर्वहाली नगरी पुनरावेदन नै खारेज गरियो । निवेदक २०५३।११।१ देखि अस्थायी सेवामा नियुक्ति भई २०५४।९।१० बाट अवकाश पाएको देखिई स्थायी भइसकेको नदेखिंदा एकवर्षको अवछिन्न सेवा पूरा गरेको भए मात्र निजले श्रम ऐन, २०४८ को दफा ५३ को संरक्षण पाउने, एक वर्ष अविच्छिन्न सेवा गरेको मान्न नमिल्ने भन्ने आधारमा पुनरावेदन खारेज गरिएको रहेछ । ३. कुनै पनि कामदार वा श्रमिकलाई सेवावाटमुक्त गर्दा कानूनसंगत तरिकाले मात्र गर्न सकिन्छ । मलाई स्पष्टिकरण समेत माग नगरी सेवावाट अन्त गरिएको श्रम ऐन, २०४८ को दफा ५३ विपरीत भएको छ । मलाई आरोप लगाई पदवाट निष्काशन गर्दा आफ्नो भनाई राख्न पाउने अधिकारवाट वंचित गरी प्राकृतिक न्यायको उल्लंघन भएको छ । मलाई सेवावाट हटाउँदा दिएको पत्रमा कुन ऐनको कुन दफा विपरीत काम भएको हो ? प्रष्ट देखाउन सकेको छैन । विपक्षी प्रतिष्ठानको कामदार तथा कर्मचारीहरुको सेवाशर्त र सुविधा सम्वन्धी विनियम, २०५३ को नियम ५.२ (क) र ५.२ (ग) मा श्रम ऐन वा नियमावलीमा उल्लेख भए वमोजिम खराव आचरण मानिने कुनै काम गरेमा र कुनै खराव आचरण गरे वापत दुईपटक सजाय पाइसकेपछि पुनः त्यस्तो खराव आचरण गर्ने कामदार वा कर्मचारीलाई मात्र सेवावाट हटाउन सकिने प्रावधान छ । श्रम ऐन २०४८ को दफा ५१ को खण्ड (क) वा (ङ) को आचरण गरेको भनि आरोप नलागेको अवस्थामा अन्य नयाँ सिर्जित आरोप लगाइएको र त्यसको सुनवाईको मौका समेत प्रदान नगरी गरिएको निर्णय गैरकानूनी छ । श्रम ऐन, २०४८ को दफा ४(२) मा कुनै कामदार वा कर्मचारीले कुनै प्रतिष्ठानमा वाह्र महिनाको अवधि भएमा वा २४० दिन काम गरेको भएमा एकवर्ष