निर्णय नं. २४६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४६३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०६/३० २१४० निर्णय नं. २४६३ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं.११७८ विषय : उत्प्रेषण । निवेदक : जि.पर्सा वि.नगर पंचायतवडा नं.७ स्थित चाचान कन्टीनेन्टल इन्टरप्राइजेज वीरगन्जको प्रो.मोहनलाल अग्रवाल । विरुद्ध विपक्षी :श्री ५ को सरकार, कर कार्यालय, वीरगन्ज । महानिर्देशक,कर विभाग,काठमाडौं। श्री ५ को सरकार,अर्थ मन्त्रालय । आदेश भएको मिति:२०४२।६।३०।४ मा अघि आय निर्धारण गरी त्यसको २०% को दरले कर लगाएकोमा पछि पुनः कर निर्धारण गर्दा २५% को दरले हिसाव गरी कर निर्धारण गरेको यस्तो कुरा गणितको भूल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनौडिया विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन जिकिर यसप्रकार छन् । २. मैले उक्त फर्मको आ.व.०३७।३८ को आय विवरण भरी पेश गरेकोमा मिति ०३९।१२।३० को निर्णय पर्चाबाट खुद आय रु.४८०११७।६२ कायम गरी त्यसमा कर तथा जरिवाना समेत रु.२१४३२३।८१ निर्धारण भई त्यसमा अग्रीम कट्टी रु.२४७०।– कटाई बाँकी रु.२११८५३।८१ दाखेल गर्नु भन्ने पत्र अनुसार दाखेल गरेपछि मिति ०४०।८।२१ मा पुनः कर निर्धारण गरी खुद आय रु.५८३२८६।६० कायम गरी त्यसको कर रु.२६५८९३।३३ कायम गरी अग्रीम रु.२११८३८।८१ कटाई बाँकी रु.५१५८४।५२ दाखेल गर्नु भन्ने उल्लेख भएकोमा चित्त नबुझी आयकर ऐन (संशोधनसहित) को दफा ३४(२) बमोजिम कर विभागमा निवेदन दिएको थिएँ, कर कार्यालयबाट ०४१।३।१५।५ मा प्राप्त हुने आएको पत्रमा कर विभागमा पुनरावेदन गर्नु भएकोमा ०४०।११।१९ को यस कार्यालयको पत्रानुसारको निर्णय मनासिव भएकोले बाँकी करको रकम ७ दिनभित्र दाखेल गर्नु भनेकोमा सो पत्र प्राप्त भएको छैन । अतः ०३९।१२।३० मा खुद आय सम्बन्धमा पर्चा खडा गरी कर निर्धारण समेत गरी पठाएकोमा गणित सम्बन्धी भुल भनी पुनः संशोधन गरी खुद आय र कर समेत बढाई कर निर्धारण गरेको बेरित तथा गैरकानुनी हुँदा आयकर ऐन (संशोधनसहित) को दफा ५५(१) ले बदरभागी छ । यसरी पहिलेको कर निर्धारण आदेश सच्याउन परेमा कारण खोली पर्चा खडा गरी करदातालाई सो सम्बन्धमा लिखित सूचना दिनुपर्ने व्यवस्था दफा ५५(३) मा भएको स्पष्ट छ । सो बमोजिम नगरी गैरकानुनी तथा संविधानको धारा १०(१) धारा १५ तथा ५८ समेतबाट प्रदत्त मौलिक हक समेतबाट वञ्चित गरेको हुँदा विपक्षीबाट भए गरेको मिति ०४०।६।१९ को निर्णय ०४०।६।२४ को परिपत्र समेत ०४०।११।१९ को निर्णय ०४०।२।१७ को सूचना र ०४०।८।२१ र ०४०।२।१७ को निर्णय र ०४०।८।२१।४ को निर्धारण आदेश समेत बदर गरी बढी असूल गरेको रकम समेत निवेदकलाई फिर्ता दिनु भनी विपक्षहरूको नाउँमा चाहिने व्यहोराको आदेश पुर्जी वा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने व्यहोराको रिट निवेदकको निवेदन जिकिर । ३. विपक्षहरूबाट लिखिन जवाफ मगाई प्राप्त भएपछि पेश गर्नु भन्ने यस अदालतका सिंगल बेञ्जको आदेश । ४. कर कार्यालय नारायणी अञ्चल वीरगन्ज समेतले निवेदकलाई कर निर्धारण गरेको आदेश अन्तिम टुङ्गो नलागुन्जेलसम्म उक्त निर्णय पर्चा तथा आदेश समेत कार्यान्वीन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संशोधनसहित) को नियमावली, २०२१ को नियम ५८(