निर्णय नं. २४६४ - बन्दी–प्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४६४ - बन्दी–प्रत्यक्षीकरण भाग: २९ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०६/२८ २२८५ निर्णय नं. २४६४ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं.१५७१ विषय : बन्दी–प्रत्यक्षीकरण । निवेदक :ताजुदिन मियाँ अन्सारी । अब्दुल मियां अन्सारी । समेतको हकमा संसुदिन मियां अन्सारी । विरुद्ध विपक्षी :डि.एस.पी. कार्यालय हनुमान ढोका । आदेश भएको मिति:२०४२।६।२८।२ मा थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्ने आदेश कानुन अनुरुप नहुँदा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदकहरूलाई मुक्त गरिदिनु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लिखित मुद्दा :निवेदक ऋषिकेश शाहको हकमा सिद्धान्त राज्यलक्ष्मी शाह विरुद्ध बागमती अञ्चलको मुख्य अञ्चलाधिश समेत भएको बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने रि.नं.१८ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.बब्बरप्रसाद सिंहः. नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. निवेदकहरूको घर भारत विहार राज्यको चम्पारण जिल्लाको घोडासनमा भई काठमाडौंमा कामको खोजिमा एक साथ करिव डेढ वर्ष अघि आई नयाँ बानेश्वरको ट्रलि बस नजिकै डेरा गरी बसी मजदुरी गरी रहेको । निवेदकहरूको घर रक्सौलबाट केही पूर्व घोडासनमा भएकोले महिना महिनामा अनुकूल अनुसार १।२ दिनको लागि घर जाने आउने गरी रहेकोले सोही सिलसिलामा ०४२ साल श्रावण ३२ गते काठमाडौंबाट रात्री बस सेवा चढी वीरगन्जतर्फ गएकोमा त्यसको भोलिपल्ट बिहान अन्दाजी ८ बजेको समयमा रक्सौलतर्फ गैरहेको अवस्थामा हामी दुवै जनालाई नाम नजानेका प्रहरीले अनायास वीरगञ्जमा पक्राउ गरी काठमाडौं ल्याई डि.एस.पी. कार्यालय हनुमान ढोकामा थुनी राखेकोले यसरी अनाधिकार कानुन विपरीत पक्राउ गरी थुनामा राखेको छ । ३. कुनै पनि व्यक्तिलाई जुनसुकै व्यहोराले थुनामा राख्दा पनि यो यस्तो अभियोगमा यस कानुनको यस दफा अनुसार थुनामा राखिएको हो भनी थुनामा राखिने व्यक्तिलाई कारण खोली पुर्जी नदिई थुनामा राख्न हुँदैन भनी अ.बं.१२१ नं. मा व्यवस्था भएकोमा निवेदकहरूलाई पक्राउ गरेको २५ दिन बिती सक्दा पनि कुनै किसिमको पुर्जी दिने कार्य भएको छैन । नेपालको संविधानको धारा ११(६) ले कुनै गिरफ्तार भएको व्यक्तिलाई गिरफ्तार भएको कारण सहितको सूचना यथाशक्य चाडो नदिई थुनामा राखिने छैन भन्ने र ऐ. को उपधारा (७) ले गिरफ्तार गरिएको र थुनामा राखिएको प्रत्येक व्यक्तिलाई गिरफ्तार भएको ठाउँबाट बाटोको म्याद बाहेक चौविस घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्छ र कुनै पनि व्यक्तिलाई त्यस्ता अधिकारीको आदेशले बाहेक सो अवधि भन्दा बढी थुनामा राख्न हुँदैन भन्ने संवैधानिक व्यवस्था छ । निवेदकहरूले नेपालको कानुन विपरीत कुनै किसिमको काम कुरा समेत केही गरेको छैन तसर्थ नेपालको संविधानको धारा ११(१), ११(३), ११ (६), ११(७) समेतको संवैधानिक व्यवस्था समेत बर्खिलाफ हुने गरी निवेदकको वैयक्तिक स्वतन्त्रताको हकमा आघात पुर्‍याई अ.बं.१२१ नं.समेत प्रतिकूल गरी थुनामा राखिएकोले नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत विपक्षीको उल्लिखित गैरकानुनी काम कुराबाट उमुक्ति पाउनका लागि यो बन्दी–प्रत्यक्षीकरणको निवेदन गर्न आएका छौं । हामीहरूल