निर्णय नं. ७०७४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०७४ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/१०/१२ २४२३ निर्णय नं.७०७४ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री सुशिलासिंह सिलु संवत् २०५६ सालको रिट नम्वर..३२९५ आदेश मितिः२०५८।१०।१२।६ विषयः उत्प्रेषण । निवेदक : जि. पाल्पा रुप्से गा.वि.स.वडा नं. ४ अमराई घर भै हाल वा.अं. ल.पु.जि. ल.पु. उ.म.न.पा. वडा नं. ५ मानभवन वस्ने हरिवहादुर घर्ती मगर विरुद्ध प्रत्यर्थी : ललितपुर उप महानगरपालिका पुल्चोक, ललितपुर समेत § कुनै कर्मचारी जुन सेवाका हुन्छन निजहरुको नियुक्ति, वर्खास्ति र सो संग सम्बन्धित अन्य काम कारवाही समेत सोही सेवा संग सम्बन्धित ऐन नियमको आधारमा गर्नुपर्ने । § कर्मचारीलाई अर्को प्रकारका सेवाका कर्मचारीलाई लाग्ने ऐन नियम लगाई पदवाट अवकाश दिने लगायतका कार्य कानूनतः मिल्ने नदेखिने । § स्वायत्त संस्थामा काम गर्ने निवेदक कर्मचारीलाई श्री ५ को सरकारको निजामती सेवामा कार्य गर्ने कर्मचारीलाई लागु हुने निजामती सेवा ऐन एवं नियम समेतको आधारमा स्पष्टीकरण माग गर्ने लगायतका कारवाही गरी अवकाश दिने समेत गरेको ललितपुर उपमहानगरपालिकाको २०५६।४।७ को निर्णयानुसार भनि २०५६।४।१८ देखि लागु हुने भनि २०५६।४।१६ मा दिइएको अवकाश उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । निवेदकलाई पूर्ववत सेवामा राखी कामकाज गर्न दिनु भनि विपक्षी ललितपुर उप महानगरपालिकाका नाउंमा परमादेशको आदेश जारी हुने । (प्र.नं.६ र ७) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पुरेन्द्र अर्याल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली अवलम्वित नजिरः २०४८ सालको (उत्प्रेषण) रिट नं. १९६३ आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. निवेदक ०५३।११।२९ मा विपक्षी कार्यालयमा नियुक्ति पाई कामकाज गरिरहेकोमा ०५६।४।१८ गते नोकरीवाट हटाइएको मौखिक जानकारी दिइयो । सो पत्र ०५६।५।११ मा स्थायी ठेगानामा पठाई मेरो श्रीमतीले वुझी देख्ने मौका पाई पत्र हेर्दा ०५६।४।१६ को पत्रमा ०४६।४।७ को निर्णयानुसार भनि नि.से.ऐन, २०४९ को परिच्छेद ९ को दफा ६१(१) वमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी ०५६।४।१८ देखि लागु हुने गरी अवकाश दिइएको रहेछ । उक्त निर्णय यथार्थम कस्तो छ कस्ले निर्णय गरेको हो ? अधिकार प्राप्त अधिकारीले गरेको हो होइन ? कसको टिप्पणी तथा सिफारिशको आधारमा भएको हो ? पत्रमा खुल्दैन । नगरपालिका छुट्टै स्वायत्त संस्था भै सरकारी विभाग वा निकाय अन्तर्गतको कर्यालय नहुँदा नि.से.ऐन तथा नियम लागू गरी अवकाश दिन मिल्दैन । नगरपालिका स्थानीय स्वायत्तशासन ऐन, २०५५ बमोजिम संचालित हुन्छ । न.पा.ऐन, २०४८ एवं नियम स्थानीय स्वायत्त ऐनको दफा २६८ ले खारेज गरी सकेको छ । न.पा. अन्तर्गतका कर्मचारीलाई स्थानीय स्वायत्तशासन ऐन र सो अन्तर्गतको नियम विनियम अनुसार मात्र कारवाही गर्न सकिने हुन्छ । नि.से.ऐन, २०४९ प्रयोग गरी मलाई दिइएको अवकाश प्रथम दृष्टिमै वदरभागी छ । न.पा.ले मलाई सोधेको स्पष्टीकरणको मैले यथा समयमै भएको व्यहोरा खुलाई जवाफ दिएकै छु । आफूलाई ०५५।१२।२३ देखि व्यवसाय कर उठाउन पठाएकोमा व्यवसाय कर उठाउने कार्य इमान्दारीपूर्वक पुरा गरेको छु । पदिय दायित्वको पालना गर्दा असल नियतले गरेको छु । तसर्थः विपक्षी नगरपालिकाले ०५६।