निर्णय नं. २४६५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४६५ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/२७ २२९२ निर्णय नं. २४६५ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं.४५८, ४५९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: गण्डकी अञ्चल गोर्खा जिल्ला खरिकोट गा.पं.वडा नं. घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेकी वर्ष ५३ की छलिमाया पोख्रेल । ऐ.ऐ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको मुकुन्द प्रसाद पोख्रेल। विरुद्ध प्रत्यर्थी/वादी:खेचरनाथ धितालको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।८।२७।५ मा प्रमाणको अभावमा ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको हुँदा त्यति हदसम्म उल्टी हुने । (प्रकरण नं. २४) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री प्रेमनारायण बराल र विद्वान वैतनिक अधिवक्ता श्री रमेश विक्रम कार्की विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लिखित मुद्दा: शिवजी साहू तेली समेत विरुद्ध शान्त लालको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा स.अ.डि.वे.बाट सिद्धान्त प्रतिपादित भई ने.का.प.०४० पे.नं.२२२ मा प्रकाशित । फैसला न्या.बब्बरप्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४१।३।१८।१ का फैसला उपर दुवै थर प्र.हरूको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र निर्णय यसप्रकार छ । २. मुकुन्द प्रसादकी श्रीमती हिमादेवी पोखरेल मिति २०३८।३।२० देखि हराएकीले खोज्दै जाँदा हंसपुर गा.पं.अन्तर्गतको चेपे नदीको किनारमा निजको लाश देखी मुकुन्द प्रसादलाई प्रहरीमा जाहेर गर्नु होस् भन्दा निजले वास्तै नगरेकोले म मृतकको काका नाता पर्ने हुँदा जाहेर गर्न आएको छु । मृतकको मुखमा ठाउँ ठाउँमा निल परेकोले कर्तव्यबाट मृत्यु भएको शंका लाग्छ अनुसन्धान गरी छानबीन गरिपाउँ भन्ने समेत व्यहोराको खेचरनाथ धितालको मिति २०३८।३।२३ को जाहेरी । ३. लाशको विभिन्न ठाउँमा घोचे जस्तो घाउ भएको र लाश सडी गली पोष्मार्टमको लागि अस्पताल लैजान नसक्ने अवस्थाको भएको भन्ने समेत व्यहोराको मिति २०३८।३।२५को लाश प्रकृति मुचुल्का । ४. मेरो बाबुको मामाको छोरी छलि मायासँग साझेदारीमा दुकान चलाएको थिएँ । निज दिदीसँग मेरो अनुचित सम्बन्ध छ भन्ने कुरामा हिमादेवीले शंका गरेकी थिई ।२०३८।३।१९ गते बेलुका खाना खाई सके पछि म दोकान घरमा गएँ । दोकान घरको बाहिरपट्टी हिमादेवी आएकी रहेछ । नछुनी नबारेको कुरा सोद्धा बोलिन र रिसले मैले मार्तोलले कन्चेटमा हाने दिदी छलिमायाले घाँटी र मुख थिच्ने काम गर्नु भयो । निज मरेपछि लाश डोकामा हाली बोकेर केही बाटोसम्म दिदी पनि जानु भयो र फर्कनु भयो । त्यसपछि लाश र डोको चेपे नदीमा बगाई दिएँ भन्ने समेत व्यहोराको मिति २०३८।४।५ को मुकुन्द प्रसाद पोखरेलको प्रहरीमा भएको बयान कागज । ५. मुकुन्दको र मेरो बीचमा अनुचित सम्बन्ध छैन ।२०३८।३।१९ गते राती घœयाक घुत्रुड्ड आवाज सुनी आँगनमा आई हेर्दा मुकुन्द हात फु फु गर्दै बसेको र बुहारी घोप्टो परेको देखें के हो ? भन्दा मुकुन्दले मैले गल्ती गरें भन्दै लाशलाई देखायो । केही छिनपछि मुकुन्दले डोको ल्यायो मैले डोको समाती दिएँ । मुकुन्दले डोको बोकी गयो मैले हिमादेवीलाई मार्ने काममा कुनै सहयोग गरिन भन्ने समेत व्यहोराको छलिमायाको २