निर्णय नं. २४६६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४६६ - जग्गा खिचोला भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/३० २०७३ निर्णय नं. २४६६ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं.५१३ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी:जि.महोत्तरी एकडारावेला गा.पं.वार्ड नं.१ बस्ने रामेश्वर मिश्रको मु.स.गर्ने लक्ष्मण मिश्र मैथिल । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने रघुवीर ठाकुर मरी मु.स.गर्ने र आफ्ना हकमा समेत जदुवीर ठाकुर समेत । फैसला भएको मिति:२०४२।८।३० मा वादीबाट पेश भएको र प्रतिवादीले जिकिर लिएको प्रमाण निज प्रतिवादीले पेश गर्न नसकेको समेतबाट इन्साफ मनासिव हुने । (प्रकरण नं. १५) पुनरावेदक,वादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. महन्थको २ छोरा जदुवीरको पुस्तानी बसोबासको घडेरी जयदेव सो दक्षिण जदुनन्दनको दाज्यू शिवनन्दनको घर आँगन सो उत्तर रास्ता सो पश्चिम विकेश्वर राउत सो पूर्वको ऐलानी जग्गा विगहा ०–४–५ उत्तर मुखको घडेरी समेत ३०९५ मा जदुनन्दनले मलाई मिति २०००।११।२५ मा राजीनामा गरिदिएको र दाखेल खारेज गरी भोगचलन गरी आएको जग्गा घरमा मिति २०२७।७।२२ गतेदेखि प्रतिवादीहरूले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिरादपत्र । ३. वादीले देखाएको चौहद्दी भित्रको घडेरी जग्गा जदुनन्दनको नभई शिवनन्दन सोनारको जग्गा भएको सो जग्गा मैले मिति २००२।१।५ मा शिवनन्दनसँग खरीद गरी लिएको जग्गा हो । मैले भोगचलन गरी आएको छु । वादीले जाल प्रपन्च गरी झुठ्ठा हद देखाई नालेश गरेको हो भन्ने समेत प्रत्युत्तर । ४. खाली ऐलानी जग्गालाई अ.बं.८२ नं.ले हद देखाई नालेश उजूर गर्न नपाउने हुँदा फिरादबाट नै यो मुद्दा खारेज हुने ठहर्छ भन्ने म.जि.अ.को फैसला । ५. खारेज गरेको चित्त बुझेन भन्ने ज.पु.अं.अ.मा पुनरावेदन । ६. ऐलानी जग्गा हक नपुग्ने भन्ने शुरुको खारेजी फैसला बदर हुन्छ । पुनः सबूद प्रमाण बुझि इन्साफ तहकिकात गर्नु भन्ने समेत ज.पु.अं.अ.को ०३३।७।२९ को फैसला । ७. भई आएको नक्शा समेतबाट वादी दावी बमोजिम वादीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने शुरु म.जि.अ.को ०३५।६।३ को फैसला । ८. प्र.चन्द्रशेखर ठाकुरको ज.पु.अं.अ.मा पुनरावेदन । ९. यसमा वादीले आफ्नो फिराद दावामै जनार्दन र रघुवीर समेतको जग्गा खिचोला मुद्दामा ०३५।८।५ गते अदालतबाट नक्शा हुँदा यो प्र.पुनरावेदकले मेरो भनी लेखाई जग्गा खिचोला गरेका भनेका । सो जग्गामा मेरो भनी लेखाएको मिति ०२५।८।५ बाट २ वर्ष भित्र वादीको उजूरी नभई सो मितिले फिराद दर्ता भएको मिति ०२७।८।१५ ले १० दिन म्याद नाघेपछि मात्र फिराद दायर हुन आएको देखिएकोले समेत वादी दावी खारेज हुने ठहर्छ भन्ने ज.पु.अं.अ.को ०३८।५।२८ को फैसला । १०. सो फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले निवेदन दिएकोमा मध्यमाञ्चल क्षेत्रीय अ.बाट पुनरावेदन गर्न अनुमति प्रदान भएको । ११. प्रतिवादीले खिचोला गरेको मिति ०२५।८।५ बाट २ वर्ष भित्र फिराद नगरी २०२७।८।१५ मा दर्ता गरेको देखिनाले म्याद नाघेपछि दर्ता गरेको फिराद दायर हुन नसक्ने हुनाले वादी दावा खारेज गर्ने गरेको ज.पु.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।२३।२ को फैसला ।