निर्णय नं. २४६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४६७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/२० २१२९ निर्णय नं. २४६७ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं.१६३५ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.नगर पंचायतवडा नं.७ सिफल बस्ने ऋषिकेश पौड्याल । विरुद्ध विपक्षी :श्री ५ को सरकार, मं.प.सचिवालय काठमाडौं । श्री कोशी अञ्चलाधीश,अं.का.कोशी । आदेश भएको मिति:२०४२।८।२०।५ मा जहाँसम्म भन्सार कार्यालयबाट कपडाहरू छुटी सकेपछि पक्राउ परेको भन्ने सम्बन्धका तथ्यगत प्रश्न छन् त्यसतर्फ यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गरी हेर्न नपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री सीताराम तिवारी विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाः X आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६, ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदक भान्टावारी छोटी भन्सार कार्यालय सुनसरीमा ना.सु.(हाकीम) पदमा कामकाज गर्दै आएकोमा २०४०।२।१२ गते पार्टिको तर्फबाट प्रज्ञापन पत्रमा उल्लेख गरे अनुसार नै रहेको कपडा जाँची बुझी अन्य सहयोगीहरूले पनि जाँची नियमानुसार भन्सार दस्तूर बुझी सामान (कपडाहरू) पास गरेको सिलसिलामा म उपर भ्रष्टाचार गरेको भनी थुनामा राखी कारवाही गरी नि.से.नि.२०२१ को १०.६(७) को अभियोगमा सोही नियमको १०.१(६) अनुसार भविष्यमा सरकारी नोकरीको निम्ति अयोग्य ठहरिने गरी कोशी अञ्चलाधिशको कार्यालयबाट २०४०।३।१२ मा निर्णय गरिएको थियो । सो निर्णय उपर श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालयमा पुनरावेदन गरेकोमा शुरु कोशी अञ्चलाधिश कार्यालयको निर्णय मनासिव ठहर्याई २०४१।५।२१ मा निर्णय भएको जानकारी २०४१।७।१४ मा निवेदकले प्राप्त गरेको थिएँ । उक्त निर्णय समेत उपर सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु । ३. रु.४,२३,५४९।– मूल्यको कपडाहरूलाई रु.७५,९६०।– मूल्यको कायम गरी १२७६३।– मात्र भन्सार महशूल लिई ७०,७१४।५३ श्री ५ को सरकारको हुन आउने राजस्व घटी गरी नोक्सानी पुर्याएको भनी कोशी अञ्चलाधिशज्यूले म उपर लगाउनु भएको लिखित आरोप मिल्दो देखिँदैन किनभने पैठारी गरी भारतीय नं.बी.पी.ए. ८९८४ को ट्रकबाट भन्टावारी छोटी भन्सार कार्यालयमा ल्याएका सबै कपडाको विवरण परिमाण पार्टिका तर्फबाट प्रज्ञापन पत्रमा घोषित गरिएको र म निवेदक समेतले जाँच चेक गरी सकी छाडी दिएको ५० मिनेट पछि २० कि.मि.पर चिरौलिया थोकमा पक्रिएको हुँदा षडयन्त्रबाट निकै कपडा थपिएको हुँदा भन्सार महशूल नगरेको भन्ने आरोप म माथि स्थापित हुँदैन । लाही छोटी भन्सार तथा लौकी छोटी भन्सार कार्यालयको क्षेत्रबाट गुज्रदै चिरौलियामा पक्राउ परेकोबाट खुला भारतीय सीमानासँग विभिन्न सानो ठूलो कच्ची बाटो जोडिएको हुँदा हेरफेर हुनसक्ने बलियो सम्भावना रहन्छ । कब्जा भएको वस्तु भन्सार अधिकृत छेउ बुझाउन पर्नेमा जिल्ला कार्यालय सुनसरीमा दाखिल गरेको छ भनी लेखे तापनि प्रतिवेदकहरूले आफ्नै अधीनमा राखी ४ दिनपछि भन्सार कार्यालय रानीमा दाखिल गरेको छ । सो ढिलाईको कारण जनिएको छैन । २०४०।२।१२ मा समातिएका सामानको २०४०।२।१५ मा मात्र बरामदी मुचुल्का गराइएको छ । जुन अ.बं.१७२ नं. प्रतिकूल छ । मलाई २०४०।२।१७ मा बलपूर्वक रोहवरमा रहेको