निर्णय नं. ७०७६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०७६ - लेनदेन भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/११/०६ ५१७५ निर्णय नं.७०७६ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५५ सालको दे.पु.नं. .......४९८० फैसला मितिः २०५८।११।६।२ मुद्दाः– लेनदेन । पुनरावेदक/वादीः जि. मोरङ विराटनगर उप म.न.पा. वडा नं. १६ वस्ने कल्पना शर्मा बिरुद्व प्रत्यर्थी/प्रतिवादीः ऐ. ऐ. वडा नं. २ वस्ने तिलकप्रसाद अधिकारी समेत § लेनदेनको लिखत र करारको लिखतको प्रकृतिमा केही भिन्नता रहेकोले लेनदेन र करारलाई तदनुकूल वेग्ला वेग्लै कानूनको परिप्रेक्ष्यमा हेर्नुपर्ने । § करारीय लिखतमा लिखतको पक्षहरुको परस्परको हक दायित्वलाई लिखतको व्यहोरामा शर्त वन्देज खुलाई निश्चित गर्ने हुँदा करारका पक्षहरुको अभिप्राय सोही शर्त वन्देज अनुकूल हुने। § लिखतमा अभिव्यक्त करारीय पक्षहरुको अभिप्राय वाहिर गै त्यस्को सट्टा अड्डा अदालतबाट लेनदेन व्यवहारको वेग्लै विषयको कानून प्रयोग हुनु करार कानूनको मौलिक अवधारणा कै प्रतिकूल हुन जाने । § करारका पक्षहरुको अभिप्रायलाई प्रभाव दिनु अदालतको कर्तव्य हुन्छ र सो बाहेक लिखतको अभिप्राय बाहिर गै अदालतले आफ्नो सोचलाई प्रभावी बनाउन मिल्दैन । (प्र.नं. ९) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत विराटनगरको मिति २०५२।२।७ को फैसाल उपर वादीको पुनरावेदन परि आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा विवरण एवं ठहर यसप्रकार छ :– २. विपक्षीहरुको संयुक्त नाम दर्ताको मोरङ वि.न.उ.म.न.पा. वडा नं. २ कि.नं ३६० को ज.वि. ०–३–४ ऐ कि.नं. ७८५ को ज.वि. ०–१–१–११ १/२ ऐ कि.नं. ७८४ को ज.वि. ०–१–११ १/२ समेत ज.वि. ०–६–५ जग्गा मध्ये ०–४–० जग्गा विक्री गर्ने भनि भनेकाले म उक्त जग्गा खरिद गर्न मन्जुर भै ०–४–० जग्गा प्रतिकठ्ठा रु.६,९५,०००।– मोल कायम गरी २०५२।३।१ गते खरिद विक्री गर्ने दुवै पक्ष सहमती भै २०५२।३।१ गते रु.१,०१,०००।– उक्त जग्गाको वैना वापत लिई २०५२।४।७ मा पास गर्ने भाखा राखी विपक्षीहरु मध्यकै कुमार अधिकारकै स्वहस्ताक्षरले वैनाको कागज लेखी अन्य विपक्षीहरु समेतले सही गरी मलाई दिएको भाखामा चुक्ता मोल लिई विपक्षीहरु कहाँ जाँदा अहिले घरको कर क्लियरेन्स भएको छैन भन्ने वाहाना गरी फर्काइ पास गरी नदिएकाले वैनाको रु.१,०१,०००।– रुपैया समेत फिर्ता नदिएकोले लेनदेन व्यवहारको ६ नं. तथा ऐ को ४० नं. का आधारमा फिराद गर्न आएको छु । उक्त वैना रकम रु.१,०१,०००।– विपक्षीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत फिराद पत्र । ३. वादी दावी बमोजिमको मोल तय गरी लिन दिन मन्जुर भै २०५२।३।१ मा कागज गरी ऐ. श्रावण ७ मा पास गराउनु पर्ने सो भित्र गराउन वैना समेत खारेज हुने र हामीले उल्लेखित म्याद भित्र पास नगरी दिए वैनाको दोब्वर रकम दिनु पर्ने समेत दुवैथर राजीखुसी भै आए अनुसार तोकिएको शर्त नगरे सहनु पर्ने दायित्व समेत घोषण गरी दुवैपक्ष वीच भएको करार कागजको हकमा मुद्दा गर्नुपर्ने भए करार ऐन, २०२३ बमोजिम ३ महिना भित्र दायित्व पुरा गराउन किटान गरी दावी लिन सक्नु पर्ने हाम्रो कारणले पास नभएको भए शर्त वमोजिम वैना रकमको दोब्वर दावी नगरी विपक्षीकै कारणबाट शर्त बमोजिम भाखा भित्र पास गर्न नआई वैना स्वत खारेज भै सकेको प्रष्ट छ । करारमा करार ऐन, २०२३ आउनु पर्नेमा लेनदेनको दफा पक्रि बाटो विराई आएकोले फिराद खारेज गरी पाउँ । हामीले