निर्णय नं. २४६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४६८ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/३० २२७७ निर्णय नं. २४६८ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं.१७९६ विषय :उत्प्रेषण । निवेदक :जि.पर्सा श्रीसिया गा.पं.वार्ड नं.६ बस्ने हरिशाह कानू । विरुद्ध विपक्षी :भू.सु.का. पर्सा । ऐ.को भू.सु.अ. महन्थ झा । पर्सा जि. श्रीसिय गा.पं.वार्ड नं.१ बस्ने रामानन्द शाह कानू । आदेश भएको मिति:२०४२।८।३०।१ मा भोगबन्धकी लिएको नाताबाट भोग गरेको व्यक्तिलाई भोगबन्धकी निखनी सकेपछि सोही नाताबाट मोहियानी हक प्राप्त हुन्छ भनेर मान्न मिल्ने स्थिति नरहने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यसप्रकार रहेछ । २. रामऔतार शाह कानूको नामको पर्सा जि.श्रीसिया गा.पं.वार्ड नं.६ कि.नं.३ को ज.वि.०–४–३ स्व.पिता रामऔतारले विपक्षीलाई ०१९।२।३० मा भोगबन्धकी लिखत गरिदिनु भए पनि ०३८।२।३० मा फछ््र्योट भई हालसम्म मोहीको लगत कटाउन पर्नेमा नसकेको, मोहीको लगत कट्टा गरिपाउँ भन्ने विपक्षी रामानन्दको दर्खास्त परेकोमा २०१४ सालदेखि मोही भई जोतकोड गरी आएको हुँदा लगत कट्टा हुन नपर्ने भन्ने म निवेदकको लिखिन जवाफ परेकोमा भोगबन्धकीको नाताबाट मोही भई कमाएकोमा २ नं.मोही लगत प्रकाशन भई बदर नगराए पनि मोही नहुने भनी हरि शाह कानूको मोहीको लगत कट्टा हुने ठहर्छ भनी विपक्षी भू.सु.का.बाट निर्णय भएको निम्न लेखिए बमोजिम त्रुटिपूर्ण छ । ३. ०१४ सालदेखि मोही भई जोतकोड गरी आएकोमा ०१९ साल जेष्ठ ३० गते भोगबन्धकी लेखी दिनु भएको भन्ने समेत म निवेदकको पर्सा भू.सु.का.मा लिखिन जवाफ दिएको छु । भू.सु. ऐन प्रारम्भ हुन भन्दा अघि देखि जोतकोड गर्दै आएको हुँदा ऐनको दफा २५(१) ले म निवेदकलाई मोही हक प्राप्त गराएको छ । ०३८।२।३० मा भोगबन्धकी फछ््र्यौट भएपछि उसबेला मोही लगत कट्टा गराउन सक्नु भएको छैन । विपक्षी रमानन्दको पिता स्व.रामऔतारको नाउँको उक्त जग्गा भो.बं.मा लिनु भन्दा पहिले मैले जोतकोडमा रामानन्दले इन्कार गर्न सक्नु भएको छैन । भू.सु.अ.ले पनि सो खण्डन गर्न सक्नु भएको छैन । भो.बं.फछ्र्याैट भएपछि पनि ३ वर्ष जोतकोड गरेको हुनाले गोरे बिन्दुछेको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भो.बं.लिनुभन्दा अगाडि र थैली बुझी लिई सकेपछि कमाई आउनेको कमाउने हक समाप्त नहुने सिद्धान्त लागू हुन्छ । भू.सु.अ.ले आफ्नो निर्णयमा उल्लेख गर्नु भएको रि.नं.१०४१ शिवलाल निवेदक भू.प्र.का.ललितपुर भएको नजीर प्रस्तुत विषयसँग सम्बन्धित होइन। अतः भु.सु.का.पर्साको अनधिकृत मिति ०४१।९।११ को निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ४. यसमा विपक्षीहरूसँग लिखिन जवाफ मगाउने भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति ०४१।१०।१७ को आदेश । ५. भोगबन्धकीमा लिई जोतेको नाताले मोही हुन नसक्ने नजीर समेतको आधारमा मोही हुन नसक्ने ठहर्‍याएको हुँदा निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.पर्साको लिखिन जवाफ । ६. ०१४ सालदेखि जग्गा जोतेको भनी कुनै ठोस प्रमाण विपक्षीले पेश गर्न नसकेको हुँदा प्रमाणको अभावमा असत्य दावा लिई रिट निवेदन दिएको हुन