निर्णय नं. ७०७७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०७७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५९/०१/१० ३४७५ निर्णय नं.७०७७ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५६ सालको रि.नं. ..३७२४ आदेश मितिः २०५९।१।१०।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जाजरकोट जिल्ला खलंगा गा.वि.स. वडा नं. २ वस्ने भवानी शाह विरुद्व विपक्षीः मालपोत कार्यालय जाजरकोट खलंगा समेत § व्यक्ति विशेषको जग्गा कुनै कारणले सर्भे नाप जांच हुंदा त्यस्तो व्यक्तिले आफ्नो नाउंमा दर्ता गराउन सकेको रहेनछ र कानून वमोजिम छुट दर्ता गरी पाउन निवेदन दिएको रहेछ भने त्यस्तो जग्गा सम्वन्धमा सो को सवुद प्रमाण वुझी निजको हक भोगको देखिन आए कानून वमोजिम दर्ता गरी दिनु पर्ने दायित्व सम्वन्धित मालपोत कार्यालयको हुने । § कुनै जग्गा श्री ५ को सरकारको नाउंमा दर्ता भैसकेको कारणबाट व्यक्ति विशेषको नाउंमा दर्ता सच्याउने नीति नभएको भनी कानून वमोजिम गर्नुपर्ने दायित्व पुरा नगर्ने गरी गरेको सम्पूर्ण काम कारवाही र मालपोत विभागको (प्र.नं. ९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कुलदिपराज शाही विपक्षी तर्फबाटः विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री द्रोणप्रसाद रेग्मी अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :– २. साविक सनातन देखिको आवादी जग्गा विक्रम सम्वत् १९८९ सालको महाँ जांचमा जाजरकोट खलंगा कोट तालुकमा कटक शंसेर शाहका नाउँमा नाप जाँच दर्ता भएको मोठ नं. ६ को विज ।।२ को जग्गा हो । दर्तावाला कटक शंसेर शाहले ०७।८।२९ मा मेलालेको पानी जाने खोली देखि पूर्व आवादी ढिक जंगल देखि उत्तर फूलवारी मवारधी जंगल देखि पश्चिम विचारे जाने तेश्रो वाटो दक्षिण यति चार किल्ला भित्रको माना ।।२ तिरो ०–५ लागेको मोठ नं. ८६ को जग्गा सूर्यलाल उपाध्ययालाई वकसपत्र गरी दिई जोतभोग गरि आएको जग्गा सूर्यलालको मृत्यु पछि निजको छोराले मिति २०४४।२।११ मा मलाई राजीनामा गरी दिएको जग्गा मैले भोगचलन गरी आएको छु । नापी आउँदा मैले नाप जाँच गराई आफ्नो राजीनामा तिरो तिरेको र मोठ समेतका हकमा कागज प्रमाण देखाई नापी गराएको मेरो जग्गा जा.जि. खलंगा गा.वि.स. वडा नं. ३ जोताहाको महलमा वुटेन चार किल्ला लेखि भिट ३३६० मिटर ६–९–२–३ कायम गरी फिल्डवुक तयार भै मेरो नाउँमा नचडाई जग्गाधनी प्रमाणपुर्जा नपाएकोले छुट हुन गएको दर्ता गरी जग्गाधनी पुर्जा पाउन गा.वि.स.को सिफारिश, राजीनामा साविक मोठ नं. ८६ को उतार तिरो तिरेको रसिद समेत राखी विपक्षी मा.पो.का. जाजरकोट समक्ष २०५३।१२।२८ मा निवेदन गरेको थिएं । मेरो सम्पूर्ण सवुद प्रमाण वुझी स्थलगत जांचवुझ समेत गर्नुपर्ने सम्पूर्ण कार्य गरी कि.नं. २१० को जग्गा दर्ता गर्न छुटेको साविक सनातन देखिको दर्ता तिरो भोगचलनको जग्गा भएकोमा विवाद नभएको सवूद प्रमाणवाट म निवदकको हक दर्ता तिरो भोग चलनको जग्गा निवदकको नाउँमा दर्ता गरी दिनु पर्नेमा मा.पो.का. जाजरकोटको समितिले मिति २०५६।२।२१ मा जा.जि.ख.गा.वि.स. वडा नं. ३ को कि.नं. २१० को जग्गा साविक १९८९ सालको महाजांचमा मो.नं. ८६ दर्ता भएको र तिरो तिरी हकभोग गर्दै आएको देखिंदा नापी हुदाका वखत ०४५।०४६ सालमा दर्ता गराउन छुटेको प्रमाणहरुवाट देखिएको र राजीनामा रजिष्ट्रेशन पारित गर्दा दिएको ४ किल्ला र कि.नं. २१० को चार किल