निर्णय नं. ४७७७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७७७ - उत्प्रेषण समेत भाग: ३५ साल: २०५० महिना: मंसिर अंक: ८ फैसला मिति :२०५०/०६/०३ २५७१ निर्णय नं. ४७७७ ने.का.प. २०५० (ख) अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०४८ सालको रिट नं. १५४१ आदेश मिति: २०५०।६।३।१ निवेदक : जि. सुर्खेत विरेन्द्रनगर न.पा. वडा नं. ६ बस्ने वर्ष ५१ की नारायणी देवी पन्त । विरुद्ध विपक्षी : मालपोत कार्यालय, सुर्खेत, विरेन्द्रनगर समेत । विषय : उत्प्रेषण समेत । (१) ज.मि. को २ नं. र ज.प. को ८ नं. अनुसार नदी उकास जग्गा साविक दर्तावालाको जग्गा देखिएमा निजका नाउँमा दर्ता हुन सक्ने कानूनी प्रावधान रहँदा रहँदै कानूनी व्यवस्थालाई अन्यथा हुने गरी श्री ५ को सरकारले गरेको निर्णय र मालपोत विभागको परिपत्रले कानूनी रुप धारण गर्न सक्तैन । कानूनमा प्रष्ट व्यवस्था भएको अवस्थामा विभागीय परिपत्रको आधारमा निवेदन तामेलीमा राख्ने गरेको निर्णय कानून संगत नदेखिने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी आदेश न्या. केशव प्रसाद उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. २०१४ सालमा हरिलाल पन्तका नाउँमा दर्ता भएको जग्गा अंश वण्डाबाट आफ्नो भागमा परि २०३० सालमा नापी हुँदा कटुवा गा.प.वडानं. ३ कि.नं. २३, २६, ५२ मा जग्गा ज.वि. १–१८–४–४.५ को जग्गाको जग्गाधनी प्रमाण पूर्जा पाएको र बाँकी ज.वि. ०–१७–१.५ खोर्के खोला लागि लगत कट्टा भै दर्ता छूट हुन गएकोमा सो ठाउँमा हाल उक्त खोलाले छोडेको जग्गा सकार गरी दर्ता गराई तिरो बुझी जग्गा धनी प्रमाण पूर्जा समेत पाउँ भनी मेरा पति यज्ञ प्रसाद पन्तको हकमा छोरा शिव कुमार पन्तले मिति २०४२।५।२ मा हुलाकद्वारा रजिष्ट्री गरी विपक्षी मालपोत कार्यालयमा पठाएको निवेदन र सोही व्यहोराको मेरा पति यज्ञप्रसाद पन्तको मिति २०४२।५।१८ मा विपक्षी मालपोत कार्यालयमा निवेदन गरेकोमा सो कार्यालयबाट आवश्यक प्रमाण पेश गर्न मेरा पतिलाई पत्र पठाएकोमा पति परलोक भै सक्नु भएकोले निजको हक खाने म निवेदिकाले हक सकारी प्रमाण पेश गरेको थिए । सो निवेदन सम्बन्धी कारवाहीमा पतिको मृत्यु भै सकेकोले श्रीमतीले निवेदन दिंदा सकार भएको साविक कि.नं. ६४ मध्ये १–१०–४.५ दर्ता भै बाँकी जग्गा लगत कट्टा भएको र लगत कट्टा भै फिल्डबुक कायम नभएको अवस्थामा साविक नम्बरी जग्गावालाको आफ्नो जग्गा कायम गर्न उजुर दावी गर्नु पर्नेमा म्याद नघाई निवेदन गरेको देखिने र मालपोत ऐन तथा श्री ५ को सरकारको मिति २०३६।१२।१२ को निर्णय र मालपोत विभागको निर्देशन बमोजिम जग्गा दर्ता गर्न नमिल्ने भएकोले मिसिल तामेलीमा राखी दिने भनी मालपोत कार्यालयबाट मिति २०४७।३।३१ मा निर्णय पर्चा भएको छ । साविक दर्ता मध्येको केही जग्गा दर्ता भै सकेको र केही दर्ता हुन बाँकी रहेको भन्ने मालपोत कार्यालयको निर्णयबाट पनि देखिएको छ । यस प्रसंगमा नदीका जग्गा नदी उकास भए पछि लाग्ने तिरो लिई जग्गा दर्ता गरि दिनुपर्ने जग्गा मिच्नेको २ नं. र जग्गा पजनीको ८ नं. र मालपोत ऐन, २०३४ को दफा ७ मा कानुनी व्यवस्था विद्यमान हुँदा हुँदै सो कानुनी व्यवस्थाको विपरित श्री ५ को सरकारको मिति २०३६।१२।१२ को निर्णय, मालपोत विभागको मिति २०४५।२।१३ को निर्देशन जारी गर्न मिल्दैन । यस्तो निर्णय र निर्देशन कानून