निर्णय नं. २४७० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४७० - अंश भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०५/२६ २२११ निर्णय नं. २४७० ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं.६७९ मुद्दा : अंश । निवेदक : जिल्ला पर्सा भिसवा गा.पं.वार्ड नं.३ बस्ने श्याम विहारी प्रसाद गोल्दार । विरुद्ध विपक्षी/वादी: भारत पश्चिम चम्पारन गा.पं. सिकटा मौजा सिकटा जन्म घर भै हाल जिल्ला पर्सा, भिसवा गा.पं.वार्ड नं.३ बस्ने सत्यदेव प्रसाद गोल्दार । फैसला भएको मिति:२०४२।५।२६।४ मा नेपालमा रहेको सम्पत्ति वादी दावी अनुसार वादीले आधी अंश पाउने भन्न मिल्ने नदेखिने। (प्रकरण नं. १२) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ताहरु श्री रमानन्दप्रसाद सिंह र श्री कुन्जविहारी प्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली र श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी श्याम विहारीप्रसाद गोल्दारको निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. पिताजी बच्चुलालको २ श्रीमतीमा कान्छी श्रीमती सरस्वतीको तर्फबाट जेठा प्र.श्याम विहारी र मेरो जायजन्म भएको थियो । पिताजीकै जीवनकालमा जेठा तर्फबाट जायजन्म भएको कमलाप्रसाद समेत भारत सिकटामा बसी कारोवार गर्नु भएकोले यहाँको सम्पत्ति हामी २ भाइलाई नै बराबर गरी बण्डा गरिदिनु भएको पहिले जेठी आमा र त्यसपछि ०३२ सालमा पिताजी परलोक हुनुभयो । आमा सरस्वती हामीसँग भन्दा जेठी तर्फकै छोरा कमलाप्रसाद समेततर्फ नै स्नेह भएकोले सम्पत्ति हामी २ भाइले नै बाँडी खानु भनी उतै बस्नु भएको छ । पिताजीको जीवनकाल पछि दुवै भाइको सल्लाहबाट सगोलमै राखी ०३३।११।५ गतेदेखि चुलो पानी अलग गरी बसी आएपछि कलह बढ्दै गएकोले ०३५ साल बैशाख ९ गते प्र.दाजुसँग मेरो अंश दिनुहोस् भन्दा नदिने आलटाल गरेकोले ०३३।११।५ को दिन मानो छुट्टिएको मिति कायम गरी सोही दिनसम्मको श्रीसम्पत्तिको फाँटवारी प्रतिवादीबाट पेश गराई २ खण्डको १ खण्ड मेरो अंश भाग दिलाई दर्ता समेत गराई पाउँ भन्ने समेतको सत्यदेवप्रसादको फिरादपत्र । ३. वादीको दावी अनुसार मैले अंश दिनु पर्ने होइन बाबु बच्चुलालको जन्मघरबाट कारोवार भारत सिकटामा भएको जि.पर्सा धोविनी गाउँमा म समेतको जन्म भएको, त्यहाँको जमीन घरबारी मेरो आर्जन कमाइको भएको वादीले बाबु बच्चुलालको नाउँमा भारत मोतिहारीमा अंश मुद्दा दिएको सो अंश मुद्दा अंग्रेजी साल १९५४।१२।८ मा सुलहानामा हुँदा अरु दाजुभाइ बाबु तथा यी वादीलाईसमेत भारततर्फको घर जग्गा जमीन अंश भागमा परेको मलाई भएकोले भारतको अतिरिक्त मिसवा मौजामा घर जग्गा मेरो भागमा पर्ने गरी सुलहनामामा उल्लेखछ । नालेश खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको श्याम विहारीप्रसादको प्रतिउत्तरपत्र । ४. अंशवण्डा भएको ठोस सबूद नदेखिएको हुँदा २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको फैसला । ५. दोहरी अंश दिन नपर्नेमा पुनः अंश दिलाउने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेतको श्याम विहारीप्रसादको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र । ६. प्र.श्याम विहारीप्रसादले पेश गरेको मिसिल सामेल रहेको तायदाती फाँटमा उल्लिखित ज.वि. १–४–१७ र घर बराबरीका दरले ७ भाग लगाई हुन आउने १ भाग मात्र वा