निर्णय नं. ७०७८ - कुत दिलाई मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०७८ - कुत दिलाई मोही निष्कासन भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/१२/०१ २४५७ निर्णय नं.७०७८ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री रामनगिना सिह सम्वत् २०५७ सालको दे.पु.नं ६६२७ फैसला मितिः २०५८।१२।१।५ मुद्दाः–कुत दिलाई मोही निष्कासन । पुनरावेदक/प्रतिवादीः सर्लाही जिल्ला सिसौटिया गा.वि.स वडा नं ९ वस्ने लालधारी राउतको नावालक छोरा वर्ष १२ को राम विश्वास राउत कुर्मी समेत विरुद्व विपक्षी/वादीः सर्लाही जिल्ला लक्ष्मीपुर सुखचैना गा.वि.स. वडा नं १ वस्ने राम सेवक साह कलवार § २०५४ सालको कुतवाली मोहीले जग्गाधनीलाई नवुझाएको देखिइरहेको अवस्थामा विवाद परेको २०५४ साल भन्दा पछिका सालहरुको वाली वुझाई जग्गाधनीले वुझिलिएको भन्ने आधारमा मात्र जग्गा कमाउने मोहीको साल सालकै वाली जग्गाधनीलाई वुझाउनुपर्ने आफ्नु दायित्व पुरा गर्नु पर्दैन भन्न नमिल्ने । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः ने.का.प. २०५५, अंक ११, पृ. ६५६ र २०५१ सालको दे.पु.न.. २५९५ फैसला न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :- २. मेरा नाम दर्ताको जि.स. गा.वि.स सिसौटीया वडा नं ९ कि.न ५८१ (ख) को ०–६–१ धन्हर दोयम जग्गाको मोही विपक्षीका स्व .पिता तथा दाजु रहेकोमा निज तथा निजको पत्नीको समेत मृत्यु भई विपक्षीले कमाई आउनु भएकोमा २०५४ सालको मैले पाउने कुतवाली नवुझाएको र धरौट समेत नराखेकोले उक्त सालको हुने कुतको जम्मा मोल रु.९०३।८७ विपक्षीवाट दिलाई भराई मोही लगत कट्टा गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावीको कुत वादीकै गा.वि.स.का समाजसेवी श्री लक्ष्मीप्रसाद साह कलवारको रोहवरमा विपक्षीका छोरा प्रेम नारायण साहलाई वुझाई विश्वासका आधारमा भरपाइ लिन वाँकी रहेकै अवस्थामा यो नालिस दिएको हुदा विपक्षीले दावी गरे अनुसार दोहोरो कुत वुझाउनु पर्ने र मोही निष्कासन समेत हुने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. वादीले प्रतिवादीवाट उक्त कि.न ५८१ को जग्गाको नियमानुसार पाउनु पर्ने तोकिएको दर भाउमा कुत वाली रु.९०३। ८७ भरी पाउने र मोही हक यथावत कायम राख्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भू.सु.का सर्लाहीको मिति २०५५।९।२३।५ को फैसला । ५. कुतवाली समयमा नवुझाई सम्वन्धित नियकामा धरौट समेत नराखी आफ्नो दायित्व समेत पूरा नगर्ने मोहीलाई कुनै कारण र आधार समेत निर्णयमा नखोली मोही हक यथावत राख्ने ठहर्‍याई भू.सु.का सर्लाहीवाट भएको निर्णय त्रुटीपूर्ण र प्रतिपादित नजिर समेत प्रतिकूल भएको हुंदा सो हदसम्म वदर गरी पाउँ भन्ने समेत व्यहोराको पु.वे.अ. जनकपुरमा वादीले दिएको पुनरावेदन पत्र । ६. कुनै कारण आधार नै नखुलाई मोही हक यथावत राख्ने भनी शुरु भू.सु.का सर्लाहीले गरेको निर्णय स्थापित नजिरहरुको विपरीत भई फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.व. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश। ७. पुनरावेदक वादी उक्त कि.न ५८१को जग्गाको जग्गाधनी भएकोमा विवाद भएन त्यस्तै प्रत्यर्थी प्रतिवादी उक्त जग्गाको मोही भएको सम्वन्धमा पनि विवाद भएन । मिति २०५४सालको कुतवाली भराई मोही हकवाट निष्कासन गराई पाउँ भन्ने फिराद