निर्णय नं. २४७१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४७१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४२/०८/२४ २११० निर्णय नं. २४७१ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं.१५०६ विषय : उत्प्रेषण । निवेदक :का.नगर पंचायतवडा नं.३३ डिल्ली बजार बस्ने जनार्दनराज पाण्डे । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय, काठमाडौं । का.नगर पंचायतवडा नं.१३ बस्ने कृष्ण कुमारी राणा । आदेश भएको मिति:२०४२।८।२४।२ मा मोही निष्कासन गरिपाउँ भन्ने निवेदकको माग भएको उजूरीमा निर्णय गर्दा मोही निष्कासन नहुने भए किन नहुने हो ? कारण खुलाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. मेरो हकको का.नगर पंचायतवडा नं.१(ग) कि.नं. १४८ को २–४–० र ऐ. कि.नं. १५० को १–५–० समेत जग्गा रोपनी ३–९–० समेत जग्गा रोपनी ३–९–० विपक्षी कृष्णकुमारी राणाले मोही भई कमाई आएकोमा ०३६ सालको बाली किसिम बमोजिम नदिएकाले विपक्षी भू.सु.का.मा मेरो फिराद परेकोमा विपक्ष कृष्णकुमारीले १० दिने म्याद गुजारी प्रतिउत्तर नदिएको समेत आधारमा भू.सु.का.काठमाडौंको ०३९।११।१३ गतेको फैसलाबाट उक्त जग्गाको मोहीबाट निष्कासन गरिदिने गरी फैसला गरियो । विपक्षी कष्णकुमारीले श्री ५ महाराजधिराज सरकारबाट बक्स भएबमोजिम म्याद थमाई प्रतिउत्तर दिई कारवाही भएको मुद्दामा ०४१।२।२१ मा भू.सु.अ.बाट वादी दावीको बाली बुझाई सकेको छु भन्ने मुख्य प्रतिवाद गरेको प्रस्तुत मुद्दामा मिति ०४०।४।१७ मा वादी दावीको बाली १५ दिन भित्र वादीलाई बुझाई दिने भन्ने आदेश भई आदेशानुसार वादी दावीको बाली बुझाउन जाँदा बुझी नलिएकोले यस कार्यालयको धरौटी खातामा ०३६ सालको बाली बापत रु.४२३।९० धरौटी राखेको छु भनी भौचर सहित दाखिल गरेको देखिँदा वादीले सोही धरौटी बाली बुझी लिने ठहर्छ । मोही निष्कासन नहुने भन्ने उल्लेख गरी फैसला भएको रहेछ । विपक्षी भू.सु.अ.को फैसला निम्नलिखित आधारमा गैरकानुनी भएको प्रष्ट छ । ३. म निवेदकले मोहीबाट कानुनी म्यादभित्र कुतबाली नपाएको हुँदा कुत भराई मोही निष्कासन गरिपाउँ भनी उजूरी दिएकोमा विपक्षीले कुतबाली बुझाएको प्रमाण पेश गर्न नसकेको र पछि कानुन प्रतिकूल भू.सु.अ.बाट ०४०।४।१७ का आदेश बमोजिम बाली धरौट राख्ने अधिकार पनि विपक्षीलाई छैन । त्यस्तो कानुन प्रतिकूल धरौटीलाई आधार बनाएर मोहीबाट निष्कासन नगर्ने गरेको प्रत्यक्षतः त्रुटिपूर्ण छ । मोही निष्कासन नगर्नु पर्ने कारण के हो भनी फैसलामा उल्लेख गरेको छैन । भू.सं.ऐनको दफा ३६ एवं भू.सं.नियमहरूको नियम ४६ बमोजिम कुतबाली बुझाउने म्याद तोकिएको छ र सोही ऐनको दफा २९ बमोजिम म्यादभित्र बाली नबुझाएकोमा मोही निष्कासन गर्ने अधिकार भू.सु.अ.लाई भएको छ । मोही निष्कासन गर्नु नपर्ने कारण उल्लेख नगरेको फैसलामा न्यायिक मनको अभाव छ । अतः विपक्षी अधिकारीको उक्त मिति ०४१।२।२१ को निर्णय उत्प्रेषण मिश्रित परमादेशको आदेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखिन जवाफ झिकाउने भन्ने समेतको सिंगल बेञ्जको आदेश । ५. मोहिले बाली ब