निर्णय नं. ७०७९ - दर्ता बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०७९ - दर्ता बदर समेत भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/०६/०१ २७६८ निर्णय नं.७०७९ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्बत २०५७ सालको बिबिध नं. १३६ फैसला मितिः २०५८।६।१।२ मुद्दाः दर्ता बदर समेत । पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं.२३ पुज्यबहाल टोल ग्वाछे मुगल बस्ने दिक्षितमान श्रेष्ठ समेत बिरुद्व विपक्षी/वादीः ऐ.ऐ.बस्ने शुभरत्न शाक्य § मिति २०१५।१२।१६ को प्रतिबादीहरुको बण्डापत्रमा समेत पश्चिम किल्लामा साझा चोक समेतको घर उल्लेख भएको देखिएको प्रतिबादीहरु बेगल नहुदै सगोलमा रहंदा नै बिवादीत चोकलाई साझा चोक भन्ने नामाकरण गरि मान्यता दिएको सो चोकको वरपरका घर र छिमेकीहरुको साझा प्रयोगमा आएको भन्ने जग्गाको नक्सा प्रकृति र मिसिल संलग्न कागजातबाट देखिएको र बिवादको चोक कसैको एकलौटी निजी चोक भन्ने मिसिल कागजातबाट नदेखिएको अवस्थामा बादी समेतका छिमेकीहरुले प्रयोग गरी आएका भन्ने समेत देखिदा विवादित चोक साझा चोकको रुपमा यथावत कायम हुने । (प्र.न. १७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।६ को फैसला उपर इन्साफ जाँचको लागि परेको बिन्ति पत्रमा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ । २. का.न.पं.वडा नं.२३ बसन्तपुर दरवार देखि दक्षिणतर्फ रहेको पूर्व ध्रुबमान, दिक्षितमान, नेममान बसि आएको कि.नं.५५८ को घर, पश्चिम गल्ली बाटो उत्तर म शुभरत्नको घर, दक्षिण कुवेर मानन्धरको घर यति ४ किल्ला भित्रको पुण्य बहाल (चोक) र सो चोक दक्षिणतर्फ रहेको खुल्ला पाटी समेत सार्वजनिक रुपमा भोग चलन गरी आएको उक्त घर चोकको नक्सा समेतबाट प्रष्ट छ। उक्त पुण्य बहालको चोक बिपक्षीहरुको मात्र साझा चोक नभई सबैको साझा नै भएको सो जग्गामा घाम ताप्न समेत सबैले प्रयोग गरी आएका छन् । यस्तो जग्गा जग्गा नाप जाँच ऐन, २०१९ को दफा २ (च) ले पनि सार्वजनिक भन्ने प्रष्ट छ । उक्त चोक नापीका समयमा बिपक्षीहरुले आफना नाउँमा दर्ता गराई पुर्जा समेत लिएको कुरा मिति २०४२।१।१८ गते नक्कल सारी लिंदा थाहा हुन आएकोले अ.बं.८२ नं.घर बनाउनेको ३ नं. र जग्गा पजनीको १७ नं.,जग्गा मिच्नेको १८ नं.अन्तर्गत नालेस गर्न आएको छु । उक्त कि.नं.५५५ को बिपक्षीहरुले आफ्नो मात्र साझा दर्ता गरेको दर्ता बदर गरि सार्वजनिक जनाई दर्ता गरि सार्वजनिक कायम गरि पाउँ भन्ने समेत व्यहोराको शुभरत्न शाक्यको फिराद पत्र । ३. बिवादित जग्गा बिभिन्न कित्तामा उल्लेखित गरि नापी भएतापनि सो सम्पूर्ण जग्गा हाम्रो आफ्नो घर कम्पाउण्ड भित्रको एउटै प्लटको निजी हकभोगको जग्गा हो । यो जग्गा बिपक्षीहरुको घर आवतजावतमा समेत नपर्ने हामी मात्र आवतजावत गर्ने जग्गा हो । घर कम्पाउण्ड भित्रको निजी एकलौटी जग्गामा हाम्रो पुर्खाले यो कि.नं.५५६ को पाटी बनाएको हो । कि.न..५५६ को पाटी बनाई बाँकी रहेको हाम्रो निजी जग्गा कि.नं. ५५५ बाट नापी दर्ता गराएको हुँदा सार्वजनिक भन्न मिल्दैन । नापी उपर बिपक्षीले समयमा नालेस दिन सकेको छैन । धेरै मूल्य पर्नेलाई कम देखाइ कोर्ट फि कम राखेको, ०३८।७।२४ मै हामीले पुर्जा समेत पाएको हुनाले बिपक्षीको हक नपुग्नेमा झुठा दावा गरेको फिरादबाट फुर्सद दिलाई