निर्णय नं. २४७३ - गौचर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४७३ - गौचर भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/२८ २२४४ निर्णय नं. २४७३ ने.का.प. २०४२ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं.८६ मुद्दा : गौचर । पुनरावेदक/प्रतिवादी:बैतडी जिल्ला बराकोट गा.पं.वडा नं. ८ बुडडा गाउँ बस्ने रवी चन्द । विरुद्ध विपक्षी/वादी:ऐ.ऐ.वडा नं. ७ तिर गाउँ बस्ने वीर सिङ बुडाल । फैसला भएको मिति:२०४२।८।२८।६ मा शेषपछि निजका हकदार छोरा नातीको नाममा नामसारी भई तिरो भरो समेत गरी भोगी आएको र भूमि सुधार लागू हुँदाको बखतमा ७ नं.तथा ४ नं. फाराम समेत भरी आएको देखिन्छ । यस्तो अवस्थामा विवादित जग्गा वादी दावी बमोजिम गौचर राख्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः डिभिजन बेञ्जका माननीय न्यायाधीशहरूको बीचमा राय बाझी भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षीहरूको बुडा मौजाको र हाम्रा तिर मौजाको बीचमा बुड्डी जाने बाटोदेखि दक्षिण, मौरे बडारका खोलादेखि उत्तर, वनिखानदेखि पश्चिम, बुका गाडको दोभानदेखि पूर्वको बाजेमान सिं बुडालका नाउँमा ७३ सालमा भएको वनपालका सनदभित्रको जंगल छ, सो जंगलको चौतर्फी वंजड जग्गा छ । सो वंजड जग्गा परापूर्वदेखि दर्ता नगरी बस्तुभाउ रबर काट्ने स्याउला सोतर ल्याउने गौचर जग्गालाई बुड्डा मौजाका रोजी झुपरु बन्दले साविक दर्ता किल्लाभित्र घुसाई दर्ता गराएको, बुबा प्रतापले बैतडी नापी गोश्वारामा उजूर गर्दा राता माटो गेरी षन्यारी अमकोट समेत मध्ये म रोजा चन्दका नाउँमा दर्ता भएको पश्चिम भिर, पूर्व तेस्रो बाटो, दक्षिण बडीगडी बाटो, उत्तर खोलेसो साविक तिरो रु. क्।।। को १ कित्ता मध्ये आधि जग्गा म रोजीले आफ्ना चलनमा राखी आधि रु. १२।– को पश्चिम भीर, पूर्व पनढलको, दक्षिण बढी ठाडो बाटो, उत्तर तिमीप्रताप बढालको जंगलको खोलेको यति चारकिल्ला भित्रको राता माटो गैरी खन्यारी अमकोट मध्ये बीज माना ।।४ जाने म रोजी चन्दले र क्।।। को राता माटो गैरी खन्यारी अमकोट मध्ये म झुपरु चन्दका हाल सर्पट नापीमा दर्ता भएको पश्चिम भारीवार, पूर्व लाली चन्दको जग्गा, उत्तर ठाडो कनालो, दक्षिण खोलेसो यति ४ किल्ला भित्रको म झुपरु चन्दका नाउँमा दर्ता भएको मध्ये आधि जग्गा म झुपरु चन्दलाई राखी बाँकी रु. क् ।२ को पूर्व पनढलको कनालो, पश्चिम भारीवार, उत्तर ठाडो कनालो, दक्षिण खोलेसो यति ४ किल्ला भित्रको विज पाथी ।१।४ समेत गरी दर्ता मध्येका जग्गाको माथि लेखिए बमोजिम हामी रोजी झुपरु चन्दका नाउँमा दर्ता भएको जग्गा तिमी प्रताप बुढालको नाउँमा दर्ता सार्ने निज रोजी, झुपरु चन्दले ०९६ साल बैशाख २५ गते बुबा प्रताप बुढाललाई हकवाला गाउँले समेत साक्षी राखी कागज दिएको बस्तु खर काट्ने, गौचर पानी घाटको सन्धिसर्पन पर्ने सार्वजनिक जग्गा हो । यो साल पौष १ गते देखि विपक्षीहरूले ४ किल्लाभित्रको गौचर जग्गामा घर बनाउन जग समेत खनी खनजोत समेत गरी आवाद गर्न थालेकोले उक्त दुई ठाउँ गौचर कायम गरिपाउँ भन्ने समेत मिति ०३८।१।४ का वीरसिं बुडालको फिरादपत्र । ३. वादीले फिरादको प्रकरण १ मा लेख