निर्णय नं. ७०८१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०८१ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/०९/१३ २८३२ निर्णय नं.७०८१ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्बत २०५६ सालको रिट न.३२९६ आदेश मितिः २०५८।९।१३।६ विषयः– उत्प्रेषण । निवेदकः जिल्ला बर्दिया महमदपुर गा.बि.स.वडा नं.४ बस्ने जोगी अहिर बिरुद्व विपक्षीः जिल्ला प्रशासन कार्यालय, बर्दिया समेत § निबेदक भ्रष्टाचार सम्बन्धी मुद्दाको अनुसन्धान र कारवाहीको सिलसिलामा तारेखमा बसि बयान गरेको देखिएको र सो मुद्दामा अनुसन्धानबाट जे निष्कर्ष निस्कन्छ सोही बमोजिम हुने नै हुंदा भ्रष्टाचारमा अनुसन्धान भैरहेको काम कारवाहीलाई असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने। (प्र.नं. ६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री वज्रेस प्याकुरेल अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. म निबेदकका बाजे शंकर अहिरका नाउँमा १९६७ सालमा नापी भएको तप्पे रजहर मौजे लौकही भैसाही रैती नं.२५ को १५–६–३ जग्गा तिरोभरो गरी भोगी आएको मेरो बाजे शंकर अहिरको १९८० सालमा बाबु भगवान अहिरको २०२१ सालमा मृत्यु भएको म नावालक भएको कारणले नापीको समयमा उपस्थित भई नापनक्सा गराउन नसकेकोले उल्लेखित जग्गा साबिक महमदपुर गा.बि.स.वडा नं.८ हाल कालिका गा.बि.स. वडा नं.७ को साबिक कि.नं.१५२, १५३, १९३, १७४, १७७, २२२, २७९, २८३, ३१५, ३५८, ३५९ मा जम्मा १५–१–३ जग्गा हाल नापीमा कालिका गा.बि.स.वडा नं.४ अन्तर्गत पर्ने कि.न..३६६, ३६८, ३८२, ४०० र ४०९ कायम भएको सो जग्गामा मेरा माथि उल्लेखित साबिक कि.न..घुसी नापी भएकोले अर्को ठाउँमा बसोवास गरी आएकोमा सो जग्गा साबिक मेरो प्रमाण भिडाई छुट दर्ता गरी पाउँ भनि बिपक्षी मालपोत कार्यालय बर्दियामा निबेदन दर्ता गरेकोमा मालपोत कार्यालयले साबिक लगत २०५५।१२।३ मा भिडाउँदा जोगी अहिरको छुट जग्गा दर्ताको लागि माग दाबी भएको जग्गा १९६७ सालमा नापी हुँदा जिल्ला बर्दिया तप्पे रहजर मौजे भैसाहीमा कि.न.१५२, १५३, १९३, १७४, १७७, २२२, २७९, २८३, ३१५, ३५८, ३५९ को जम्मा जग्गा १५–६–३ जग्गा शंकर अहिरको नाममा दर्ता रहेको १९६७ सालको लगतबाट देखिन्छ । सो जग्गा सरकारी तबरबाट लिलाम तथा निज शंकर अहिरले बिक्रि राजीनामा समेत गरेको श्रेस्ताबाट देखिदैन । सो जग्गा २००४ सालको नापीमा निज शंकर अहिरको नाममा नापी भई लगत कायम भएको श्रेस्ताबाट नदेखिएको र सो जग्गा म निबेदकको हो भनि २०५५।११।२२ मा सर्जमिन समेत भएको छ । उक्त जग्गा कपास बिकास समितिले भोग चलन गरेकोले कालिका गा.बि.स.वडा नं. ४ अन्तर्गत पर्ने कित्ता नं. ३६६, ३६८, ३८२, ४०० र ४०९ भित्र पर्ने जग्गा मध्ये १५–६–३ जग्गा जोगी अहिरको हक लाग्ने भएकोले उक्त जग्गा कपास बिकास समितिले भोग चलन गरेकोले कालिका गा.बि.स.वडा नं.४ अन्तर्गत पर्ने कित्ता ३६६, ३६८, ३८२, ४०० र ४०९ भित्र पर्ने जग्गा मध्ये १५–६–३ जग्गा जोगी अहिरको हक लाग्ने भएकोले उक्त जग्गाको भोगचलन गराई पाउँ भनि मलाई बिना पुर्जि हाजिर गराई मलाई नसुनाई नपढाई मेरो इच्छा विपरीत सही छाप गराई कागज गराएको र निबेदन दिएकोले उपलब्ध प्रमाण र प्रचलित ऐन नियम अनुसार उक्त जग्गा निजको ठहर हुन गई निजको नाममा दर्ता हुन गएमा यस समितिलाई कुनै आपत्ति नहुने भ