निर्णय नं. २४७५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४७५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/०९ २१३० निर्णय नं. २४७५ ने.का.प. २०४२ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.फु.नं. ५० विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.महोत्तरी मनरा गा.पं.वा.नं.६ बस्ने तत्कालिन मध्य पश्चिमाञ्चल क्षेत्रीय सरकारी अधिवक्ता श्री राजकिशोर सिंह । विरुद्ध विपक्षी :श्री ५ को सरकार मार्फत मन्त्रीपरिषद् सचिवालय, सिंहदरवार । श्री ५ को सरकार कानून तथा न्याय मन्त्रालय,बदर महल । आदेश भएको मिति:२०४२।९।९।३ मा उपचारको खोजीमा लगाएको समय तत्वलाई मात्र बढी महत्व दिई विलम्बको लागि चाहिने अन्य तत्वहरूलाई गौण सम्झी समय तत्वको मात्र आधारमा विलम्बको सिद्धान्तको प्रयोग गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १३) श्री ५ को सरकारको सेवामा रहेको कुनै निजामती कर्मचारीलाई आफ्नो सेवाको उत्तरार्धमा एकाएक बिना अग्रीम सूचना नपुग अवधि थप गरी सेवाबाट अवकाश दिने कार्यलाई उचित र न्यायसंगत भन्न नसकिने । (प्रकरण नं. १५) उचित र न्याय संगत तरिकाबाट कारवाई गर्न सक्छ भन्ने शब्दहरूको व्याख्या नोकरी अवधि २० वर्ष नपुगेकोमा पनि नपुग अवधि थप गर्न सक्नेछ भन्ने गर्दा निजामती सेवा ऐन आउनुको जुन उद्देश्य हो त्यसलाई नै कुण्ठित पार्नुको साथै कानुन व्याख्याको सिद्धान्तको विपरीत हुन जाने । (प्रकरण नं. १५) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट उल्लिखित मुद्दा:परमानन्द प्रसाद सिंह विरुद्ध श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालय समेत भएको नि.नं.८७३ ने.का.प. २०३१ पृ.३९३ रिट निवेदनमा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित । श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय विरुद्ध रामाशीषप्रसाद शाह नि.नं. २१३८ ने.का.प. २०४१ पृ. ८६९ भएको रिट निवेदनमा सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म न्यायसेवाको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदमा लोकसेवा आयोगको सिफारिश अनुसार श्री ५ को सरकारको निर्णयले मिति ०२३।५।६ देखि सेवा प्रवेश गरी सोही मितिदेखि न्यायिक समितिमा काम गर्न थालेँ । २०२५ साल आश्विनमा बर्दिया जिल्ला अदालतको जिल्ला न्यायाधीशमा सरुवा भएको र २०२८ सालदेखि भोजपुरको सरकारी वकील, लुम्बिनी अञ्चल र सेती अञ्चलको सरकारी वकील, काठमाडौं नगर विकासमा काजमा र म.न्या.कार्यालयमा स.अ.र स.अ.मा सरुवा भएपछि मलाई न्याय सेवा आयोगले प्रथम श्रेणीको राजपत्रांकित पदको लागि बढुवा सिफारिश गरेकोमा श्री ५ को सरकारले मेरो बढुवा सिफारिशलाई रद्द गरेको सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतमा उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी निवेदन दायर गर्दा मिति ०३७।६।२।५ मा श्री ५ को सरकारको बढुवा सिफारिश बदर गर्ने निर्णयलाई बदर गरी मलाई न्याय सेवा आयोगको सिफारिश बमोजिम बढुवा गर्नु भनी परमादेश समेत जारी भएपछि मेरो बढुवा राजपत्र