निर्णय नं. ४७७८ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७७८ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: मंसिर अंक: ८ फैसला मिति :२०५०/०६/१९ २३२९ निर्णय नं. ४७७८ ने.का.प. २०५० (ख) अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४९ सालको रिट नं. २३३२ आदेश मिति: २०५०।६।१९।३ निवेदक : लोक बहादुर थापाको मुद्दा सकार गर्ने का.जि.का.न.पा. वडा नं. ४ महाराजगंज बस्ने शिव बहादुर थापा समेत । विरुद्ध विपक्षी : का.जि.का.न.पा. वडानं. ३२ डिल्लीबजार बस्ने गोपाल उपे्रती समेत । विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाउँ । (१) भूमि सम्बन्धी ऐन, २०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरवारीको लागि मोहिले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहिलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत सन्दर्भमा विपक्षी जग्गाधनी भएकोमा विवाद देखिएन । जग्गाधनीले बसोबास गर्न घरबारीको लागि जग्गा झिक्न पाउने कानूनी व्यवस्था भएको, साविक जग्गा धनीले मात्र झिक्न पाउने, नयाँ जग्गाधनीले झिक्न नपाउने, खेतजग्गा घरवारी नहुने, पाखो जग्गा मात्र घरवारी हुने भन्ने निवेदन जिकिरका हकमा कानूनमा त्यस्तो कुनै सिमांकन भएको पाइएन । अतः नयाँ जग्गाधनीले घरवासको लागि जग्गा झिक्न नपाउने, खेतजग्गा घरबारी नहुने भन्ने लगायतका निवेदक तर्फको जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वप्रकाश सिग्देल । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मी प्रसाद उपे्रती । आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. साविक का.जि. बबरमहल बस्ने जयप्रकाश शम्शेर ज.ब.रा. जग्गाधनी र हाम्रा पिता लोक बहादुर थापा मोही भै का.जि.का.न.पा. वडा नं. २३ (ढ) मा कि.नं. १६ क्षे.फ. १–६–० को जग्गा विपक्षी नं. १ ले के कुन मितिमा कित्ताकाट गरी ०–११–० हा.व. गरी लिनु भएपछि कायम हुन आएको कि.नं. १९५ प्रत्यर्थी नं. २ मा ०४८।२।२७ को मिति राखी घरवासको लागि मोहिबाट जग्गा झिकी पाउँ भनी निवेदन गर्नुभई सोको १० दिने म्याद पिताका नाउँमा आएपछि पिताले विपक्षीले आफ्नो घरवास छैन भनी उल्लेख नगरेको आफू र आफ्नो परिवारको श्रमले कमोद गरी आएको उक्त जग्गा छाड्न मंजुर नभएको र छाडनु नपर्ने कानूनी आधार समेत उल्लेख गरी निवेदन सहित प्रत्यर्थी नं. २ मा हाजिर हुनु भएको, २०४८।६।४ मा पिताको मृत्यु भएकोले हामी दुवै सहोदर छोराले उक्त मुद्दा सकार गरी तारेखमा रहेकोमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २७(१) बमोजिम घरवासको लागि ज.ध.ले मोहिले कमाई आएको जग्गा झिक्न पाउने व्यवस्था भएकै छ झिक्न नपाउने कुनै अन्य दावी मोहिको लिखित जवाफबाट देखिएन भनी प्रतिरोपनी आफैले ८,००,००० कायम गरी २५% ले हुन आउने रकम मोहीले बुझे सोही बमोजिम र नबुझे ज.ध.ले धरौटी राखेपछि मोहिको लगत कट्टा गरि दिन सम्बन्धित निकायमा लेखी पठाउने भन्ने निर्णय गरेको आधारमा प्रत्यर्थी नं. ३ ले लगत कट्टा गर्नेभयो । ३. अन्यत्र घरवास नभएका साविक ज.ध.ले मात्र काठमाडौं उपत्यकामा घरवासको लागि ५ रोपनी सम्म जग्गा छुट्याउन पाउने खरिदी व्यक्तिले नपाउने विधायिकाको मनसाय भएकोमा प्रत्यर्थी नं. २ ले छुट्याउने गरेको फैसलामा भूमि सम्बन्ध