निर्णय नं. ७०८३ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०८३ - उत्प्रेषण, परमादेश भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/१२/२० २६६९ निर्णय नं.७०८३ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५४ सालको रि.नं. .... ३०८२ आदेश मितिः २०५८।१२।२०।३ विषयः उत्प्रेषण, परमादेश । निवेदकः पर्सा जिल्ला विरगन्ज उप महानगरपालिका वडा नं. १५ मा घर भै हाल श्री ५ को सरकार, आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत जिल्ला खानेपानी कार्यालय, धनकुटाको सहायक जिल्ला इन्जिनियर पदमा पदाधिकार कायम रही त्रि.वि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनरत अरुण कुमार सिंखडा विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौं समेत § वढुवा समितिवाट गणितीय त्रुटी गरी गरेको औषत गणना सम्मलाई वढुवा उजुरी उपरको पुनरावेदन सुन्ने क्रममा सच्याई निर्णय गरेको सम्म देखिएको र त्यस्तो गणितीय भूलसुधार गर्न लोकसेवा आयोगले नपाउने भन्न नमिल्ने । (प्र.नं.२२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी, अधिवक्ताद्वय श्री प्रकाश वस्ती र टिकाराम भट्टराई अवलम्वित नजिरः आदेश न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. श्री ५ को सरकार आवास तथा भौतिक योजना मन्त्रालय, खानेपानी तथा ढल निकास विभागको पत्र संख्या क. प्र. १–६ नं. ११०५।०४४।०४५ मिति २०४४।१२।१६ को पत्रानुसार निजामती सेवाको रा.प.तृ.प्रा. अ.ई पदमा मिति २०४४।१२।१६ मा अस्थायी नियुक्ति पाई निजामती सेवामा प्रवेश गरेको निवेदक समान पद श्रेणीको साविकको सेवा अटुट राखी श्री ५ को सरकार, आवास तथा भौतिक योजना मन्त्रालयको पत्र संख्या ४(१ नियुक्ति २ (६६) ०४६।४७ च.नं. २१२४ मिति २०४६।१०।५ को पत्रानुसार निजामती सेवाको नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह स्यानीटरी उप समूहको राजपत्राड्ढित तृतीय श्रेणीको अ.ई. पदमा स्थायी नियुक्ति भई हाल आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत इन्जिनियर पदमा पदाधिकार कायम राखी श्री ५ को सरकारको मनोनयनमा त्रि.वि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनरत छु । ३. नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानीटरी उप समूहको रा.प.द्धितीय श्रेणी सि.डि.ई. पद कार्य क्षमताको मूल्यांकन वढुवाद्वारा पुर्ति गर्न प्रत्यर्थी लोकसेवा आयोगवाट मिति २०५२।७।१५ को लोकसेवा आयोग वुलेटिनमा प्रकाशित सूचना नं. ८६।०५२ वढुवा सूचना नं. २२।०५२।५३ बमोजिम प्रत्यर्थी लोकसेवा आयोग समक्ष वढुवाको दरखास्त फाराम पेश गरेकोमा प्रत्यर्थी सामान्य प्रशासन मन्त्रालयले प्रत्यर्थी वढुवा समितिको निर्णयानुसार मिति २०५४।८।२८ समेतको गोरखापत्रमा प्रकाशित गरेको वढुवाको सूचनाको क्रमसंख्या ५ मा प्राप्ताङ्क ८६. ५५७ सहित निवेदकको नाम प्रकाशित भई वढुवाको सिफारिशमा परेको थिए । ४. उल्लेखित वढुवाको सिफारिश उपर प्रत्यर्थीहरु जनक कुमार अधिकारी र तेजराज भट्ट समेतले प्रत्यर्थी लोकसेवा आयोग समक्ष उजुरी दिएकोमा निवेदकले प्राप्त गरेको का.स.मु. वापत प्राप्त गरेको खुद अङ्क भन्दा वढी गणना भएको देखिएको भन्ने आधारमा प्रत्यर्थी लोकसेवा आयोगवाट मिति २०५४।११।२२ मा निर्णय भए अनुसार वढुवाको सिफारिशवाट निवेदकको ना