निर्णय नं. २४७७ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४७७ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/१८ २०८१ निर्णय नं. २४७७ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १४३१ विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ। निवेदक :जि.महोत्तरी निगोल गा.पं.वडा नं.७ बस्ने बाबुजान शेख । विरुद्ध विपक्षी : भूमि सुधार कार्यालय महोत्तरीका भूमि सुधार अधिकारी । जि.महोत्तरी बेला गा.पं.वडा नं.७ बस्ने लक्ष्मेश्वर सिंह । ऐ.ऐ बस्ने महेश्वर प्रसाद सिंह । ऐ.ऐ बस्ने जय प्रसाद सिंह । ऐ.ऐ बस्ने प्रकाश सिंह । आदेश भएको मिति:२०४२।९।१८।५ मा प्रमाणपत्र नदिने ठहराएको भूमि सुधार कार्यालय महोत्तरीको निर्णय कानुन अनुरुप नै देखिएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह उल्लिखित मुद्दा : निवेदक शुभनारायण सिंह समेत विरुद्ध भूमि सुधार कार्यालय महोत्तरी समेत भएको (सम्वत् २०४१ सालको रिट नं. २३९२) को रिट निवेदनमा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट ०४२।४।२४।५ मा सिद्धान्त कायम भएको । आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीहरूका पिताहरूकै नाउँमा दर्ता रहेको अवस्था देखि म मोहीको हैसियतले कमाई आएको निजहरूको पिताहरू नै घरको हर्ताकर्ता मूली भएको हुँदा भू.सु.लागू हुँदा निजहरूको पिताको नाम जग्गाधनीमा र म मोही भनी जग्गाको साँध तत्काल कमाउनेहरूको नाम चारकिल्लामा उल्लेख गरी अनुसूची १ भरेकोले सो अनुसारको अनुसूची २ प्रकाशित हुँदा कसैको पनि उजूर नपरेकोले ४ नं. जो.अ.नि.प्राप्त गरेको छु सो अनुसूचीको जग्गा अन्तै छ भनी विपक्षीले भन्न नसकी सिर्फ हाम्रा स्वर्गीय पिता नाउँको अनुसूचीका आधारमा २०२० सालमा पितासँग अंशबण्डा गरी छुटी बसेका हाम्रो नाउँको जग्गामा वादीले झुठ्ठा दावा गरेको हो भन्ने शुरु प्रतिउत्तरपत्रमा लेख्नु भएको हुँदा ४ नं.अनुसूचीकै जग्गा निजहरूको नाउँमा दर्ता रहेको सिद्ध भई राखेको छ । भूमिसम्बन्धी ऐन लागू हुँदा जग्गाको हदबन्दीबाट बच्नको लागि निजहरूले आफ्नो पितासँग अंश छुट्याई मैले कमाएको जग्गा निजहरूको अंशमा परेको छ भन्ने कुरा म जस्ता सिधा सादा किसानलाई थाहा हुने अवस्था नभएकोले निजहरूको पिता घरको मुली भई राखेको हुँदा निजको नाउँमा अनुसूची भरी ४ नं. जो.अ.नि.प्राप्त गरेकोले यो आधारमा मलाई स्थायी मोही हकको प्रमाणपत्र बनाई दिनु पर्नेमा सोको विपरीत निर्णय भएको भूमिसम्बन्धी ऐनको दफा २५ प्रतिकूल निर्णय भयो । भूमि सुधार अधिकारीज्यूले अनुसूची ४ मा उल्लिखित चारकिल्लाको जग्गा हालको जग्गा हो होइन सो जग्गामा नै स्थलगत निरीक्षण गरी सरजमीन बुझी यकीन गरी मात्र निर्णय गर्नु पर्नेमा सो नगरी गरेको निर्णय न्यायिक मनको अभावमा भएको स्पष्ट छ । जग्गाधनीलाई साल सालै कुत बुझाउँदा आपसी विश्वासमा कुतको भर्पाई नलिएको हो त्यतिकै आधारमा ४ नं. जो.अ.नि.प्राप्त मोहीले मोहियानी हकको प्रमाणपत्र पाउनबाट वञ्चित हुने होइन । मेरो नाउँमा जग्गा दर्ता छ सोको जग्गाधन